रसुवा, आमाछोदिङमो गाउँपालिका–३ गत्लाङ गाउँमाथि अवस्थित पार्वतीकुण्डमा बोझाे नामक जडिबुडीले ढकिएर अस्तित्व नै समाप्त हुन लागेपछि कुण्डकाे सफाइ थालिएको छ ।
स्थानीय सामुदायिक वनका उपभोक्ता तथा पार्वतीकुण्ड ब्यवस्थापन समितिले डिभिजन वन कार्यालयको साहयोगमा परम्परागत पाठपुजा गरी कुण्डको सरसफाइ सुरुवात गरेको गरिएको स्थानीय चिदाेङ लामाले बताए ।
कुण्डको वरिपरि फैलिएको बोझो नामक जडिबुटीलाइ हटाएर कुण्डको सफाइ थाएिको डिभिजन वन कार्यालयले जनाएको छ । यस कुण्डमा १०८ वटा धारा निर्माण गरिएको छ ।
यहाँ जनै पूर्णिमामा पाठपुजा गर्ने र नुहाउनेहरूको यात्रीको ठूलो भिड लाग्दछ । २ हजार ६ सय मिटरको उचाईमा रहेको यो कुण्डको संरक्षण र कुण्ड वरिपरि बनाइएका संरचनाहरूले यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत आर्कषण बढ्दै जान थालेको स्थानीय गतलाङ गेष्टहाउसका सञ्चालक फुर्पुसिङ्गी तामाङले बताए । बोझोले ढाक्न थालेपछि वर्षेनी बोझो हटाएर सफा गर्नुपर्छ तामाङले भने ।
धार्मिक तथा पर्यटकीय महत्व बोकेको कुण्डको संरक्षणलाई धार्मिक महत्व दिँदैे पार्वतीकुण्डमा विभिन्न अवसरमा श्रद्धालुको भीड लाग्ने गर्दछ । यस क्षेत्रमा पछिल्लो समय वनभोजका लागि समेत रोजाइमा पर्न थालेको छ । पाल्दोपिक, गणेश र साङजेन हिमाल तथा समथर घाँसेमैदान सोमदाङ उपत्यका, एवं धार्मिकस्थल जागेश्वर कुण्ड जस्ता क्षेत्रहरूमा यहाँबाट पदयात्रा गर्न सकिने भएकाले यसको संरक्षणमा स्थानीयहरू जुटेका हुन् ।
डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले एक कार्यक्रमका बीच स्थानीय चलन अनुसार पुजापाठ गरेर प्रसिद्ध धार्मिक स्थल पार्वती कुण्डको सरसफाइ गर्ने कार्यको शुभारम्भ भएको छ ।
सरसफाई कार्यमा कुण्डमा रहेको बोझो हटाउने, भरिएर रहेका माटो बालुवा हटाउने र वरपर झाडी सरसफाइ गर्ने जस्ता कार्य गरिने कुरा सब डिभिजन वन कार्यालय थाम्बुचेतका रेञ्जर सन्तोष तिम्सिनाले बताए ।
बोङजोमाने सामुदायिक वन उपभोक्ता समूह, ज्यार्सा गोठेन सामुदायिक वन उपभोक्ता समूह, आमाछोदिङ्मो–३ का वडा अध्यक्ष सुरेन्द्र तामाङ सहभागी थिए ।
तामाङ सम्पदा मार्गमा पर्ने पार्वतीकुण्डलाई पर्यटकको आकर्षणको केन्द्रको रूपमा विकास गर्न थालिएको छ । कुण्ड भित्र रहेको बोझोको कारण कुण्डको आकार घटेको र त्यहाँ रहेको मन्दिर समेत जीर्ण भएपछि गतवर्ष बागमती प्रदेशले सौन्दर्यमा समेत असर परेपछि स्थानीयले सरसफाइ थालेका हुन् ।
धार्मिक पर्यटनको लागि प्रसिद्ध पार्वतीकुण्डको सरसफाई कार्यका लागि नेपाली सेनाकाे श्री श्रीनाथ गण अन्तर्गत मानचेत व्यारेकका जवानहरु, बोङ्जोमाने र जार्सा गाेठेन सामुदायिक वन, थाम्बुचेत सव डिभिजन र स्थानीय समुदायको सहभागितामा सरसफाई रहेकाे थियाे ।
No comments:
Post a Comment