ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Friday, June 26, 2026

स्याफ्रुबेसीमा ११ पिन्ट रगत सङ्कलन

 


रसुवा, गोसाईँकुण्ड गाउँपालिकाको आयोजनामा शुक्रबार  खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।  उक्त कार्यक्रममा ११ पिन्ट रगत सङ्कलन भएको हाे ।  

पहिलाे रक्तदाता गाेसाइकुण्ड गाउँपालिका -५ का युवा  दावा तामाङलाइ नेपाल स्यंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा नेपाल रेडक्रस साेसाइटीका केन्द्रीय काेषाध्यक्ष प्रेम सागर कर्माचार्य र गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले ब्लड ब्याग हस्तान्तरण गरी रक्तदानकाे शुभारम्भ गरे । 

गम्भीर बिरामीहरूको ज्यान बचाउन र रगतको अभावलाई कम गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रममा स्थानीय युवा, जनप्रतिनिधि तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

गाउँपालिकाको  आयोजनामा भएको यस मानवीय कार्यलाई सफल पार्न नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा र कालिका हिमालय एस एल सी २०५६ ब्याचले समन्वय गरेका थिए। त्यसैगरी, कार्यक्रमको सञ्चार तथा प्रचारप्रसारका लागि रेडियो रसुवा १०२.१ मेगाहर्जले मिडिया पार्टनरको रूपमा भूमिका खेलेको थियो।

कार्यक्रमका आयोजक तथा अभियन्ताहरूले रक्तदान जस्तो पवित्र र मानवीय कार्यमा उपस्थित भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरू, समन्वयकारी संस्थाहरू, प्राविधिक टोली तथा प्रत्यक्ष(परोक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी मनहरू प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्।

यस अघि प्रचारप्रसारका लागि सामाजिक सञ्जालमा रक्तदान सम्बन्धी सचेतनामूलक सामग्री प्रशारण गरिएको थियोे ।कार्यक्रममा १८वर्ष  देखि ६५ वर्ष उमेर समूहका स्वस्थ नागरिकहरूलाई रक्तदानका लागि आह्वान गरिएको थियो।

 रक्तदान, जीवनदानू भन्ने मूल नारालाई सार्थक तुल्याउँदै  आयोजना गरिएको यस कार्यक्रमले दुर्गम भेगमा समेत रक्तदान सम्बन्धि सकारात्मक चेतना फैलाउन ठुलो मद्दत पुर्‍याएको विश्वास लिइएको छ।



No comments:

Post a Comment