'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

लाङटाङ घुम्न गएका ४ जना बेपत्ता, खोजी कार्य जारी


रसुवा , गोसाइँकुण्ड गाउँपालिका–४ मा रहेको पेदिङ खोल्सामा आएको बाढीले बगाउँदा लाङटाङ भ्रमणमा गएका ४ जना बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० हेमबहादुर शाहीका अनुसार भक्तपुरबाट आएका १६ जनाको टोली मध्ये ४ जनालाई शनिबार खोल्साले बगाएको हो । घटनास्थल लाङटाङ पदमार्गको घोडातबेला भन्दा तल पर्छ । 

बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिकाका संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ र सँगिता श्रेष्ठ रहेका छन् भने रवि श्रेष्ठ भक्तपुर नगरपालिकाका भएको प्रहरीले जनाएको छ । 

भिषण झरी सहित आएको हिम पहिरोमा परेको हुनसक्ने स्थानीय ग्याल्बो लामाले बताए । 

खोजीका लागि लाङटाङ र स्याफ्रु प्रहरी चौकीबाट टोली खटाइएको तर भेटिने सम्भावना न्युन देखिएको डीएसपी शाहीले जानकारी दिए ।  उनीहरुको खोजी कार्य जारी रहेको छ । 



Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music