ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Tuesday, May 20, 2025

मिचाहा प्रजाति व्यवस्थापन कार्याशाला सम्पन्न


रसुवा,  राष्ट्रिय प्रकृति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको सहयोग तथा  डिभिजन वन कार्यालको समन्वयमा  मिचाहा प्रजाति व्यवस्थापन कार्याशाला  धुन्चेमा सम्पन्न भयो ।

जिल्ला भरका सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, दलित, अपाङ्ता भएका, जनजाति, जनप्रतिनिधिहरू सहभागी थिए । कार्याशालामा डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले सहजिकरण गरेका थिए ।  कार्याशालामा राष्ट्रिय प्रकृति संरक्षण कोषका लक्ष्मण कुँवरले सञ्चालन गरेका थिए भने जलवायु विज्ञ डा अनिता श्रेष्ठले स्वागत गरिन् । 

सहभागीहरूले स्थानीय मिचाहा प्रजातिको पहिचान तथा मिचाहा प्रजाति व्यवस्थापन त्यसको असर र प्रभाव बारे छलफल गरेका थिए । 


नेपालमा वाह्य मिचाहा प्रजातिको तीव्र फैलावट अहिले एक गम्भीर पर्यावरणीय चुनौती बनिरहेको र  यसको व्यवस्थापनको अभावले कृषि, वन र वातावरणमा व्यापक असर पुर्‍याएको छ। सडक छेउ र आवास क्षेत्रबाट यी झारहरू कृषि क्षेत्रसम्म फैलिन थालेका छन्, जसले उत्पादनमा ठूलो नकरात्मक प्रभाव पार्न सक्छ। अझ, प्रभावकारी क्वारेन्टाइन निरीक्षणको अभावले नयाँ मिचाहा प्रजातिहरू  भित्रिरहेको बताइएकाे थियाे । 

विभिन्न वैज्ञानिक र अन्तर्राष्ट्रिय अनुभवहरूको आधारमा, नेपालका धेरै मिचाहा प्रजातिहरूको नियन्त्रण सम्भव रहेको कुरा सबैलाई जानकारी गराइएको छ। यस कार्यशालामा, सामुदायिक वन र स्थानीय तहका प्रतिनिधिहरूलाई मिचाहा प्रजातिको पहिचान र व्यवस्थापनमा सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ।

कार्यशालामा प्रस्तुत गरिएको सुझावहरू अनुसार, मिचाहा प्रजातिको व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकतामा राख्न आवश्यक रहेको छ, जसबाट यसको फैलावट र वातावरणीय नोक्सानलाई रोक्न सकिने समेत छलफल भयाे।



No comments:

Post a Comment