'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

विश्व वातावरण दिवस : मावि स्तरिय जिल्ला व्यापी वक्तृत्वकाला प्रतियोगिता सम्पन्न


 रसुवा, विश्व वातावरण दिवस २०८३ काे अवसरमा वन डढेलाे (आगलागी ) नियन्त्रणमा युवा विद्यार्थीकाे भूमिका विषयक मावि स्तरिय जिल्ला व्यापी वक्तृत्वकाला प्रतियोगिता उत्तरगया गापा ५ स्थित नीलकण्ठ माविमा सम्पन्न भयो ।

डिभिजन वन कार्यालय रसुवा र रेडियाे लाङटाङ ९०.१ मेगाहर्जकाे सहकार्यमा भएकाे कार्यक्रम डिभिजन वन  कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङकाे अध्यक्षतामा भएकाे थियाे । 

जिल्ला भरका १९ जना विद्यर्थीले भाग लिएकाे कार्यक्रममा सेतीदेवी मावि धुसेनीकी सिवानी अधिकारी प्रथम भइन् । 

द्धितीयमा नीलकण्ठ मावि  बाेगटीटारकी सरगम भुषाल, तृतीयमा डाडागाउँ माविका कृष्ण पाैडेल  र सान्त्वना नीलकण्ठ मावि बागटीटारकी कन्चन रैला भइन् । 


कार्यक्रममा प्रमुख अतिथि उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङ, उत्तरगया गाउँपालिका ५ का वडा अध्यक्ष यमनाथ आचार्य, सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा, उत्तरगया ५ का पुर्व वडा अध्यक्ष इश्वर थापा, नीलकण्ठ माविका प्रधानाध्यापक माधवप्रसाद लामिछाने, राष्ट्रिय लाेक दाेहाेरी प्रतिष्ठानका बागमती प्रदेश समिति अध्यक्ष राजकुमार थापा मगर, पत्रकार तथा प्रेस चाैतारी रसुवाका अध्यक्ष बलराम घिमिरे, स्थानीय शिक्षक, विद्यार्थीहरू, समुदायका अगुवाहरू सहभागी थिए । 

वक्तृत्वकाला प्रतियोगितामा  सहभागी पुरस्कृतहरूलाइ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी विश्व वातावरण दिवसकाे सन्दर्भ र कार्यक्रमकाे एक समीक्षा गरी डिभिजन वन  कार्यालय रसुवाका डिभिजनल वन अधिकृत शम्भु तामाङ समापन गरेका थिए । 


Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music