ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, July 13, 2026

रसुवा पूर्णखोप सुनिश्चितता जिल्ला घाेषणा

 


रसुवा, स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नारा सहित

रसुवा जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भयाे ।

जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका ५ वटै स्थानीय तह तथा वडाहरूलाई पूर्णखोप घोषणा गरेसँगै जिल्लालाई नै पूर्ण रूपमा घोषणा गर्न बागमती प्रदेशबाट खटिएका निरीक्षकहरूको टोलीले विस्तृत अनुगमन सम्पन्न गरेको छ।
राष्ट्रिय खोप कार्यक्रमको पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ ९तेस्रो संस्करण २०७७०ू मा व्यवस्था भए बमोजिम नेपाल सरकार स्वास्थ्य सेवा विभागको अनुसूची १० अन्तर्गतको प्रमाणीकरण तथा अनुगमन चेकलिस्ट अनुसार यो अनुगमन गरिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख एवं जनस्वास्थ्य अधिकृत निरध्वज घर्ती मगरका अनुसार जिल्लाभर गरिएका विभिन्न सर्वेक्षण र अनुगमनका क्रममा हाल रसुवा जिल्लामा एक जना पनि बालबालिका खोप पाउनबाट नछुटेको सुनिश्चित भएको छ। साे अवसरमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा खाेप कार्यकर्ता सम्मान गरिएकाे थियाे ।

जिल्ला खोप समन्वय समिति, रसुवाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्लालाई पूर्णखोप सुनिश्चितता र यसको दिगोपनालाई कायम राख्नका लागि स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै समुदायको सहभागिता र स्वामित्व बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

घोषणा सभामा उपस्थित अतिथिहरूले रसुवा जिल्लालाई स्वास्थ्य क्षेत्रमा अझ अगाडि बढाउन र बालबालिकाहरूको पूर्ण खोप पाउने अधिकारलाई निरन्तरता दिन सबै स्थानीय तह र स्वास्थ्य संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहने कुरामा जोड दिएका थिए ।




No comments:

Post a Comment