Posts

Showing posts from October, 2025

लाङटाङ घुम्न भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारका

रसुवा, लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारको भएको खुल्न आएको छ ।  गोसाइँकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता हुनेहरुमा भक्तपुर नगरपालिका–१० क्वाठण्डौंँ बस्ने वर्ष २३ का रवि श्रेष्ठ, सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २३ वर्षीया संस्कृति श्रेष्ठ, २१ वर्षीय किशन श्रेष्ठ र २६ वर्र्षीया सनिता श्रेष्ठ रहेका छन् । संस्कृति, किशन र सनिता एउटै परिवारका रहेको सूर्यविनायक नगरपालिका–४ का वडाध्यक्ष लच्छुराम न्यौपानले जानकारी दिनुभयो ।  उनीहरु रामेछापबाट बसाइँसराइ गरेर दधिकोटमा बसोबास गर्दै आएको न्यौपानले बताउनुभयो । उनीहरुको अवस्था अझै अज्ञात रहेको छ । उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले जानकारी दिनुभयो । बेपत्ताहरुको खोजीका लागि प्रहरी र नेपाली सेनाको टोली नुवाकोटको सिमानासम्म परिचालन गरिएको र नुवाकोट प्रहरीलाई पनि घटनाबारे जानकारी ...

अभियान कै रूपमा राष्ट्रिय भिटामिन ‘ए खुवाउने

Image
  रसुवा, कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ । सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदैन आएको छ ।  यस वर्ष सोही मितिमा दिपावलीको लक्ष्मी पूजा पर्न गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा विवेककुमार लालले ७५३ स्थानीय तहमा दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको जानकारी गराए । यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिने उनले बताए ।

पीडित परिवारलाइ क्षतिपूर्ति दिने सहमति , रसुवा बन्द फिर्ता

Image
  रसुवा,  पीडितका परिवारलाइ २५ लाख रुपैयाँ क्षतिपूर्ति तथा रोजगारी सुनिश्चित गर्ने सहमति पछि रसुवा बन्द फिर्ता भएको छ ।  गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा शनिबार दिउँसो १ बजे करेन्ट लागेर मृत्यू भएका कालिका गाउँपालिका ३ का स्क्याभेटर चालक ५० वर्षीय शिव पौडेलका आफन्त तथा स्थानीयले जिल्ला बन्द गरेका थिए ।    रसुवागढी जलविद्युत आयोजना सरकारी सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र पीडितका तर्फबाट कालिका गाउँपालिकामा भएको छलफल पछि मृततका परिवारलाइ २५ लाख रुपैयाँ क्षतिपूर्ति र परिवारका १ जनालाइ रोजगारीको सुनिश्चितता गर्ने सहमति पछि बन्द फिर्ता भएको हो ।  प्रहरी, कालिका गाउँपालिकाका जनप्रतिनिधि, रसुवागढी जलविद्युत कम्पनी तथा पीडित परिवारसँग कालिकास्थानमा छलफल पछि सो सहमति भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए ।   

पीडित परिवारबाट क्षतिपूर्ति माग गरी रसुवा बन्द

Image
  रसुवा,  गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा शनिबार दिउँसो १ बजे करेन्ट लागेर मृत्यू भएका कालिका गाउँपालिका ३ का स्क्याभेटर चालक ५० वर्षीय शिव पौडेलको परिवारले रसुवा बन्द गरेका छन् ।   बन्दको अब्हान गरेपछि पासाङल्हामु सढकको रसुवा खण्डमा सवारी साधन चलेका छैनन् । काठमाण्डौका लागि कुनै सवारी चलेनन्। भने राजधानीबाट रसुवातर्फ जाने सवारी पनि बन्द छ । बन्दकर्ताले एम्बुलेन्स र विदेशी पर्यटक बाहेक मोटरसाइकल पनि ठप्प पारेका छन् । बन्दकर्ताहरूले बेतिनी, बनुवालगायत ठाउँठाउँमा सडक अवरुद्ध पारेका छन् ।  रसुवागढी जलविद्युत कम्पनीमा कार्यरत मृतकका परिवारलाइ काजक्रिया र क्षतिपूर्ति वापत ३५ लाख रूपैयाँ , पत्नीलाइ रोजगारी र छोराछेरीको उच्च शिक्षा अध्ययनकाे सुनिश्चित हुनुपर्ने जस्ता माग राख्दै जिल्ला प्रशासन कार्यालय र रसुवागढी जलविद्युत कम्पनीको ध्यानाकर्षण गराएको स्थानीय पुष्पराज न्यौपानेले बताए । उचित माग पुरा नभएसम्म लास बुझेर सदगत गर्ने बताएका छन् भने रसुवा जिल्ला बन्द घोषणा गरेपछि सार्वजनिक यातायात चनेका छैनन् ।  कम्पनी तथा पीडित परिवारसँग कालिकास्थानमा छलफल हुन लागेको जि...

रेडियो लाङटाङकाे ११ औँ वार्षिक साधारणसभा सम्पन्न

Image
  रसुवा, रेडियो लाङटाङ ९०।३ मेगाहर्जको ११ औँ वार्षिक साधारणसभा शनिबार कालिका गाउँपालिकाको सभाहलमा सम्पन्न भयो ।  पर्यटन विकस तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालति रेडियाे लाङटाङ ९०.३ मेगाहर्जको ११ औँ वार्षिक साधारणसभा कार्यक्रमको अवसरमा जिल्लामा कार्यक्षेत्र बनाई नेपाल टेलिभिजन जिल्ला संवाददाता सुशील कोईरालालाई यस वर्षको स्वर्गीय रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार २०८२ प्रदान गरियो ।  उनलाइ नगद पुरस्कार ११ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको हो । यस्तै योगमाया अधिकारी (ईश्वरी) स्मृति महिला स्वयंसेवीका पुरस्कार २०८२ बाट कालिका-३ की महिला स्वास्थ्य स्वयंसेवीका कुलकुमारी न्यौपाने नगद पाँच हजार पाँच सय पचपन्न रुपैयाँ सहित सम्मानित भइन् । साे अवसरमा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक श्यामबहादुर पुडासैनी पनि सम्मानित भए ।  जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथिले तामाङले समाज रुपान्तरणको मुख्य आधार पत्रकार रहेको बताउदै समुन्नत, सुसंस्कृत, सभ्य समाज निर्माणमा सामुदायिक रेडियोको निर्णायक ...

करेन्ट लागेर एक जनाको मृत्यु

Image
रसुवा, गोसाइँकुण्ड गाउँपालिका-२, टिमुरेमा शनिबार दिउँसो १ बजे करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।   सडक निर्माणको क्रममा स्काभेटर चालक पौडेललाई एक्कासि करेन्ट लागेर कालिका गाउँपालिका–३ का ५० वर्षीय शिव पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।   मृतकको रसुवा अस्पतालमा पोस्टमार्टम भएको प्रहरीले जनाएको छ।

एक सय ८४ औं पटक रक्तदान गर्ने सतक रक्तदाता प्रेमसागर सम्मानीत

Image
रसुवा, नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले कालिका गाउँपालिका–२ मा ०८२ असाेज २५ गते १८४औं पटकको रक्तदान गरे ।   नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ व्याजकाे संयुक्त रुपमा शनिबार आयोजित ७ औं रक्तदान कार्यक्रममा सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले १८४औं पटकको रक्तदान गरेका हुन् ।  कार्यक्रममा कर्माचार्यलाई जिल्लावासी तथा कालिका गाउँपालिकाले पनि छुट्टछुट्टै सम्मान पत्र प्रदान गरे । प्रमुख अथिति रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, जनस्वास्थ्य प्रमुख झमप्रसाद आचार्यलगायका जनप्रतिनिधि तथा स्थानीयले  उनलाइ दोसल्ला तथा सम्मानपत्र प्रदान गरेर सम्मान गरेका थिए ।  सम्मान ग्रहण गर्दै कर्माचार्यले याे सम्मानले अझै बढी रक्तदानका क्षेत्रमा काम गर्न जिम्मेवारी थपिएको महसुस गरेको बताए ।  जिल्लाका बिभिन्न स्थानबाट आएर ८६ जनाले रक्तदान गरी ८६ पिन्ट रगत संकलन गरिएको रक्तदाता समाज रसुवाका सचिव हेमनाथ खतिवडाल...

लाङटाङ घुम्न गएका ४ जना बेपत्ता, खोजी कार्य जारी

Image
रसुवा , गोसाइँकुण्ड गाउँपालिका–४ मा रहेको पेदिङ खोल्सामा आएको बाढीले बगाउँदा लाङटाङ भ्रमणमा गएका ४ जना बेपत्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० हेमबहादुर शाहीका अनुसार भक्तपुरबाट आएका १६ जनाको टोली मध्ये ४ जनालाई शनिबार खोल्साले बगाएको हो । घटनास्थल लाङटाङ पदमार्गको घोडातबेला भन्दा तल पर्छ ।  बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिकाका संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ र सँगिता श्रेष्ठ रहेका छन् भने रवि श्रेष्ठ भक्तपुर नगरपालिकाका भएको प्रहरीले जनाएको छ ।  भिषण झरी सहित आएको हिम पहिरोमा परेको हुनसक्ने स्थानीय ग्याल्बो लामाले बताए ।  खोजीका लागि लाङटाङ र स्याफ्रु प्रहरी चौकीबाट टोली खटाइएको तर भेटिने सम्भावना न्युन देखिएको डीएसपी शाहीले जानकारी दिए ।  उनीहरुको खोजी कार्य जारी रहेको छ ।