Posts

Showing posts from July, 2023

रोजाईको गन्तव्य बन्दै भाँङ्गे झरना अर्थात् तारे छाँगो

Image
बेत्रावती-मैलुङ-स्याफ्रुबेंशी सडकमार्गमा पर्ने यो झरना वर्षौंदेखि यहाँबाट झरिरहेको भएपनि खासै चर्चामा आएको थिएन । स्थानीयहरूले तारे छाँगोको चिन्दै आएका यस झरनालाई बिस्तारै भाङ्गे झरना भन्न थालिएको हो । पछिल्लो समय बाहुबली झरनाको रूपमा पनि चिनिदै आएको छ ।  रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं २ मा रहेको भाँङ्गे झरना अर्थात् स्थानीय रूपमा तारे छाँगो पछिल्लो समय आन्तरिक पर्यटकहरूका लागि नजिकको गन्तव्य बन्दैछ । रसुवा-नुवाकोट सिमाना बेत्रावतीबाट कैदलटार, पैरेबेंशी, अर्चले शान्तिबजार हुँदै यस झरनाको मनोरम दृश्यावलोकनमा पुग्न सकिन्छ । पासाङल्हामु राजमार्गबाट नजिकैको गन्तव्य भएकोले पनि रसुवा, नुवाकोट, धादिङ, काठमाण्डौं, भक्तपूर, ललितपूर, काभ्रेलगायतका जिल्लाबाट आन्तरिक पर्यटकहरू दिनहुँजसो नै घुम्न आउन थालेका छन् ।  यहाँ आईसकेपछि प्राय : पर्यटकहरू नुहाउने, धुने, भिडियो बनाउने, टिकटक बनाउने कार्यहरू गर्दछन् । यहाँबाट केही किमी यात्रा गरेपछि मैलुङ जलविद्युत आयोजना तथा त्रिशूली ३ A आयोजनास्थलहरूको अवलोकन गर्न सकिन्छ । बेत्रावती-मैलुङ-स्याफ्रुबेंशी सडकमार्गमा पर्ने यो झरना वर्षौ...

पर्यटकीय गन्तव्य बन्दै बिजिली जोङ्ग

Image
सायद  सिप्पुङ लाई    मन नपराउनुको कारण तिनै निर्कुभूमेकी छोरी विजिली जोङ्ग भएर आकर्षण गरिरहेको छ जनजनलाई पनि भन्न मिल्छ । आन्तरिक पर्यटन प्रवर्दन अभियान रसुवा जिल्ला नौकुण्ड गाउँपालिका वडा नं १ मा रहेको विजिली   जोङ्ग अर्थात् बिजुली ढुङ्गा आन्तरिक पर्यटकहरूका लागि नयाँ गन्तव्य बन्दैछ । पासाङल्हामु राजमार्गको स्याउबारी-गुम्बुडाँडा-कालिकास्थानबाट सहजै पुग्न सकिने भएकोले पनि घुम्नका लागि उपयुक्त स्थलको रूपमा यस्ता स्थानहरूले परिचय स्थापित गर्दैछन् ।  विजिली जोङ्ग वरिपरि फोहोर गर्ने, मासु पोल्ने लसुन ,  सिस्नु बनाउने जाँड रक्सी खाने जस्ता गतिविधि गर्न नहुने र महिलाहरु ढुङगा माथि चढ्न नहुने विश्वास समेत् रहेको छ । यस्तो कार्य अनिष्ठ हुने विश्वास पनि गरिन्छ । लाङ्बु गाउँको सिरानमा अवस्थित विजिली जोङ्गको उत्पत्ति कसरी भयो भन्ने धार्मिक कथन जोडिएको छ । जुरेढुङ्गा अर्थात् सिप्पुङ , सरमथलीकी निर्कुभूमे र विजिली जोङ्गको जोडिएको धार्मिक कथन यसप्रकार छ । कथन अनुसार बिजिली जोङ्ग सरमथलीकी निर्कुभूमेकी छोरी हुन् ।उनलाई सिप्पुङ अर्थात् जुरेढुङ्गा ले औधी मन पराउँथे तर हा...

प्राकृतिक भ्यू-टावर जुरेढुङ्गा (सिप्पुङ)

Image
जुरेढुङ्‍गा अर्थात् सिप्पुङको मनोरम दृश्य लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस जुरेढुङ्गाको वरपर पनि थुप्रै खर्क र आकर्षक स्थलहरू रहेका छन् । चैत्र-बैशाखको समयमा यहाँ विभिन्न किसिमका लालीगुँरासहरू फुल्ने गर्दछन्, जुन् दृश्यले यहाँ आउने सबैलाई मोहित बनाउँदछ । यसभित्र जुरेढुङ्‌गा अर्थात् सिप्पुङको परिचय रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं ६ मा रहेको जुरेढुङ्गा मनोरम स्थलमध्येको एक हो । लोकिल-सिपाङ पदमार्ग अन्तर्गत् पर्ने यो स्थान   पछिल्लो समय आन्तरिक पर्यटकहरूको रोजाईमा पर्दै आएको छ । पासाङल्हामु राजमार्ग कालिकास्थान-गोम्बोडाँडा वा स्याउबारीबाट ३ घण्टाको पैदल यात्रामा सहजै यस स्थानमा पुग्न सकिन्छ । भूमेस्थान वा सानोआलेसम्म सडक सवारीको प्रयोग गरेर पनि यस स्थानमा सजिलै पुग्न सकिन्छ ।   स्थानीय भाषामा सिप्पुङ पनि भनिन्छ यसलाई । गोरूको जुरोजस्तो भन्ने अर्थ रहेको छ सिप्पुङको । यहाँबाट विकसोन्मुख पर्यटन पदमार्गको रूपमा रहेको नौकुण्ड ताल पनि पुग्न सकिन्छ । सूर्योदय , सूर्यास्त तथा भूधरातलको मनोरम दृश्यावलोकनका लागि एकपटक यस स्थानमा पुग्नै पर्छ । मौ...

लोकिल सिपाङ पर्यटन मार्ग

Image
रसुवाको तल्लो क्षेत्रमा पर्ने गोम्बोडाँडा , लोकिल , सिपाङ हुँदै नौकुण्ड तथा गोसाइँकुण्ड जाने पदयात्रा सम्भावित पर्यटकीय क्षेत्र हो । यहाँबाट रसुवाको तल्ला भागमा पर्ने तामाङ बस्तीहरू बेताङ , सस्र्यु , घोर्मो , लाङ्बु , थाङरदोर , सिम्बन्दी , दोक्लाङ , यार्सा तथा सरमथलीका बस्तीहरू घुम्न तथा अवलोकन गर्न सकिन्छ । काठमाडौंबाट नजिकै पर्ने यो क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्जका प्राकृतिक सम्पदा , घना जंगल , लालीगुँरासका ठूला ठूला रुखहरू , हिमाल तथा अग्ला अग्ला टाकुराहरूको बीचमा यात्रा गर्ने अवसर मिल्दछ ।   यस क्षेत्रमा उल्लेखनीय रूपमा पर्यटकहरूको चाप नदेखिए पनि वषौंदेखि रसुवा ट्रेक्स , हाइल्याण्ड ट्रेकिङलगायतका ट्रेकिङ एजेन्सीहरूले क्याम्पिङ ट्रेक चलाउँदै आएका छन् । पर्यटक बस्ने होटल तथा आवास नहुँदा यस क्षेत्रमा क्याम्पिङ भन्दा अर्को प्रकारको ट्रेकिङहरू नचल्ने   गरेको छ । पछिल्ला समयमा कालिकास्थान वा जिवजिवेमा बसेर तामाङ बस्ती घुम्न जाने पर्यटकको संख्यामा भने केही बृद्धि भएको पाइन्छ ।   ठूला होटलहरू नभएपनि ग्रामीण घरहरूलाई होमस्टेको रूपमा विकास गर्दै लैजाने हो भने आन्तरिक तथा ...

धार्मिक आस्थाको धरोहर : गोसाइँकुण्ड

Image
यो कुण्डको उत्पत्तिको कथा हिन्दु र बौद्द धर्ममा भिन्नाभिन्नै रहेको छ । दुवै धर्मअनुसार शिवजीले नै सिर्जना गरेका हुन् भनिएको छ । गोसाइँकुण्ड र भैरवकुण्ड । फोटो स्रोत :  Wiki Media Commons  यसभित्र गोसाइँकुण्डको परिचय वैदिक युगदेखि ऐतिहाँसिक पोखरी वा ताल हो गोसाइँकुण्ड । धार्मिक आस्थाको धरोहर र पर्यटकीय गन्तव्य पनि हो यो कुण्ड तथा वरपरका क्षेत्रहरू । सांस्कृतिक र प्राकृतिक छटाले परिपूर्ण छ यो क्षेत्र । पवित्र त्रिशूली नदीको उद्गमस्थल पनि हो यो कुण्ड । 'गो' गाई र 'स्वामी' मालिक अर्थात् संस्कृतको 'गोस्वामी' शब्द जनजिब्रोले बोल्दै जाँदा अपभ्रम्श भई 'गोसाइँकुण्ड' भएको हो । गोस्वामी अर्थ धेरै गाई हुने व्यक्ति भन्ने बुझिन्छ । त्यस्तै 'गो' शब्दले 'इन्द्रिय' भन्ने पनि बुझाउँदछ, स्वामी भन्नाले जितेन्द्रिय भन्ने बुझिन्छ । देवता वा ठूला ऋषिहरू इन्द्रियजयीहरूमा पर्दछन् भने सबैभन्दा श्रेष्ठ जितेन्द्रिय भगवान शिव हुन् । संक्षिप्त जानकारी कुण्डको नाम : ...

धैबुङ चित्रकालिका मन्दिर

Image
प्राकृतिक दृश्यको धनी ,  ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्र स्थलको प्रत्यक्ष स्थलगत दर्शन गर्न पासाङल्हामु सडक मार्गवाट ५ मिनेटमात्र पैदल यात्रा गरी कालिकामाई मन्दिरको दर्शन गर्न सकिन्छ । तस्वीर : हेमनाथ खतिवडा

चार धाममध्येको एक धाम : उत्तरगया धाम

Image
लठ्ठी गाड्नुभयो जहाँ गिरिशले त्यो वेतको क्यै अघि ।  हो त्यैँ मूल फुटी कुवा पनि बन्यो त्यो कूपबाटै छुटी ।।  मीठो शब्द गरी बगिन् कलकली प्रख्यात वेत्रावती  गङ्गा पुण्यदिने यिनैकन सबै भन्छन् फलाँखू नदी ।।४२ ( अप्र. नीलकण्ठ महिमा ,  डा. सत्यराज थपलिया) डा. सत्यराज थपलियाको अप्रकाशित कृति नीलकण्ठ महिमामा उल्लेख गरिएको माथिका चार लाइन कविताबाट बेत्रावतीको उत्पत्ति तथा पौराणिक महत्व झल्कन्छ । एक पौराणिक किंवदन्ती अनुसार   सत्ययुगमा देवता र दानव मिली समुद्र मथन गर्दा निस्केको   “ हलाहल ”   नामक कालकूट विषले संसार दग्ध गराउन लाग्दा संसारको रक्षार्थ शिवजीले उक्त विष निल्नुभएको थियो । शिवजीले निल्नुभएको विष घाँटीमा अड्कन गएकोले उहाँलाई डाहा भएको र डाहा शान्त गर्न छट्पटिएर बेतको लौरो र त्रिशूल लिएर निस्कनु भएको शिवजी अहिले उत्तरगयाको नामले चिनिएको बेत्रावतीमा आइपुग्नु भएको थियो । पानी प्यास लाग्दा बेतको लौरीले खोपेर सबैलाई पुण्य दिने बेत्रावती नदीको उत्पत्ति भएको भन्ने परिचय माथिको कविताले दिएको छ ।   “ त्यही पानी पिएर भगवान शिवले प्यास मेटाउनु भएको थियो ” ...