'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

बृक्षाराेपण दिवस : आगलागी क्षतिग्रस्त वनमा बृक्षाराेपण


रसुवा । “आज रोपौं रुख, भोलि पाउँछौं सुख” भन्ने  नारासहित राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा  आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकाे ज्यार्सा गाेठेन सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भयाे । 

डिभिजन वन कार्यालयले ज्यार्सा गाेठेन सामुदायिक वन उपभाेक्ता समुह, सामुदायिक वन उपभाेक्ता महासंङघ, ग्रामीण विकास संस्थाको सहभागितामा  डढेलोबाट क्षतिग्रस्त ५ सय ४४ हेक्टर वन क्षेत्र मध्ये यस वर्ष २ हेक्टरमा ३ हजार ५ सय सल्लाका बिभिन्न प्रजातिका बिरुवा रोप्न थालिएको हो।

प्रमुख अतिथि जिल्ला समन्वय समितका प्रमुख अशाेक कुमार घिमिरेले बृक्षाराेपण गरी शुभारम्भ गरेपछि सवैले बिरूवा राेपेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार घिमिरेले वन संरक्षणमा सरकारी, संस्थागत र स्थानीय उपभाेक्ता सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । 

कार्यक्रममा डिभिजनल वन अधिकृत शम्भु तामाङले दीर्घकालीन रूपमा वृक्षारोपण सफलताका लागि संरक्षण र स्थानीय सहभागिता अपरिहार्य रहेको बताउँदै उनले भने “रुख रोपेर मात्र पुग्दैन, त्यसको संरक्षणमा सबैले जुट्नुपर्छ।” तामाङले बृक्षाराेपणकाे महत्व तथा संरक्षणका तरिका बारे समेत जानकारी दिएका थिए ।  

आमाछोदिङमो गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङले डढेलोले उजाड बनाएको क्षेत्रलाइ पुनः हरियालीमा फर्काउने गरी सुरू भएकाे अभियानमा गाउँपालिका वन कार्यालयसँग सधैं सहकार्य गर्न तत्पर रहेको बताइन् । उनले भनिन् “कालो गाउँ र उजाड जंगललाइ फेरि हरियालीले ढाक्ने संकल्पमा हामी एकजुट हुनुकाे विकल्प छैन । ”

वृक्षारोपण कार्यक्रममा आमाछोदिङमो -३ का वडा अध्यक्ष सुरेन्द्र तामाङ, ज्यार्सा गोठेन सामुदायिक वन उपभोक्ता समितिका सचिव पासाङ दोर्जे तामाङ, समन्वय समिति सदस्य खुवा प्रसाद पाैडेल, सुरेश अधिकारी, ग्रामीण विकास संस्थाका फिल्ड संयोजक खडानन्द गौतम, सामदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हेमनाथ खतिवडा, वनका कर्मचारी, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो।







Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music