'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

पर्यटन प्रवर्दन गर्न लाङटाङ ट्रेल रन २०२५


रसुवा, पर्यटन प्रवर्दन गर्ने उद्देश्यले  नेपालको तेस्रो पर्यटकीय गन्तब्य लाङटाङमा प्रथम लाङटाङ ट्रेल रन २०२५ प्रतियाेगिता  सम्पन्न  भयाे । 

बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीद्वारा  प्रथम लाङटाङ ट्रेल रन २०२५ काे शुभारम्भ भयाे भने धावकहरू क्यान्जिन गुम्बादेखि ३२ किलोमिटर दौडिएर स्याफ्रुबेसी पुगेपछि समापन भएकाे हाे ।

स्याफ्रुबेसीमा भएकाे समापन कार्यक्रम रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्याैपानेको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य राधिका तामाङ, अतिथिहरू इन्द्र गाैतम,  बागमती प्रदेश सभा सदस्य  जिल्ला समन्वय समिति नुवाकाेटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी,  जिल्ला समन्वय समिति रसुवाका प्रमुख आयोजनामा अशाेक कुमार घिमिरे, गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ,कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटा, भूमि समस्या समाधान आयोगका अध्ययक्ष जनकराज उपाध्याय, वडा अध्यक्ष दावा मिङमर तामाङलगायतका अतिथिहरूले खेल तथा बिभिन्र माध्यमबाट पर्यटकीय क्षेत्रकाे विकासमा जाेड्दिन अनुराेध गरे । 

कार्यक्रममा टानका केन्द्रीय सदस्य अम्बिर गुरूङ, नेपाल पर्वताराेहण संघका पुर्व महासचिव कुलबहादुर गुरूङ, नेपाली काँग्रेसमा सभापति पेम्बा तामाङ, पर्यटन व्यवसायी शिब लामिछाने, आमाछोदिङमो गाउँपालिका अध्यक्ष चण्डिका तामाङ, जिल्ला खेलकुद विकास समिति अध्यक्ष बिराज लाेप्चनलगायत अतिथिहरू, पत्रकार, सामाजिक संघ संस्थाका प्रनिनिधिहरू सहभागी थिए । 

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग तथा गोसाइँकुण्ड गाउँपालिकालगायत रसुवा नुवाकाेटका स्थानीय तहसँगको सहकार्यमा र सराेकारवालाकाे सहयाेगमा भएकाे थियाे । 


प्रथम लाङटाङ ट्रेल रन २०२५ मा १०१ जनाले भाग लिएका थिए । तीन हजार ८५० मिटर उचाइमा रहेको क्यान्जिन गुम्बादेखि स्याफ्रुबेसीसम्म उक्त ट्रेल रनको दूरी ३२ किलोमिटर २ घण्टा १४ मी को छ। 

बागमती प्रदेशकै प्रमुख हिमाली पर्यटन गन्तव्य र नेपालको तेस्रो गन्तव्य हो, लाङटाङ। हिमालै हिमालको बीचमा रहेको क्यान्जिन भ्याली अर्थात क्यान्जिन गुम्बाबाट लाङटाङ ट्रेल रन सुरु गरिएको हो। 

समापन कार्यक्रममा प्रथम हुने साेलुखुम्बुका मिलन कुलुङ र महिलातर्फ सुनसरी राेकायलाइ १ लाख रूपैयाँका दरले नगद पुरस्कार तथा मेडल र प्रमाण पत्र प्रदान गरियाे । 


दितीय हुने पाचथरका बिशाल राइ र महिला तर्फ लाक्पा निमा शाेर्पालाइ नगद ७५ हजार रूपैयाँका दरले नगद पुरस्कार तथा मेडल र प्रमाण पत्र प्रदान गरियाे । तृतीय हुने किरण बाेगटी र महिला तर्फका निर्मला राइ र सान्त्वना आङफुर्पा शेर्पा, गाेपाल तामाङ, किदन कुलुङ राइ, प्रिया राइलाइ पनि नगद पुरस्कार तथा मेडल र प्रमाण पत्र प्रदान गरिएकाे थियाे । 

समापनमा रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्याैपानेले रसुवा , नुवाकाेट लगायतका ठाउँमा खुलेर रहेका धेरै ठाउँहरूमा खेल पर्यटनकाे तथा बिभिन्न माध्यमबाट विकास गरी प्रचार गरेर पर्यटन विकास गर्दै विश्वसामु चिनाउनु पर्ने बताए । 




Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music