'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

थुम्कीमा छन् जलेश्वर महादेव

थुम्कीका महादेव मन्दिर — पुरानो स्वरूप
महादेव मन्दिरबाट उत्तरतर्फ देखिने मनोरम दृश्य
नौकुण्डबाट देखिने मन्दिर र जिबजिबे गाउँको तस्वीर
कालिकास्थानबाट हेर्दा देखिने मन्दिर र जिबजिबे गाउँको दृश्य
थुम्कीका महादेव मन्दिरको पुरानो सुन्दर तस्वीर

 

Hightlights
एक स्थानीय बासिन्दाको गाई सँधै फुकेर दुध दुहुने बेलामा हराउने गरेको र खोजी गर्दै जाँदा यहाँ हाल महादेव मानिएको शिलामा दुध चढाईरहेको भेटिएको हुँदा शक्ति मानेर पूजा आजा गरिँदै आएको भन्ने भनाई रहेको छ । धार्मिक कथन अनुसार गोसाइँकुण्ड उत्पत्ति गर्न महादेव यहाँ १ रात बास बसी गएका हुन् पनि भनिएको छ ।
========================================= -->
जलेश्वर /थुम्कीका/नीलकण्ठ महादेव मन्दिरको बारेमा
रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नं ५, जिबजिबेमा रहेको नीलकण्ठ महादेव मन्दिरलाई स्थानीयहरूले 'थुम्कीका महादेव' भनेर चिन्दछन् । जलेश्वर महादेव भनेर पनि चिनिदै आएको यस मन्दिर रमणीय स्थानमा रहेको छ । सूर्योदय, सूर्यास्त हेर्नका लागि पनि उपयुक्त स्थलको रूपमा रहेको यस मन्दिर उत्पत्ति सम्बन्धि एक कथन रहेको छ ।

 एक स्थानीय बासिन्दाको गाई सँधै फुकेर दुध दुहुने बेलामा हराउने गरेको र खोजी गर्दै जाँदा यहाँ हाल महादेव मानिएको शिलामा दुध चढाईरहेको भेटिएको हुँदा शक्ति मानेर पूजा आजा गरिँदै आएको भन्ने भनाई रहेको छ । 

धार्मिक कथन अनुसार गोसाइँकुण्ड उत्पत्ति गर्न महादेव यहाँ १ रात बास बसी गएका हुन् पनि भनिएको छ । बालाचतुर्दशीको बेलामा यहाँ मेलासहित शतबीज छर्ने पर्व पनि लाग्ने गर्दछ ।स्थानीय तथा पूर्व प्रधानपञ्च स्व. चुडामणि पौडेलको अगुवाईमा यहाँ मेला आयोजना गर्न थालिएको हो ।

 पछिल्लो समय स्थानीयहरूको मात्र सहभागिता हुने यस क्षेत्रमा केही वर्ष अघिसम्म नुवाकोटका मनकामना, फिकुरी, तादी, तुप्चे, मभीर, कुवापानी, गेर्खु, चोकदेलगायतका क्षेत्रबाट यहाँ तीर्थालुहरू आउने गर्दथे । 

 पासाङल्हामु राजमार्गको कालिकास्थान-घुम्तीबाट १.७ किमी पूर्वमा जिबजिबे बजादेखि केही तल रहेको भञ्ज्याङबाट उठ्दै गएको एक थुम्कामा अवस्थित छ । थुम्कामा रहेका हुनाले थुम्कीका महादेव भनेर पुकारिएको हो ।
थुम्कीका महादेव मन्दिरबाट उत्तरतर्फ देखिने जिबजिबे, मानेस्वारा, ज्याङलाङ, गैरीनागी लोकिलसम्मका दृश्यहरू
आकर्षण (किन जाने) ?
  • धार्मिक महत्व, मनोंकाञ्छा पुरा हुने 
  •  वरपर अन्य देवी देवताहरूको मन्दिर 
  •  सूर्योदय र सूर्यास्त दृश्यावलोकन 
  •  धरातलीय विषमता 
  •  न जाडो न गर्मी क्षेत्र
  • यस मन्दिर वरपर अन्य ऐतिहाँसिक र धार्मिक स्थलहरू (घलेगढी, कमारेगढी, धैबुङ कोतघर - अवशेष नरहेको, कालिका मन्दिर आदि, जुन् स्थलहरू यसैको अन्य स्थलहरू Tab मार्फत् हेर्न सकिनेछ ।
  • लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र 
  • सातधारे, नौकुण्ड क्षेत्र, फिकुरी लेक आदिको अवलोकन 
  • होटल, लज, होमस्टे र खानाको व्यवस्था भएको क्षेत्र 

कसरी पुग्ने ?
कालिका गाउँपालिका वडा नं ५ (साबिक धैबुङ ८) मा रहेको यस मन्दिरमा काठमाण्डौंबाट पासाङल्हामु राजमार्गको कालिकास्थान (घुम्ती)  हुँदै पूर्वपट्टि रहेको जिबजिबे बजारबाट केही दक्षिणतर्फबाट भञ्ज्याङ हुँदै जान सकिन्छ । 


Share on Google Plus

About This is Our Rasuwa

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music