ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Friday, June 26, 2026

गोसाइँकुण्ड गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा



रसुवा, गोसाइँकुण्ड गाउँपालिकालाई एक विशेष कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ०८३ साल असार १२ गते स्याफ्रुबेशीमा आयोजित एक औपचारिक घोषणा कार्यक्रमका बीच यो महत्त्वपूर्ण उपलब्धि सार्वजनिक गरिएको हो।

खोपको दिगोपनामा जोड गाउँपालिका क्षेत्रभित्रका तोकिएका उमेर समूहका सबै बालबालिकाहरूले राष्ट्रिय तालिका अनुसारका सम्पूर्ण खोपहरू पूर्ण रूपमा पाएको सुनिश्चित भएपछि यो घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

कार्यक्रममा बोल्दै सरोकारवालाहरूले खोपको सुनिश्चितता मात्र नभई यसको निरन्तरता र दिगोपना ९क्गकतबष्लबदष्ष्तिथ० लाई कायम राख्नु मुख्य चुनौती र दायित्व रहेको कुरामा जोड दिए। निस्शुल्क सेवा र सचेतना खोप निस्शुल्क पाइन्छू र खोप जीवन रक्षा गर्छू भन्ने मूल नाराका साथ स्वास्थ्य शाखले स्थानीयस्तरमा खोप सम्बन्धि व्यापक जनचेतना फैलाउँदै आएको छ।

पालिकालाई पूर्ण खोपयुक्त बनाउन अहोरात्र खटिने महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि र अभिभावकहरूलाई कार्यक्रममा धन्यवाद ज्ञापन गरिएको थियो। 

यो ऐतिहासिक घोषणासँगै गोसाइँकुण्ड गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा नयाँ कोसेढुङ्गा पार गरेको छ र आगामी दिनमा पनि स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।



No comments:

Post a Comment