'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

उत्तरगया गाउँपालिका अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा

रसुवा, उत्तरगया गाउँपालिकालाइ अनिवार्य तथा नि:शुल्क शिक्षा लागू भएको घोषणा भयाे ।

गाउँ शिक्षा समितिको बैठकको सिफारिस तथा मिति २०८२/०२/२३ को कार्यपालिका बैठकको निर्णय अनुसार आज मिति २०८२/०२/२८ गते उत्तरगया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख अशोक कुमार घिमिरेको प्रमुख आतिथ्यमा शिक्षा विकास निर्देशनालय बागमती प्रदेश र उत्तरगया गाउँपालिकाको साझेदारीमा उत्तरगया गाउँपालिकालाइ अनिवार्य तथा नि:शुल्क शिक्षा लागू भएको घोषणा भएको हाे ।

गतवर्ष गाउँापालिका भरकाे टाेल बस्तीमा गरिएकाे सर्बेबाट २५५१ परिवारमा ४ देखि १३ वर्षका ७ जना विद्यालय बाहिर देखिएकाे र उनीअरूलाइ नि:शुल्क पठनपाठान सुरू गराएकाे थियाे । गाउँपालिका अध्यक्षले प्रस्ताव गरेपछि प्रमुख अतिथिले अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा गरेका हुन् ।

शिक्षा शाखा प्रमुख सुनिता खतिवडा, प्रमुख प्रशासकीय अधिकृत हाेमनाथ हादाल, उपाध्यक्ष चमेली गुरूङ, स्थानीय राजनीतितक दलका प्रतिनिधि तथा प्रअहरूले मन्तब्य दएका थिए ।






Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music