ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, June 15, 2024

करेन्ट लागेर युवककाे मृत्यू



रसुवा,  धादिङ जिल्ला सिद्घलेक गाँउपालिका -५ का २२ बर्षिय युवक टेकबहादुर घलेकाे गुम्बुचेत नजिक मैलुङ स्याफ्रुबेसी सडकमा करेन्ट लागेर मृत्यू भएकाे छ । 

ठाडे खोलामा स्काभेटरमा तेल हाल्ने क्रममा करेन्ट लागेर घलेको मृत्यु भएको हो । स्काभेटरका सह चालक रहेका घले आज बिहान स्काभेटरमा तेल हाल्न लाग्दा स्काभेटरको बकेट त्रिशुली जलबिधुत आयोजनाको बिद्युत प्रसारण लाईनमा छुँदा उनलाई करेन्ट लागेको  जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

वेहोस अबस्थामा रहेका उनलाई प्रहरीको सहायताबाट उपचारका लागि त्रिशूली अस्पताल लगिएकोमा अस्पतालले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक केशब भट्टराईले बताए । 

No comments:

Post a Comment