रसुवा, जलवायु परिवर्तनका असर न्युनीकरण र वन क्षेत्रको दिगो संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले जुरिस्डिक्सनल रेडप्लस उत्सर्जन न्यूनीकरण सम्बन्धि गाउँपालिका स्तरिय १ दिने सचेतना तथा अन्तर्क्रिया कार्यक्रम ३ वटा गाउँपालिकामा सम्पन्न भयाे ।
२०८३ जेठ ९, १० र ११ गते क्रमश उत्तरगया, कालिका र नाैकुण्डमा सम्पन्न भएकाे हाे । सामुदायिक वन उपभाेक्ता समुह, आदिवासी जनजाति महासंघ, अपाङता भएका, दलित, महिला तथा जनप्रतिनिधि तथा वातावरण शाखाका प्रमुख, पत्रकारहरूलगायत सहभागी थिए । कार्यक्रममा सहजकर्ताहरू बिनाेद सापकाेटा र कमला पाेखरेलले सहजिकरण गरेका थिए । सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाकाे समन्वयमा भएकाे थियाे ।
रेडप्लस कार्यक्रमको महत्व, उद्देश्य र स्थानीय तहमा यसको कार्यान्वयनका पक्षहरूबारे विस्तृत जानकारी दिंदै रेडप्लस अवधारणा, नेपालमा रेडप्लससँग सम्बन्धित संरचना र आदिवासी जनजाति तथा स्थानीय समुदायको सशक्त सहभागिता सुनिश्चित गर्नुपर्ने विषयमा विशेष जोड् दिइएको थियो ।
यस कार्यक्रममा सहभागी सरोकारवाला निकाय र समुदायका प्रतिनिधिहरूले वन संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीय समुदायको भूमिकाबारे आफ्नो धारणा र सुझावहरू प्रस्तुत गरेका थिए ।
रेडप्लस (REDD+) कार्यक्रमले वन विनाश र क्षयिकरण न्यूनीकरण, वनको दिगो व्यवस्थापन र कार्बन उत्सर्जन घटाउँदै जलवायु सन्तुलन कायम गर्न सहयोग पुर्याउने उद्देश्य राखेकाे सहजकर्ता तथा फेकाेफाेन बागमती प्रदेशका अध्यक्ष बिनाेद सापकाेटाले जानकारी दिए । कालिका गाउँपालिका- ३ का वडा अध्यक्ष फणिन्द्र प्रसाद न्याैपाने, नाैकुण्ड गाउँपालिका- ३ का वडा अध्यक्ष नाेकेन्द्रदेव माेक्तान, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङ लगायतका सहभागीहरूले अहिलेकाे जल्दाे बल्दाे र नयाँ विषयमा जानकारी भएकाे बताए ।


0 Comments :
Post a Comment