ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Friday, May 16, 2025

रसुवा मावि बाल कक्षामा उर्जा प्रवलीकरण


रसुवा, गोसाइँकुण्ड गाउँपालिका -६ धुन्चे स्थित रसुवा माविको बाल कक्षाकोठामा उर्जा प्रवलीकरण गरी हस्तान्तरण गरिएकाे छ । 

गोसाइँकुण्ड गाउँपालिका र यूराेपियन यूनियनकाे सहयाेगमा विन परियाेजनाले उर्जा प्रवलीकरण गरी हस्तान्तरण गरेकाे हाे । हिमाली क्षेत्रमा चिसाेबाट बालबालिकालाइ बचाउन न्यानाे कक्षा काेठामा सहज रूपमा पढाउन उर्जा प्रवलीकरण गरेकाे हाे । 

यस अघि नै निर्माणा भएकाे  बाल कक्षा काेठमा उर्जा प्रवलीकरण गरी न्यानाे बनाइएकाे र प्रमुख अतिथि जिल्ला समन्वय उप प्रमुख विजय लामाले विद्यालयका प्रधानाध्यापक तेम्पा रिसाङ घले समक्ष हस्तान्तरण गरेका हुन् । कार्यक्रममा गाउँपालिकाकाे ३ लाख ५० हजार समेत कुल १० लाख ७ हजार रूपैयामा उर्जा प्रवलीकरण गरिएकाे गाेसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ जानकारी दिए । । 

कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी अर्जुन पाैडेल, गाेसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङलगायतले धारणा राखेका थिए । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल,, गोसाँईकुण्ड गाउँपालिका  प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङ, रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा अच्युत पाैडेल, जनस्वास्थ्य प्रमुख, परियोजनाको टिम,सन्चारकर्मीहरूलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो  । 

कार्यक्रममा उर्जा प्रवलीकरण बारे जानकारी दिदै यसले काेठालाइ  गर्मीमा चिसाे र जाडाेमा न्यानाे राख्ने जानकारी दिइयाे । रसुवा मावि लगायत उच्च क्षेत्रका विद्यालयमा याे प्रबिधि प्रभावकारी हुने भएकाेले अन्यत्र पनि सहयाेग गर्न विन कार्यक्रममा सहभागीहरूले परियाेजनासँग अनुराेध गरेका थिए। 

अब चिसो मौसममा कारण विद्यालय जान नसक्ने उच्च हिमाली भेगका साना बालबालिकाका लागि न्यानो र सुरक्षित कक्षा कोठा पाएपछि सिकाइ सहज हुने भएकाे छ । प्रारम्भिक बाल विकास कक्षालाई ऊर्जा दक्ष प्रविधिबाट सुधार गरी नियमित पठनपाठन सुनिश्चित गर्ने प्रयास थालेको छ।

स्विच एशिया कार्यक्रमअन्तर्गत सञ्चालित बिन (बिल्डिङ इनर्जी एफिसियन्सी इन नेपाल) परियोजनाको प्राविधिक सहयोगमा निर्माण गरिएको यो कक्षा बालमैत्री, सुरक्षित र वातावरणमैत्री समेत छ। 



No comments:

Post a Comment