'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

स्केटिङ्ग तथा स्केट संघमा : इञ्जिनियर प्रकाश श्रेष्ठ

स्केटिङ्ग तथा स्केट संघमा : इञ्जिनियर प्रकाश श्रेष्ठ

रसुवा, नेपाल स्केटिङ्ग तथा स्केट बोर्डिङ संघ, बाग्मती प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनमा प्रदेश खेलकुद विकास परिषद, बाग्मती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्य र सदस्य धन कुमार मैनालीको आतिथ्य रहेको थियो। संघका केन्द्रीय अध्यक्ष अच्युत खनाल, सचिव दिनेश बजगाईंलगायतकाे उपस्थिती रहेको थियो।

अधिवेशनले रसुवाका इञ्जिनियर प्रकाश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको छ। इञ्जिनियर प्रकाश श्रेष्ठ अब बाग्मती प्रदेश स्केटिङ्ग तथा स्केट बोर्डिङ संघका अध्यक्षको रूपमा कार्यभार सम्हाल्नेछन्। समितिमा वरिष्ठ उपाध्यक्ष समन घिमिरे, उपाध्यक्षहरू सुमन कट्टेल, सन्तोष सापकोटा, र विकास लामा रहेका छन्। महासचिवमा साजन देउजा, सचिवमा बिमल कार्की, सह-सचिवमा माइकल प्रजा, र कोषाध्यक्षमा अनिश बानियाँ चयन भएका छन्।

सदस्यहरूमा राम दाहाल, सफल तामाङ, शंकर तिवारी, आरती लामा, बिपिन कुइकेल, रमेश कुमार कार्की, बिनोद महर्जन, रिमा रसाइली, बिभुशा बजगाईं, र सन्जिब भट्टराई रहेका छन्।

केन्द्रीय सचिव दिनेश बजगाईंका अनुसार, समिति अब प्रादेशिक संरचनामा विस्तार भइसकेको छ र प्रत्येक जिल्लामा यसको विस्तार गर्ने योजना सहित खेल मैदान निर्माणमा जुट्नेछ। स्केटिङ्ग तथा स्केट बोर्डिङ साहसिक खेल भएकोले अन्तर्राष्ट्रिय जगतलाई समेत केन्द्रित गर्न सकिने र नेपालले यसमा अग्रसरता लिनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

नेपालमा यो खेल नयाँ भएकाले केही चुनौतीहरू भए तापनि यसको आकर्षण र फाइदाका कारण यसको सम्भाव्यता र विकासमा लाग्नुपर्नेमा विशेष जोड् दिइएको थियो।

सचिव बजगाईंले हालसम्म ५ वटा प्रदेश र ४४ वटा जिल्लामा प्रादेशिक संरचना निर्माण भइसकेको जानकारी गराए। उनले आगामी दिनमा हरेक जिल्लामा स्केटिङ्ग र स्केट बोर्डिङका लागि खेल मैदानहरूको निर्माण गर्ने योजना रहेको बताए। यस अधिवेशनले स्केटिङ्ग र स्केट बोर्डिङ खेलको विकास र प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

अध्यक्ष श्रेष्ठले गोसाइकुण्ड क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय आइस स्केटिङ प्रतियोगिता आयोजना गर्ने आफ्नो रुचि र योजना रहेको बताए। उनका अनुसार, गोसाइकुण्डको प्राकृतिक सुन्दरता र चिसो वातावरणले यस्तो प्रतियोगिता आयोजना गर्न उपयुक्त स्थान प्रदान गर्दछ, जसले पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्याउनेछ।

Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music