यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

कालिका हिमालय माध्यमिक विद्यालयले स्वर्ण उत्सव मनाउदै

Sunday, May 04, 2025 0 Comments


 रसुवा, रसुवाको कालिका हिमालय माध्यमिक विद्यालयले  स्वर्ण उत्सव मनाउने भएको छ। विद्यालयले स्थापनाकाे ५० वर्षकाे अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी स्वर्ण महोत्सवका रूपमा मनाउने घोषणा गरेको हो।

कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटाकाे अध्यक्षातामा मूल समिति गठन गरी स्वर्ण उत्सव मनाउन तयारी थालेकाे छ । यस अवसरमा विद्यालयले स्मारिका लाेकार्पण तथा विविध सांस्कृतिक, खेलकुद र शैक्षिक गतिविधि गर्ने जनाएको छ। स्वर्ण जयन्तीलाई सफल बनाउन मूल समारोह आयोजक समिति गठन गरिएको छ। प्रमुख अतिथीका रूपमा राष्ट्रपति रामचन्द्र पाैडेल आउने विद्यालय जनाएको छ । 


कालिका हिमालय माध्यमिक विद्यालय २९ वैशाख २०३२ मा स्थापना भएको थियो र यसले ५० वर्षको यात्रामा शिक्षा र समूदायका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको प्रअ राधा पाण्डेले जानकारी दिए ।  पाण्डेका अनुसार यो सबै कार्यगर्न आर्थिक सहयोगको लागि सहयाेगी, सराेकारवाला तथा पूर्वविद्यार्थीलाई अनुरोध गनुभएको छ ।



जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण

Friday, May 02, 2025 0 Comments

 


रसुवा, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण कार्यक्रम कालिका   गाउँपालिकामा सम्पन्न भयो । 

राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अन्य राष्ट्रिय सरोकारवालाहरूसँगको सहकार्यमा हरित जलवायु कोषको सहायतामा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना क्षेत्रमा संकटासन्न समुदाय तथा पारिस्थतिकीय प्रणालीको जलवायु उत्थानशीलता सुधार ल्याउने, जलवायुजन्य विपद्, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, प्रकृतिमा आधारित समाधान, जलवायु उत्थानशिलता, जलवायु कोडिङलगायतका विषयहरूमा स्थानीय सरकार र नागरिक समाजका प्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको गैसस महासंघ रसुवाले जनाएको छ ।


जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास, क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा  विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा समेत छलफल भएको थियो । 


जलवायु परिवर्तन अहिलेको निकै जल्दोबल्दो विषय भएकोले सबैले सचेत हुनुपर्ने बताए ।  सहभागीहरूले समयमा हिउँ तथा पानी नपर्ने जस्तो समस्या देखा परेको वातावरण संरक्षण र वनमा हुने डँढेलो नियन्त्रण गर्नुपर्ने बताए । कार्यक्रममा गाउँ पालिका, जनजाति, विपद ब्यवस्थापन कोष, मध्यवर्ती तथा सामुदायिक वन समुहको प्रतिनिधित्व रहेको थियो । 

कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले मानवले प्रदुषण गरेको कारण जीव जीवात्मा समेत असर पारेको बताए । उनले रैथाने बाली उत्पादन घटेकोले हाइब्रीड बीउले रैथाने बीउ नै मासिएको बताए । जलवायु परिवर्तनका कारण वनजंगल बढेपनि पानीको स्रोत कम भएको बताए । 

सहभागीहरुले यसवर्ष वर्षात बढी हुने प्रक्षपण भएकोले पहिरोको जोखिम बढ्ने बताए । कार्यक्रममा उपाध्यक्ष मिरा लामा, वडा फाणिन्द्रप्रसाद न्यौपानेलगायतले समयमा हिउँ तथा पानी नपर्ने जस्तो समस्या देखा परेको वातावरण संरक्षण र वनमा हुने डँढेलो नियन्त्रण गर्नुपर्ने बताइन् । कार्यक्रममा गाउँपालिका कर्मचारी, जनप्रतिनिधि, जनजाति, विपद् ब्यवस्थापन कोष, आदिवासी जनजाति तथा सामुदायिक वन समुहको प्रतिनिधित्व रहेको थियो। सहभागीहरूले पिउनेपानी दुषित भएकाे, पशुमा बाँझाेपन र कृषिमा हेपाहा प्रजाती बढेकाे बताए । 

जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास , क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा  विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा गैसस महासंघ नेपाल जिल्ला शाखा, रसुवाको आयोजनामा भएको कार्यक्रममा सहजकर्ता हेमनाथ खतिवडा र गायत्री  रिमालले सहजिकरण गरेका थिए । 

यस्तै छलफल गाेसाइकुण्ड गाउँपालिकामा पनि भएकाे छ । हालसम्म ५ वटै गाउँपालिकामा  जनप्रतिनिधिहरू तथा सराेकारवालाहरू सहभागी गराइ जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण गरेकाे महासंघका काेषाध्यक्ष गायत्री लामिछानेले बताइन् । 





आमाछोदङिमो गाउँपालिकामा जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण सम्पन्न

Friday, May 02, 2025 0 Comments


 रसुवा, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण कार्यक्रम चैत २५  गते आमाछोदङिमो  गाउँपालिकामा सम्पन्न भयो । 

राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अन्य राष्ट्रिय सरोकारवालाहरूसँगको सहकार्यमा हरित जलवायु कोषको सहायतामा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना क्षेत्रमा संकटासन्न समुदाय तथा पारिस्थतिकीय प्रणालीको जलवायु उत्थानशीलता सुधार ल्याउने, जलवायुजन्य विपद्, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, प्रकृतिमा आधारित समाधान, जलवायु उत्थानशिलता, जलवायु कोडिङलगायतका विषयहरूमा स्थानीय सरकार र नागरिक समाजका प्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको गैसस महासंघ रसुवाले जनाएको छ ।

सहभागीहरूले जलवायु परिवर्तनले अहिले नै पानीको मूल सुक्दै गएकोले पानीको समस्या देखा गर्न थालेको बताए । कार्यक्रमबाट गाउँ कार्यपालिका सदस्य ज्ञानु बिकले जलवायु परिवर्तन बारे नयाँ कुरा थाहा भएको बताइन् । 


जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास, क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा  विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा समेत छलफल भएको थियो । 

जलवायु परिवर्तन अहिलेको निकै जल्दोबल्दो विषय भएकोले सबैले सचेत हुनुपर्ने बताए ।  अध्यक्ष  घलेले समयमा हिउँ तथा पानी नपर्ने जस्तो समस्या देखा परेको वातावरण संरक्षण र वनमा हुने डँढेलो नियन्त्रण गर्नुपर्ने बताए । कार्यक्रममा गाउँ पालिका, जनजाति, विपद ब्यवस्थापन कोष, मध्यवर्ती तथा सामुदायिक वन समुहको प्रतिनिधित्व रहेको थियो । 

जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास , क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा  विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा गैसस महासंघ नेपाल जिल्ला शाखा, रसुवाको आयोजनामा भएको कार्यक्रममा सहजकर्ता हेमनाथ खतिवडा र गायत्री  रिमालले सहजिकरण गरेका थिए । 







कृत्रिम बौद्धिक (एआई) प्रविधिबाट छातीको एक्स-रे सेवा सुरु

Thursday, May 01, 2025 0 Comments

रसुवा, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले जिल्लामै पहिलोपटक क्षयरोग (टीबी) पहिचानका लागि कृत्रिम बौद्धिक (एआई) प्रविधिबाट छातीको एक्स-रे परीक्षण सेवा सुरु गरेको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, थिमी, भक्तपुरको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको उक्त अभियान दुई चरणमा सम्पन्न भएको हो।

पहिलो चरणमा वैशाख १६ गते वडा नं ५ स्याफ्रुबेँसी स्वास्थ्य चौकीमा आयोजित १ दिने शिविरमा १४४ जनाको छाती परीक्षण गरिएको थियो, जसमा १५ जनामा सम्भावित क्षयरोग देखिएको छ। दोस्रो चरणमा वैशाख १७ गते वडा नं ६ धुन्चे स्वास्थ्य चौकीमा १८६ जनाको परीक्षण गर्दा २८ जनामा सम्भावित संक्रमण देखिएको गाेसाइकुणड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताए दुई दिनको अवधिमा जम्मा ३३० जनाको छाती परीक्षण हुँदा ४३ जनामा क्षयरोगको सम्भावना देखिएको गाउँपालिकाले जनाइएको छ। 

गोसाइँकुण्ड स्वास्थ्य शाखाका प्रमुख विमल घिमिरेका अनुसार, प्रारम्भिक परीक्षणमा सम्भावित देखिएका बिरामीहरूलाई जिन–स्पट परीक्षणमार्फत थप पुष्टि गरिनेछ। संकलित नमुना त्रिशूली र भक्तपुरस्थित राष्ट्रिय क्षयरोग परीक्षण प्रयोगशालामा पठाइनेछ। पुष्टि भएपछि ती बिरामीलाई निःशुल्क औषधि तथा उपचार सेवामा समावेश गरिनेछ।

घिमिरेका अनुसार, एआई एक्स-रे प्रविधिको प्रयोगले समुदायमा लुकेका संभावित बिरामीहरूलाई छिटो र प्रभावकारी रूपमा पहिचान गर्न मद्दत पुगेको छ।

स्वास्थ्य क्षेत्रमा प्रविधिको उपयोग गर्दै समुदाय स्तरमै क्षयरोग नियन्त्रणमा टेवा पुर्‍याउने यो पहल रसुवा जिल्लाको लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ।

कफी खेतीबाट वार्षिक ३ लाख आम्दानी

Thursday, May 01, 2025 0 Comments




सरस्वती न्याैपाने

रसुवा, जीवनभर कृषिको सेवा गर्ने प्रतिवद्धता राख्ने ७६ वर्षीय निमावाङदी तामाङले कफी खेतीबाट वार्षिक ३ लाख रुपैयाँ आम्दानी गरिरहेका छन्। 

नौकुण्ड गाउँपालिका -४ दनुस्वाराका बासिन्दा तामाङले २०४५ सालदेखि नै कफी खेती गर्दै आएका हुन्।  पाल्पाकाे तानसेनबाट कफी खेतीको तालिम लिएर आएपछि उनले तानसेन, दोलखा लगायतका ठाउँबाट कफीका बिरुवा ल्याएर यहाँ रोपेका थिए। आज उनको प्रयासले रसुवा र नुवाकोटका धेरै ठाउँमा कफी खेती फैलिएको छ।

आफ्नै ८ रोपनी भिरालो जमिनमा उनले एक हजार कफीका बोट रोपेका छन् । लिची, आँप, सुन्तला लगायतका फलफूल पनि लगाएका छन्। ‘जीवन रहुन्जेल कृषि पेसामै लागि रहन्छु’‚ उनी भन्छन्, ‘२०४५ देखि २०८२ सम्ममा धेरै रोपे, धेरै मरे, तर अहिले एक हजार बोट कफी छन् ।

उनले सुरु गर्दा कसैले कफी खेती गरेका थिएनन्, तर आज धेरै युवा उनको प्रेरणाले यसलाई आम्दानीको श्रोत बनाएका छन्। लामाे समयदेखिकाे निरन्तरताले सफलता मिल्ने रहेछ तामाङले भने । 

७६ वर्षको उमेरमा पनि उनी जोससाथ काम गर्छन्। ‘मैले धेरै पढेको छैन, तर अनुभवले नै सबैले मलाई ‘ज्येष्ठ अगुवा कृषक’ भनेर सम्मान गर्छन्,’ उनले भने। उनको लगनशीलताले युवापुस्तालाई पनि गाउँमै रोजगारी सिर्जना गर्न प्रेरित गरेको छ।

वैदेशिक रोजगार र सहरिया जीवनतिर धानिएका युवालाई गाउँमै आर्थिक अवसर छ भन्ने देखाउन उनी सफल भएका छन्। कफी खेतीबाट खर्च कटाएर वार्षिक ३ लाख कमाउने उनको उदाहरणले अरूलाई पनि प्रेरित गरिरहेको छ।

नौकुण्ड गाउँपालिकाका वडा अध्यक्ष ज्ञानी वाइबाले ‘गाउँपालिकाको अग्रज कृषक’ भनेर सम्मान गरेका छन् । उपाध्यक्ष चन्द्रबहादुर ग्लानले उनको ईमान्दारी र परिश्रमलाई सलाम गरेका छन्। उनको ‘गोसाईंकुण्ड कफी उद्योग’ लघु उद्योग समूहबाट उत्पादन र विक्री हुँदै आएको छ।

उमेर वा अवस्थाले सफलताको बाटो रोक्न सक्दैन। कफी खेतीलाई आफ्नो जीवनको मिसन बनाएर उनले गाउँमै आत्मनिर्भरताको उदाहरण कायम गरेका छन्।