............................................................
............................................................
वातावरण संरक्षण र बदलिँदो चुनौती
हेमनाथ खतिवडा
नेपाल प्राकृतिक सम्पदाले धनी मानिन्छ तर नेपालको मुख्य सहर काठमाडौँ तथा अन्य सहरदूषित भइरहेका छन्। विदेशी पर्यटक नेपालको हिमाल हेर्ने सपना बुनेर आउँछन् त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा अवतरण गर्नासाथ नाक खुम्च्याउँछन्। काठमाडौं उपत्यका नछाडेसम्म दुर्गन्धले नाक, कान, घाँटी, आँखा र छालाको समस्याले चाहेर पनि दुई दिन बढी राजधानीमा बस्न सक्तैनन्।
चीन सरकारको सहयोगमा बनेको चक्रपथमा कलंकीदेखि ललितपुरहुँदै कोटेश्वरसम्म बाटो फराकिलो गर्ने सिलसिलामा डँढेलो लागेको जंगलको धुवाँको मुस्लो जस्तो वा माघ महिनाको बाक्लो हुस्सु र तुवाँंलोझैँ हिँड्नै नसकिने गरी धुलो उडेको देखिन्छ। अन्यत्र पनि यो समस्या धेरै छ । जसका करण श्वासरप्रस्वासमा पनि समस्या हुन्छ।
अहिले विकास र वातावरण एक–अर्काका विरोधीजस्तै बनेका छन्। त्यसैले वातावरणमैत्री विकास अगाडि बढाउनुपर्ने देखिन्छ । जसले भावी पुस्ता स्वच्छ वातावरणमा जीवन यापन गर्न पाउने वातावरण बनोस् ।वन जङ्गल विनास हुनेगरी सडकलगायत विकास निर्माण गर्दा कतै अर्को प्रकोप त निम्त्याउँदै छैनौँरुयसबारे पनि गम्भीर भएर सोच्न जरुरी छ ।
महत्वपूर्ण संरक्षित क्षेत्र लाङटाङ जस्ता प्रमुख पर्यटकीय केन्द्रलगायत १४ जिल्लामै भत्केका मन्दिर, गुम्बालगायत भौतिक संरचनाहरू पुराना काठसमेत प्रयोग गरेर संरक्षणमैत्री पुनर्निर्माण गर्न जरुरी देखिन्छ। अहिले प्लास्टिकजन्य फोहोरमैला व्यापक देखिन्छ। यसको व्यवस्थापनबारे खासै सोचिएको पाइन्न्। थोरै फोहोर फोहोर व्यवस्थापन गर्न सजिलै हुन्छ, दिनदिन बढ्दै जान्छ अनि समस्याको रूप लिन्।
नेपालको सन्दर्भमा अहिले सरसफाइ तथा वृक्षरोपणका कार्यक्रम त बढिरहेका छन्। तर योमात्र समस्याको समाधान होइन। दीर्घकालीन नीति र योजनाकै खाँचो छ।
भूकम्पले नेपालको २ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षति पुगेको छ। भित्ता चर्किएका अस्पतालका भवनबाट बिरामीलाई उपचार सेवा दिँदा रेडियो विकिरण चुहिने गर्छ। नेपाल राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०का चिकित्सकले त्रिवि शिक्षण अस्पतालमा गरेको अध्ययनले रेडियो विकिरणले मानव स्वास्थ्यमा खतरा पारेको निचोड निकालेका थिए । अस्पतालबाट निस्कने फोहोरको समस्यामाथि थप समस्याका रूपमा अहिले विकिरण थपिएको स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रामचन्द्र खनालले जानकारी दिएका छन् ।
चिकित्सकहरूले रेडियो विकिरणका कारण शरीरका कोषिकाहरू नष्ट हुने, रक्त क्यान्सर र अन्य अङ्गमा प्रभाव बढ्दै गएपछि थाइराइड, फोक्सो र मुटुको क्यान्सरको खतरा हुने बताएका छन्। पुनर्निर्माणमा राज्यले सोच्नुपर्ने कुरापनि धेरै छन् । कसरी प्रकृतिको संरक्षणमैत्री पुनर्निर्माण गर्ने, भूमिहीन सुकुमबासी किसानका समस्या र आर्थिक पुनर्निर्माणको पाटो महŒवपूर्ण कुरा हो।
वातावरणले जीवनका लागि आवश्यक स्रोतहरू उपलब्ध गराउने हुनाले वातावरण सम्पूर्ण प्राणीको घर हो। प्राकृतिक स्रोत साधनको अत्यधिक प्रयोगले आज मानवलाई नै संकटमा पार्न खोजिरहेको छ । ओजन तहको विनासका कारण सूर्यबाट अत्यधिकरूपमा आउने परावैजनी किरण पृथ्वीमा आउने र पृथ्वीबाट माथि फर्केर जाने वातावरण नभएकै कारण पृथ्वीमा विश्वव्यावी उष्णता, जलवायु परिवर्तन, मरुभूमीकरण जस्ता समस्या अत्यधिक मात्रामा देखापरेका छन् ।
विकासका नाममा वातावरणलाई असरपार्ने काम पनि अत्यधिक भइरहेका छन् । जस्तै– वायु, जल, ध्वनि प्रदूषण कलकारखाना, गाडीले अत्यधिक गरिरहेका छन् भने विभिन्न कारखाना अव्यवस्थित तरिकाले सञ्चालन गर्दा जलप्रदूषण बढ्न गएको छ ।
कलकारखानाकै कारण ध्वनि प्रदूषण पनि भएको छ । जसका कारण मानसिक रोग र क्यान्सर जस्ता डरलाग्दा रोग पनि बढिरहेका विज्ञ बताउँछन् ।प्रदूषणको मात्रा हेरेर त्यसको दोब्बर वातावरण संरक्षणको काम गर्न लगाउने हो भनेमात्र वातावरण संरक्षणमा केही सहयोग पुग्ने देखिन्छ।
अहिले जलवायु परिवर्तनका अजेन्डा विश्वव्यापीरूपमा उठेको छ। उत्तिकै चासो र चिन्ताको विषय पनि बन्न पुगेको छ । विश्वमा दिनानुदिन औद्योगिक क्रान्ति भइरहेको छ। विकासले भने फड्को मार्दै गइरहेको छ। एकातिर भौतिक विकास गर्न प्रतिस्पर्धा छ भने अर्कोतिर वातावरणीय पक्ष बिग्रँदैछ । वातावरण संरक्षणका नाममा विकास रोक्नुपर्छ भन्ने होइन, विकासको नाममा वातावरणीय विनाश भएकोतर्फ ध्यान दिनैपर्छ । यही ध्यान जान नसक्दा आज वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जन बढेर पृथ्वीमा जलवायु परिवर्तनको असर देखिँदै गएको छ। भविष्य बिर्सेर हामीले आजका लागिमात्रै सोचेका छौं।
यसकारण विश्वका वातावरणविद्हरू वातावरण जोगाउन लागिपरेका छन् । यसै सन्दर्भमा नेपालमा पनि वातावरण संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनका कार्यक्रमले प्राथमिकता पाउँदै गइरहेको छ । विकसित राष्ट्रहरूले औद्योगिक क्रान्ति त गरे तर त्यहाँबाट निष्काशित धुवाँ–धुलोका कारण वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जनको मात्रा बढ्यो । यसले गर्दा पृथ्वीमा जलवायु परिवर्तन हुन थाल्यो। नेपालजस्ता मुलुकले जलवायु परिवर्तन गराउनमा निकै कम भूमिका खेलेको देखिन्छ तर जलवायु परिवर्तनको असर भने खेप्न बाध्य भइरहेका छौँ।
जलवायु परिवर्तनको विषयलाई पनि गम्भीररूपमा लिनुपर्छ । जलवायु परिवर्तनका कारण हुने प्राकृतिक प्रकोपका कारण धनजनको क्षति बेहोर्दै आइरहेका छौँ । कालान्तरमा अझै बढ्न सक्छ । यसकारण जलवायु परिवर्तनले निम्त्याएका समस्यासँग जुध्न सक्ने क्षमता अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिने योजना ल्याउनु आवश्यक छ । कसरी क्षति कम गर्ने भनेर पूर्वतयारी पनि गर्नु आवश्यक छ।
जलवायु परिवर्तन र दिगो विकासको लक्ष्यबीच निकै नै अन्तरसम्बन्ध छ । जलवायु परिवर्तनका मुद्दालाई छाडेर दिगो विकासको लक्ष्य पूरा हुन सक्दैन । दिगो विकासका हरेक लक्ष्य जलवायु परिवर्तनसँग सम्बन्धित छ । यसले हरेक मुद्दालाई छुन्छ पनि । जब जलवायु परिवर्तन हुन्छ, कृषिमा ह्रास, ऊर्वर भूमिको विनाश, भौतिक पूर्वाधार विनाश हुने र आर्थिक समृद्धिमा बाधा पुग्छ । मानवको स्वास्थ्यमा प्रतिकूल असर पुग्छ । त्यसैले जलवायु परिवर्तनको अजेन्डालाई प्राथमिकता दिन नसके दिगो विकासका लक्ष्य पूरा गर्न सकिँदैन।
जलवायु उत्थानशील क्षमता अभिबृद्दिका लागि आवश्यकता पहिचान कार्यशाला
रसुवा, राष्ट्रिय प्रकृति संरक्षण काेषकाे आयोजनामा जलवायु उत्थानशील क्षमता अभिबृद्दिका लागि आवश्यकता पहिचान कार्यशाखा धुन्चेमा सम्पन्न भयाे ।
डिभिजनल वन अधिकृत प्रेमा थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथी लाङटाङ राष्ट्रिय निकुञ्जका बरिष्ठ प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले वन तथा वातावरण संरक्षण तथा निगरानी पनि समुदायले गर्नु पर्ने बताए ।
कतै बदमासी भएकाे सूचना भए समयमा गाेप्य रूपमा दिन पनि अनुराेध गरे । राष्ट्रिय प्रकृति संरक्षण काेषका लक्षमण कुँवर, डा अनिता श्रेष्ठ, सुनिल सापकाेटा लगायतले सहजिकरण गर्रका थिए ।
स्थानीय तह, सामुदायिक वनका उपभाेक्ता समुहहरू तथा फेकाेफाेनबाट सहभागीहरूले समुदायमा रहेका समस्या समाधानका लागि सामुदायिक वन तथा मध्यवर्ती सामुदायिक वनमा आवश्यकता पहिचान गरी याेजना तयार गरेका थिए ।
लेखा ब्यवस्थापन तथा सिप विकास तालिम सम्पन्न
रसुवा, लाङटाङ राष्ट्रिय निकुञ्जकाे आयोजनामा लेखा ब्यवस्थापन तथा सिप विकास तालिम सम्पन्न भयो ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा उपभोक्त समितिका पदाधिकारीहरूलाइ लेखा ब्यवस्थापन बारे सचेत गराउने उद्देश्यले आयोजना गरिएकाे रेन्जर शुलक्षा श्रेष्ठले बताइन् ।
लाङटाङ राष्ट्रिय निकुञ्जका बरिष्ठ प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले प्रकृतिकाे संरक्षणमा उपभाेक्ताहरूले ध्यान दिनुपर्ने बताए ।
लाङटाङ राष्ट्रिय निकुञ्जका रेन्जर शुलक्षा श्रेष्ठले लेखा ब्यवस्थापन तथा सिप विकास सहजिकरण गरेका थिए । कार्यक्रममा श्रीनाथ गणका मेजर यादवराज पाैडेल, मध्यवर्ती उपभाेक्ता समितिका पदाधिकारीहरू तथा सामुदाियक वन उपभाेक्ता समुहका सहभागी थिए ।
मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको कोष, बैंक खाता सम्वन्धी जानकारी, आय व्ययको विवरण सम्बन्धी, समूहलेको लेखा राख्ने प्रणाली, वार्षिक कार्यक्रम र बजेटको तयारी, धरौटी सम्बन्धी व्यवस्था, वन पैदावार र अन्य माल सामानको बिक्री, उपभोक्ता समूहको सम्पत्तीको जिम्मा त्यसको लगत, संरक्षण र बरबुझारथ, सार्वजनिक सुनुवाई तथा सार्वजनिक लेखापरीक्षण र वार्षिक प्रतिवेदन बारे सहजिकरण गरिएकाे थियाे ।
सहभागीहरूले मध्यवर्ती क्षेत्र ब्यवस्थापनका समयमा कार्यक्रम समुदाय तहमा लैजानु पर्ने बताए ।
करेन्ट लागेर युवककाे मृत्यू
रसुवा, धादिङ जिल्ला सिद्घलेक गाँउपालिका -५ का २२ बर्षिय युवक टेकबहादुर घलेकाे गुम्बुचेत नजिक मैलुङ स्याफ्रुबेसी सडकमा करेन्ट लागेर मृत्यू भएकाे छ ।
ठाडे खोलामा स्काभेटरमा तेल हाल्ने क्रममा करेन्ट लागेर घलेको मृत्यु भएको हो । स्काभेटरका सह चालक रहेका घले आज बिहान स्काभेटरमा तेल हाल्न लाग्दा स्काभेटरको बकेट त्रिशुली जलबिधुत आयोजनाको बिद्युत प्रसारण लाईनमा छुँदा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
वेहोस अबस्थामा रहेका उनलाई प्रहरीको सहायताबाट उपचारका लागि त्रिशूली अस्पताल लगिएकोमा अस्पतालले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक केशब भट्टराईले बताए ।
विपद् व्यवस्थापन तथा पूर्वतयारी बारे छलफल
रसुवा, जिल्ला समन्वय समिति रसुवा मनसुन भित्रिनु भन्दा पहिले नै विपद्बाट नागरिक बचाउने र राहत उद्धारको कामलाई चुस्त बनाउने तयारीमा जुटेको छ ।
जिल्लाको पाँचवटै गाँउपालिकामा विपद् व्यवस्थापन तथा पूर्वतयारीमा जिल्ला समन्वय समिति सक्रिय देखिएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी तथा प्रतिनिधि सभा सदस्य मोहन आचार्यले जिल्लाको विकास तथा विपद् व्यवस्थापनका लागि रसुवाको कुनै पनि कार्यालयमा राजनीतिक दलको दबाब नरहेकोले इमान्दर भएर काम गर्न सवै कर्मचारीलाई अनुराेध गरे ।
कार्यक्रममा रसुवाको धेरै स्थान तथा वनजंगलमा आगलागी भए पनि आगलागी पश्चात कुनै निकायले आगलागी बारे गम्भीर नभएको र समस्यको समाधान र कारर्वाहीका लागि ध्यान नदिएको, सडक निर्माण तथा अन्य भौतिक विकास निर्माणका क्रममा रुख काटे पनि अर्को रुख रोप्ने विषयमा ध्यान दिनपर्ने बताइएकाे थियाे ।
जलविद्युत निर्माण आयोजनाहरुले सुरुङबाट निस्केको माकिङ खोलामै फ्याकिएको र त्यसबाट हुन सक्ने पछि हुन सकिने जोखिममा ध्यान नदिएको विषयमा छलफल गरिएको थियो ।
मनसुन र त्यसले गर्न सक्ने क्षतिलाई मध्यनजर गर्दै विपद् पूर्वतयारीलाई मजबुद बनाउन जिल्ला बिपत ब्यबस्थापन समिति, सबैगाँउपालिका,सुरक्षा निकाय जिल्लाका सबैकार्यालयहरु संघ सस्थ जलबिद्युत आयोजनाहरुले विपद् पुर्ब तयारीमा एक जुट भै आ(आफ्नोक्षेत्र बाट सहयोग गर्ने बताएका छन ।
रसुवामा अभिभावक संघ गठन
रसुवा, नेपाल राष्ट्रिय अभिभावक संघ जिल्ला तदर्थ समिति रसुवा गठन भएकाे छ ।
कालिकास्थानमा भएकाे भेलाबाट गठन भएकाे समितिकाे अध्यक्षमा हरिप्रसाद ढकाल, उपाध्यक्ष विष्णुप्रसाद न्याैपाने, सचिव मानसिंङ बुलुन, काेषाध्यक्ष गीता न्याैपाने, सदस्यहरूमा चित्रप्रसाद देवकाेटा, किप्पछिरिङ तामाङ, निमादर्के तामाङ, तारा कार्की र माेहनप्रसाद नेपाल रहेका छन् ।
समितिले पहिलाे जिल्ला अधिबेशन यसै महिना भित्रमा सम्पन्न गर्ने निर्णय भएकाे नेपाल राष्ट्रिय अभिभावक संघका बागमती प्रदेश उपाध्यक्ष झंकनाथ न्याैपानेले बताए ।
फलफुलकाे जुस उत्पादन सिप तथा प्रबिधि हस्तान्तरण
रसुवा, स्थानीय स्रोतको सदुपयोग गरी गाउँमा आयआर्जन गराउने उद्देश्यले उत्तरगया गाउँपालिका-२ मा फलफुलको जुस तथा जाम उत्पादनका लागि सिप तथा प्रबिधि हस्तान्तरण तालिम सम्पन्न भयो ।
उत्तगया गाउँपालिका शिक्षा विकास तथा खेलकुद शाखाको सहयोगमा डाँडागाउँ सामुदायिक सिकाइ केन्द्रको आयोजनामा भएको स्थानीय फलफुल तथा जडिबुटीबाट जुस र जाम उत्पादन तथा प्रबिधि हस्तान्तरण कार्यक्रम शुक्रबार समापन भयो । तालिममा प्रशिक्षक बाबुराम नेवारले सहजिकरण गरेका थिए ।
स्थानीय अभिभावक तथा विद्यार्थी गरी तालिममा २३ सहभागीलाइ प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष चमेली गुरूङले प्रमाणपत्र प्रदान गरे ।
गाउँपालिकाकाे सहयाेगमा विद्यार्थीलाइ पढ्दै कमाउदै गर्नका लागि साे तालिम सञ्चालन गरिएकाे वडा अध्यक्ष टुकुप्रसाद सुवेदीले बताए । आफ्नै करेसा बरLमा उत्पादन हुने फलफुल तथा लालीगुराँस, चुत्रो जस्तो बनस्पतीबाटजुस उत्पादन गर्ने सीप र प्राबिधी विद्यालय र समुदायमा भएकाे उनले बताए ।
स्वास्थ्य आमा समूहलाई मौरीघार बितरण
स्वास्थ्य आमा समुहको छलफलमा भएको माग अनुसार स्वास्थ्य संस्थामार्फत हाकु स्वास्थ्यचौकीमा १४, थाम्बुचेत स्वास्थ्यचौकी २१, गोल्जुङ स्वास्थ्यचौकी ११ र गतलाङ स्वास्थ्यचौकीमा २० वटा गरी ६६ वटा मौरी समेतको घार वितरण गरिएको आमाछोदिङमो गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निमानुर्पू तामाङले बताए ।
आमाछोदिङमोका महिलालाइ कुक तालीममा
रसुवा, सीप सिकेर आत्मनिर्भर बन्नका लागि आमाछोदिङमो गाउँपालिका–५ का महिलाहहरू कुक तालीममा लागेका छन् ।
गाउँमै प्रशिक्षक आएर तालीम दिने भएपछि कुक तालिममा सहभागी भएकी एक सहभागी प्रमिला तामाङले भनिन् धेरै प्रकारका सुप, मम, चाउमेन, बर्गर, तरकारीका परिकार तथा बिभिन्न देशका परिकारको खाना बनाउन सक्ने आँट बढेको छ । बागमती प्रदेश युवा परिषदले दिएको तालीमबाट धेरैले रुचिका साथ सिकेको प्रशिक्षक सुजन श्रेष्ठले बताए ।
पर्यटकीय क्षेत्र आमाछोदिङमो गाउँपालिका -५ को थाम्बुचेत बजारमा धेरै होटल खुलेका छन् । पर्यटकीय स्थल भएकाेले सीप सिकेर खेर नजाने तामाङले बताइन् । जेठ १३ गतेदेखि सुरु भएको तालीम १ महिना चल्ने र सहभागीहरूले ध्यान दिएर सिकेको ब्यवस्थापक सुजिता तामाङले बताइन् ।
स्केटिङ्ग तथा स्केट संघमा : इञ्जिनियर प्रकाश श्रेष्ठ
रसुवा, नेपाल स्केटिङ्ग तथा स्केट बोर्डिङ संघ, बाग्मती प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनमा प्रदेश खेलकुद विकास परिषद, बाग्मती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्य र सदस्य धन कुमार मैनालीको आतिथ्य रहेको थियो। संघका केन्द्रीय अध्यक्ष अच्युत खनाल, सचिव दिनेश बजगाईंलगायतकाे उपस्थिती रहेको थियो।
अधिवेशनले रसुवाका इञ्जिनियर प्रकाश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको छ। इञ्जिनियर प्रकाश श्रेष्ठ अब बाग्मती प्रदेश स्केटिङ्ग तथा स्केट बोर्डिङ संघका अध्यक्षको रूपमा कार्यभार सम्हाल्नेछन्। समितिमा वरिष्ठ उपाध्यक्ष समन घिमिरे, उपाध्यक्षहरू सुमन कट्टेल, सन्तोष सापकोटा, र विकास लामा रहेका छन्। महासचिवमा साजन देउजा, सचिवमा बिमल कार्की, सह-सचिवमा माइकल प्रजा, र कोषाध्यक्षमा अनिश बानियाँ चयन भएका छन्।
सदस्यहरूमा राम दाहाल, सफल तामाङ, शंकर तिवारी, आरती लामा, बिपिन कुइकेल, रमेश कुमार कार्की, बिनोद महर्जन, रिमा रसाइली, बिभुशा बजगाईं, र सन्जिब भट्टराई रहेका छन्।
केन्द्रीय सचिव दिनेश बजगाईंका अनुसार, समिति अब प्रादेशिक संरचनामा विस्तार भइसकेको छ र प्रत्येक जिल्लामा यसको विस्तार गर्ने योजना सहित खेल मैदान निर्माणमा जुट्नेछ। स्केटिङ्ग तथा स्केट बोर्डिङ साहसिक खेल भएकोले अन्तर्राष्ट्रिय जगतलाई समेत केन्द्रित गर्न सकिने र नेपालले यसमा अग्रसरता लिनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।
नेपालमा यो खेल नयाँ भएकाले केही चुनौतीहरू भए तापनि यसको आकर्षण र फाइदाका कारण यसको सम्भाव्यता र विकासमा लाग्नुपर्नेमा विशेष जोड् दिइएको थियो।
सचिव बजगाईंले हालसम्म ५ वटा प्रदेश र ४४ वटा जिल्लामा प्रादेशिक संरचना निर्माण भइसकेको जानकारी गराए। उनले आगामी दिनमा हरेक जिल्लामा स्केटिङ्ग र स्केट बोर्डिङका लागि खेल मैदानहरूको निर्माण गर्ने योजना रहेको बताए। यस अधिवेशनले स्केटिङ्ग र स्केट बोर्डिङ खेलको विकास र प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
अध्यक्ष श्रेष्ठले गोसाइकुण्ड क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय आइस स्केटिङ प्रतियोगिता आयोजना गर्ने आफ्नो रुचि र योजना रहेको बताए। उनका अनुसार, गोसाइकुण्डको प्राकृतिक सुन्दरता र चिसो वातावरणले यस्तो प्रतियोगिता आयोजना गर्न उपयुक्त स्थान प्रदान गर्दछ, जसले पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्याउनेछ।
सार्वजनिक सुनुवाइमा महिलाका लागि सीप विकास, स्वास्थ्य र सामुदायिक भवन माग
रसुवा, महिलाका लागि आय मुलक ,सीप विकास, स्वास्थ्य र सामुदायिक भवन बारे महिलाहरूले आवाज उठाएका छन् ।
उत्तरगया–५ कैदलेटारमा भएकाे सार्वजनिक सुनुवाइमा सहभागी महिलाहरूले साे कुरा उठाएका हुन् ।
उत्तरगया–५ की इश्वरी थापाले संस्थाहरूले तालिम गोष्ठीमा मात्र ध्यान नदिइ महिलाको सीप विकास तथा उपलब्धि मुलक काममा ध्यान दिनुपर्ने बताइन् ।
स्थानीय चन्द्रमाया थापामगरले स्थानीय अस्पताल निर्माण चाँढैहुनुपर्ने बताउँदै गाउँमा हिंसात्मक घटना न्युन गर्न मदिराकाे प्रयोग कम गर्नुपर्ने बताइन् ।
अहिले धेरैले बोल्न सक्ने भए तर सवैजना बोल्न सक्ने गरी तालीम दिनुपर्ने स्थानीय रामकुमारी ढकालले बताइन् ।
सहभागीहरुले स्थानीय सरकारले दुःध संकलन थालनी गर्न ढिलाइ गरेको , स्थानीय अस्पताल निर्माणमा ढिलाइ भएको गाउँले बैठक तथा भेलाका लागि आवश्यक सामुदायिक भवन निर्माण हुनुपर्ने जस्ता विषय उठान गरेका थिए ।
सामाजिक सुरक्षा जालोको महिलावादी आन्दाेलन सुदृढिकरण अन्तर्गत टेवा नेपाल र स्वयकसकाे आयोजनामा भएको सार्वजनिक सुनुवाइमा बेत्रावती प्रहरी चाैकीका प्रहरी हवल्दार यमबहादुर गुरुङले सामान्य भै–झगडा बाहेक प्रहरीमा उजुरी नपरेको बताए । अतिथी उत्तरगया–५ का वडा अध्यक्ष यमनाथ आचार्यले महिलाका लागि आत्मनिर्भर बानाउने आयमुलक तथा सीप तथा क्षमत विकासका कार्यक्रम भइरहेकाे तथा थप कार्यक्रम बनाउन आवश्यक रहेको बताए ।
प्रमुख अतिथी उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले उत्तरगया धाम धार्मिक क्षेत्र सरसफाइ गरेर तथा सुन्दर बनाउनुपर्ने बताइन् । उनले पालिकाले लैसस नीति पास भएको र पशु तथा कृषिमा महिलाका लागि फोकस कार्यक्रम रहेकोले १ हजार ७ सय महिला समुहमा आवद्ध भएर क्रमश सवैले लाभ पाउने बताइन् ।
उनले संबिधानले व्यवस्था गरेको कारण आफु उपाध्यक्ष भएको बताउदै सीप तथा नेतृत्व विकासमा जोड्दिनुपर्ने बताइन् । जग्गा अभावने पालिका भवन अस्पताल तथा सामुदायिक भवन निर्माण हुन नसकेको बताउँदै उनले आगामी बजेटमा महिलाको शसक्तिकरणमा जोड्दिने बताइन् ।
महिलाका लागि सीप विकास तथा शसक्तिकरणका कार्यक्रम रहेकाे तथा सहज स्वास्थ्य उपचार सवाका लागि टेलिमेडिसिन सेवा सञ्चारलन गरिएकाे तथा छिट्टै फिजियाे थेरापी सेन्टर सुरूहुने पनि उहाँले बताउनुभयाे ।
कार्यक्रममा स्यएकस रसुवाका गायत्री रिमाल, टेवा नेपालकी निर्मला पुर्काेटी र कविता भण्डारीलगायत पत्रकार र स्थानीयकाे सहभागी थिए ।
दृष्टिविहीन सावित्रीकाे अब्बल क्षमता
रसुवा, समाजमा बिभिन्न प्रतिभाहरू हुन्छन् । यस्तै एक भिन्न क्षमता भएकी शिक्षिका हुन् सावित्री पौडेल । दृष्टिविहीन मान्छेले के सक्छ र ? भन्ने सोचलाइ चुनौती दिएकी छिन् ।
धादिङ जिल्लाकाे थाक्रे -१० मा जन्मेकी सावित्रीले ०७४ सालमा रसुवाकाे सेती भूमे विद्यालय राम्चेमा राहत दरबन्दीमा पढाउन थालेकी उनले ०८० चैत २५ गतेसम्म त्यहाँ पढाइन् ।
उनले शिक्षा सेवा आयोगमा परीक्षामा ०८० असोज १३ गते परीक्षा दिएकी थिइन् । परीक्षामा ‘एक नम्बरमा नाम निस्कयो, अब छानेको विद्यालयमा पढाउने हो,’ जहाँ रोज्यो त्यहीं पाउनुहुन्छ ।’ उनले कालिका हिमालय माध्यमिक विद्यालय रोजिन् । तर कोटा नभएको भन्दै रोजेको ठाउँ पाइनन् ।
शिक्षा विकास तथा समन्वय इकाईले कालिका गाउँपालिका पठायो । कालिका गाउँपालिकाले पहिलेकै विद्यालयमा पढाउन भन्यो । वडाध्यक्ष, अभिभावक, विद्यार्थीले रुचाएका छन् भन्दै कालिका गाउँपालिकाले आफ्नो मान्छे राख्ने गरी उतै बस्न भनेको उनको आरोप छ । ‘आफ्ना–आफ्ना मान्छे राख्न कोटा राखिन्छ, म उनीहरूको मान्छे परिनँ ।
कालिका हिमालय मावि र नीलकण्ठ मावि जिवजिवे राेजाइमा परेकाे थियाे । म अपांगलाई वडा २ र ५ ले राख्न नमानेको कुरा सुनें,’ उनी भन्छिन्, ‘गाउँपालिकाले राम्चेमै बस्न भनेपछि म शिक्षा मन्त्रालय धाएँ, शिक्षा मन्त्री सुमना श्रेष्ठले तपाईंको पक्षमा कार्यविधि बन्छ । भोलि फेरि तपाईंको जागिर माथि प्रश्न चिह्न आउन सक्छ, त्यसैले यस्तो नगर्नू, गएर नियुक्ति बुझेर काम गर्नू भनेपछि फर्किएँ ।’
अहिले कालिका गाउँपालिका -३ काे मनकामना प्राविमा पढाउदै छिन् । अब्बल क्षमता प्रस्तुत गरेकी सावित्रीलाइ स्थानीय सरकारले गरेकाे व्यबहार चित्त बुझेकाे छैन । उनले यस्ताे असमान ब्यबहारकाे बिरूद्ध लड्ने बताउछिन् ।
उनलाइ न्याय नभएकाे विषयमा बिभिन्न संचार माध्यममा खबर पाए पछि रसुवामा अहिले याे विषयकाे निकै चर्चा चलेकाे छ । समाजमा अपाङ्गता भएका मानिसलाइ सरकार किन यस्ताे ब्यवहार गरिरहेकाे छ ? स्थानीयले अचम्म मानेका छन् ।
सूचना प्रविधिको विकासमा नकारात्मक असर रोक्न सामर्थ्य राख्नुपर्छ : पत्रकार नेपाल
रसुवा, प्रविधिले समाजमा ब्यापक परिवर्तन ल्याएको तर त्यसको भरपुर उपयोग गर्न सक्नुपर्ने पत्रकार किशोर नेपालले बताए । सूचना प्रविधिको विकासका लागि स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
नेपालमा सूचना प्रविधिको नकारात्मक असर रोक्न सरकारले सामर्थ्य राख्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ रसुवाको आयोजनामा भएको छलफलमा उनले सामाजिक संजालले कसै बिरुद्ध आलोचना मात्र गर्ने वा प्रोत्साहन गर्ने खालको सूचना दिने काम भएको तर पत्रकारले व्यवसायीकता निर्वाह गर्नुपर्ने बताए ।
महासंघका पूर्व सभापति समेत रहेका नेपालले पत्रकार महासंघ यो संरचनाबाट नचल्ने बताए ।
व्यवसायिक पत्रकारिता संजालका अध्यक्ष रुची श्रेष्ठले प्रबिधिको विकासको समस्या बुझ्न जरुरी रहेको बताए । लोकतन्त्रमा सूचनामा ठूलो शक्ति भएकोले राज्य व्यवस्थाले कन्ट्रोल गर्नुपर्ने बताइन् । उनले सामाजिक सञ्जालले निम्त्याएको समस्या समाधानमा मुख्य भूमिका पत्रकारकाे हुने बताइन् ।
कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले सामाजिक संजालमा आउने फेक सूचनाले कन्फ्युज हुने गरेको तर नयाँ टेक्नोलोजीको प्रयोग गरेर आय आर्जन गर्न सकिने बताए ।
नयाँ प्रविधिले सामाजिक संजालमार्फत उपचार खर्च जुटेर मानिसको ज्यान बचान सहज भएको समेत सरकोरवालाहरूले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रसुवाका पुर्व अध्यक्षहरू तथा जनप्रतिनिधिहरू समेत सहभागी थिए ।
नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेश ताेकिएकाे समयमा गर्न माग
रसुवा, नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनबाट तोकिएको मिति जेठ २६ गते सम्पन्न गर्न पत्रकारका ६ वटा संगठनले संयुक्त रूपमा माग गरेका छन् ।
महासंघकाे केन्द्र, प्रदेश, शाखा, प्रतिष्ठान र एशोशियटको निर्वाचन सम्पन्न गर्न तत्काल आवश्यक वातावरण बनाउन विज्ञप्ति मार्फत माग गरिएको छ । नेपाल पत्रकार महासंघका अद्यावधिक सदस्यहरूको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न र उक्त नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गरी निर्वाचन समितिबाट प्रक्रिया बमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण मिलाउन पनि माग गरेका हुन् ।
रसुवा, नुवाकाेटलगायत धेरै जिल्लामा शुद्धिकरणका नाममा क्रियाशील पत्रकारकाे नाम हटाउने कार्य भएकाे भन्दै कार्यालयमा ताला बन्द समेत भएकाे सूचना छ ।
महासंघको २७ औँ महाधिवेशनबाट जेठ २६ गते निर्वाचनको मिति तोकिएकोले सोही मितिमा निर्वाचन गर्न ती सङ्गठनहरूले माग गरेका हुन् । निर्वाचनको मिति नजिकिँदै जाँदा सदस्यता र नामावलीको विवाद देखाएर चुनाव नगर्ने षडयन्त्र भइरहेको ती संगठनकहरुको साझा निष्कर्ष छ ।
तत्काल सदस्यता टुङ्ग्याइ मतदाताको टुङ्गो लगाएर सार्वजनिक गर्न उहाँहरूले माग गर्नुभएको छ । ‘निर्वाचन प्रयोजनका लागि बैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकोमा हालसम्म पनि निर्वाचन समितिलाई आधिकारिक सूची उपलब्ध नगराइएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, ६ वटा संगठनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
२४औँ विश्व दूध दिवस मनाइयाे
रसुवा, कालिकास्थानमा पनि २४औँ विश्व दूध दिवस मनाईएको छ । पशु सेवा कार्यालय रसुवा र नुवाकोटको आयोजना र कालिका गाउँपालिकाको सहआयोजनामा दिवस मनाईएको हो ।
दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरेको पशु सेवा कार्यालयको प्रमुख डा. राम प्रकाश प्रधानले बताए ।
विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न दूध दिवस मनाउन थालेको हो । सन् २००१ को जुन १ तारिखका दिन विश्व दूध दिवस मनाउने गरिएको बताए ।
मान्छेले दूध तथा दुग्धजन्य पदार्थ नियमित रुपमा प्रयोग गर्नुपर्ने भन्दै उनले एक जनाले एक दिनमा २५० मिलिलिटर दुध पिउनुपर्ने बताए । ‘एउटा मान्छेले वर्षमा ९१ लिटर दूध खानुपर्छ’, उनको दावी गरे । आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालिएको हो ।
मानिसले जन्मेदेखि खाएकोले यसको महत्व छ हामीले अवको वार्षिक कार्यक्रममा यसलाई प्रथमिकता दिएर अघि वढ्ने कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले बताए । २४औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी नुवाकोट र रसुवामा मनाइँदैछ ।
लेखापढी कानुन व्यवसायी एसोसिएसनमा पाण्डे
रसुवा, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन रसुवाको धुन्चेमा सम्पन्न चौथो अधिवेशनले तोयानाथ पाण्डे अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनबाट उपाध्यक्षमा सञ्जय तामाङ, सचिवमा सितेम्पा तामाङ, सहसचिवमा राज थोक्रा तामाङ, कोषाध्यक्षमा बुद्ध श्रेष्ठ र सदस्यमा राहुल झा, प्राप्ति तामाङ, गोरमेन तामाङ, दावादोर्जे तामाङ चुनिएका छन् । एसाेसिएसनकाे प्रथम अधिवेशनबाट बलबहादुर नगरकोटी, दोस्रो अधिवेशनबाट ज्ञानेन्द्रनाथ न्यौपाने र तेस्रो अधिवेशनबाट सितेम्पा तामाङ अध्यक्षमा निर्वाचित भएका थिए ।
जिल्ला अदालत रसुवाबाट एक सय ५० जनाभन्दा बढीले लेखापढीकाे काम गर्ने इजाजतपत्र लिए पनि १३ जनाले नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन रसुवामा आबद्ध भई काम गरिरहेका छन् ।
जिल्ला अधिवेशनमा केन्द्रीय अध्यक्ष सीताराम दाहाल, महासचिव सूर्यबहादुर थापासहित केन्द्रीय सदस्य र जिल्लाका सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधिको उपस्थिति थिए ।
कुकुरको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप लगाइयाे
रसुवा, गोसाईकुण्ड गाउँपालिकामा घर पालुवा तथा छाडा कुकुरको बन्ध्याकरण सहित रेविज विरुद्धको खोप लगाइएको छ ।
जिल्लाका सदरमुकाम समेत रहेको गोसाईकुण्ड गाउँपालिका-६ धुञ्चे, सोले र ठाडेका १ सय २ घर पालुवा तथा छाडा कुकुरको बन्ध्याकरण गरिएको हो ।
नेपाल एनिमल वेलफेयर एण्ड रिसर्ज सेन्टरको प्राविधिक सहयोगमा गोसाईकुण्ड गाउँपालिका पशु सेवा शाखाको आयोजनामा घरपालुवा तथा छाडा भुस्याहा कुकुरहरू नियन्त्रणका लागि ३ दिने कुकुर बन्ध्याकरण तथा रेविज विरुद्धको खोप शिविर सञ्चालन गरिएको गोसाईकुण्ड गाउँपालिका पशुसेवा शाखा प्रमुख अनोज बास्काेटाले बताए ।
जिल्लाको सदरमुकाम स्थित धुञ्चेमा छाडा कुकुर धेरै देखिएको र राती सडकमा हिड्ने यात्रुहरूलाई समय समयमा टोक्ने जनगुनासो आए पछि अनाधिकृत रुपमा हिडडुल गर्ने भुस्याहा कुकुर तथा घरपालुवा कुकुरहरुको नियन्त्रण तथा व्यवस्थापन गर्न अभियान थालेकाे हाृ ।
कुकुरको टोकाईबाट लाग्ने रबिज रोगबाट नागरिकलाई सुरक्षित राख्ने उद्देश्यले बन्ध्याकरण तथा रेविज विरुद्धको खोप शिविर सञ्चालन गरिएको गोसाईकुण्ड गाउँपालिका पशु सेवा शाखा प्रमुख बास्कोटाले जानकारी दिए ।
नेपाल एनिमल वेलफेयर एण्ड रिसर्ज सेन्टरको प्राविधिक सहयोगमा ५ जनाको पशु विशेषज्ञ टोलीले गोसाईकुण्ड -६ मा छरिएर रहेका १ सय २ वटा छाडा भुस्याहा कुकुर तथा घरपालुवा कुकुरहरुलाई नियन्त्रणमा लिई छाडा कुकुर तथा घरपालुवा कुकुरलाई बन्ध्याकरण गरी रेजिज भ्याक्सिनलगाएको शाखा प्रमुख बास्कोटाले जानकारी दिए ।
१ सय २ वटा छाडा भुस्याहा कुकुर तथा घरपालुवा कुकुरहरूलाई नियन्त्रणमा लिएको मध्ये भाले कुकुर ५४ र पोथी कुकुर ४८ वटालाई बन्ध्याकरण सहित रेबिज भ्याक्सिन लगाइएको हो ।
स्वास्थ्य शिविरबाट ९ सयको उपचार
रसुवा, घरदैलामै स्वास्थ्य सेवा दिने उद्देश्यले नौकुण्ड गाउँपालिकाको ठूलो भोर्लेमा सञ्चालित निःशुल्क स्वास्थ्य शिवरबाट नौ सय २२ जनाले उपचार पाएका छन् । सेवा पाउनेमा भोर्ले, चित्ती,बडरेलगायत आसपास गाउँका बासिन्दा छन् ।
डा.केदारनरसिंह केसीको अगुवाइमा यशोदादेवी–भगवानसिंह मेमोरियल ट्रस्ट काठमाडौंको आयोजना र रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने तथा स्थानीय रुद्रादेवी स्वास्थ्य आमा समूहको सहयोगमा नौकुण्ड– ५ स्थित ठूलोभोर्ले गाउँमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा दुई सयको अल्ट्रासाउन्ड,९२ लाई स्त्रीसम्बन्धी रोग उपचार, एक सय १० जनालाई दाँत एवम् ५० जनालाई प्रसूतिसम्बन्धी उपचारका साथै दुई सय ७१ जनाको सामान्य स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष न्यौपानेले बताए । निःशुल्क प्रदान गरिएको औषधि मध्ये ५० प्रतिशत स्थानीय तह र ५० प्रतिशत डा. केसीले व्यवस्था गरेका थिए ।
उपचारमा आएका अधिकांश सेवाग्राहीमा गानोगोला, दम, अमलपित्त, टाउको दुखाइ, नसा तथा हाडजोर्नीजस्ता विविध समस्या थियो ।
स्थानीय बहादुरसिंह तामाङले कमजोर आर्थिक अवस्थाका कारण टाढा जान नसकेका बासिन्दालाई उपचारमा ठूलो राहत मिलेको बताए । शिविरमा स्वास्थ्य परीक्षण तथा उपचारका लागि डा. केसीको नेतृत्वमा डा. विनोद अर्याल, डा. दीपेश पौडेल, डा. जसपाल यादव, डा. पूजा महतो, डा. सामना कोइराला, डा. अमर श्रेष्ठ र वरिष्ठ दन्त सहायक राजेन्द्र राना मगर संलग्न थिए ।
रसुवागढीकाे सेयर डिम्याट खातामा
रसुवा, हजुरले रसुवागढीकाे सेयरका भर्नु भएको थियाे ? सेयर तपाइकाे डिम्याट खातामा आयो त ? रसुवागढी जलविद्युत कम्पनीकाे स्थानीयलाइ प्रदान गरिएकाे राइट सेयर मेराे सेयरमा आउन थालेकाे छ ।
अब ३ वर्ष लक पिरिएड रहेपनि अब कम्पनीले लाभग्राहीको मेरो सेयर खातामा ट्रान्सफर गरेको छ । ३ दिन अघिदेखि कम्पनीले ट्रान्सफर गरेकाे सेयर मेरो सेयर खातामा छ चेक गर्नुहाेला ।
साे सेयर ०६२ भदौसम्म बिक्री गर्न भने पाइने छैन । तीनवर्ष लकइन समय सकेपछि मात्र बिक्री गर्न पाइने रसुवागढी जलविद्युत कम्पनीले जनाएकाे छ । कम्पनीकाे साधारणसभा असार ११ गते बस्ने छ ।
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीयबासीका लागि छुटयाइएको शेयरको लकइन खुल्ला गरिदिन धितोपत्र बोर्डमा अनुरोध समेत गरेको थियो । सो सम्बन्धमा बोर्डबाट कुनै प्रतिक्रिया नआएकाले कम्पनीले स्थानीयबासीको शेयर सिडिएस एण्ड क्लियरिङ लि. मा दर्ता तथा नेपाल स्टक एक्सचेन्ज लि. मा सूचिकरण गर्ने निर्णय गरेको हो ।
लामो समयसम्म आफुले खरिद गरेको शेयर डिम्याट खातामा नआउँदा जनतामा कौतुहलता बढ्न नदिन समाजमा भ्रमकाे राजनीति भइरहको र डिम्याट खातामा ट्रान्फर गरिदिन कम्पनीलाई अनुरोध समेत हुँदै आएकाले बाँडफाँड भएको मिति २०७९ भदाै २८ देखि ३ वर्ष २०८२भदाै २७ गतेसम्म बेच्न नमिल्ने भएता पनि आफनो लगानीको शेयर आफनो खातामा देख्न पाउँदा ढुक्क महसुस हुने भएकाले कम्पनीले लकइन अवधि समाप्त भए पश्चात स्वतः बिक्री वितरण गर्न मिल्ने गरी नेपाल स्टक एक्सचेन्ज लि.मा सूचिकरण समेत गरिसकेको रसुवागढी जलविद्युत कम्पनीका कम्पनी सचिव नरनाथ न्याैपानेले बताए ।