ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, June 15, 2024

लेखा ब्यवस्थापन तथा सिप विकास तालिम सम्पन्न

लेखा ब्यवस्थापन तथा सिप विकास तालिम सम्पन्न

रसुवा, लाङटाङ राष्ट्रिय निकुञ्जकाे आयोजनामा  लेखा ब्यवस्थापन तथा सिप विकास तालिम सम्पन्न भयो । 

मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा उपभोक्त समितिका पदाधिकारीहरूलाइ लेखा ब्यवस्थापन बारे सचेत गराउने उद्देश्यले आयोजना गरिएकाे रेन्जर शुलक्षा श्रेष्ठले बताइन् । 

लाङटाङ राष्ट्रिय निकुञ्जका बरिष्ठ प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले प्रकृतिकाे संरक्षणमा उपभाेक्ताहरूले ध्यान दिनुपर्ने बताए । 

लाङटाङ राष्ट्रिय निकुञ्जका रेन्जर शुलक्षा श्रेष्ठले लेखा ब्यवस्थापन तथा सिप विकास सहजिकरण गरेका थिए । कार्यक्रममा श्रीनाथ गणका मेजर यादवराज पाैडेल, मध्यवर्ती उपभाेक्ता समितिका पदाधिकारीहरू तथा सामुदाियक वन उपभाेक्ता समुहका सहभागी थिए । 

मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको कोष, बैंक खाता  सम्वन्धी जानकारी, आय व्ययको विवरण सम्बन्धी, समूहलेको लेखा राख्ने प्रणाली, वार्षिक कार्यक्रम र बजेटको तयारी, धरौटी सम्बन्धी व्यवस्था, वन पैदावार र अन्य माल सामानको बिक्री, उपभोक्ता समूहको सम्पत्तीको जिम्मा त्यसको लगत, संरक्षण र बरबुझारथ, सार्वजनिक सुनुवाई तथा सार्वजनिक लेखापरीक्षण र वार्षिक प्रतिवेदन बारे सहजिकरण गरिएकाे थियाे । 

सहभागीहरूले मध्यवर्ती क्षेत्र ब्यवस्थापनका समयमा कार्यक्रम समुदाय तहमा लैजानु पर्ने बताए । 

No comments:

Post a Comment