ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, August 16, 2023

गुमनाम : रिभरकुण्ड

River Kunda Rasuwa
जिल्लाको तथ्याङ्क वा नक्सा वा गुगल नक्सामा पनि कतै उल्लेख नभएको यो कुण्ड क्षेत्रको उचित प्रचारप्रसारको माद्यमबाट पर्यटकीय विकासमा सहयोग पुग्दछ ।  


    रिभरकुण्डको परिचय

    रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका-३ मा ४३४० मीटर उचाईमा अवस्थित रिभरकुण्ड आवास पूर्वाधार तथा प्रचारप्रसारको अभावले कमै मानिसले यो कुण्डको नाम सुन्ने गरेका छन् ।

    स्याफ्रुबेंशी हुँदै बृद्दिम गाउँबाट यस कुण्डको लागि यात्रा तय गर्न सकिन्छ ।

    हिमाली हावाको चिसो सुस्याहट सुरम्य वातावरण थरी – थरीका फूलको वासनाले मृग उफ्रेका र डाँफे चरी नाँचे देख्दा उकाली बाटोको पट्यार लाग्दो यात्रालाई सहज बनाएकको महसुस हुन्छ यो यात्रामा । साँच्चै प्रकृतिमा थरी थरीका दृष्यहरु रहेका छन् । मनोरम दृष्यले भरपुर रिभरकुण्ड मार्गबाट गणेश हिमाल लाङटाङ तिब्बेत हिमाल लगाएत थुप्रै हिमाली तथा रमणीय खर्कहरु रहेका छन् । यस क्षेत्रमा बिदेशी पर्यटक आउने वातावरण बनाउन सम्बन्धित क्षेत्र र सञ्चारका माध्यमले ध्यान दिन सके उचित विकास हुने देखिन्छ ।

    जिल्लाको तथ्याङ्क वा नक्सा वा गुगल नक्सामा पनि कतै उल्लेख नभएको यो कुण्ड क्षेत्रको उचित प्रचारप्रसारको माद्यमबाट पर्यटकीय विकासमा सहयोग पुग्दछ ।


    रिभरकुण्ड क्षेत्रका आकर्षणहरू

    .......................

    कसरी पुग्ने रिभरकुण्ड

    राजधानीबाटयात्रा रसुवाको उत्तरी स्याफ्रुबेशीसम्म सवारी साधनको प्रयोग गरी बजारबाट पैदल यात्रा सुरू गर्नु पर्छ । एकदिनको बृदिम होम स्टेको बास बसी स्थानीय परिकारका खानपान र गाउँलेको न्यानो स्वागत सत्कार पछि दोस्रो दिन गोदेगाङ पुग्न सकिन्छ (गोदेगाङ भनेको तिब्बेतियन भाषामा गोठै गोठ भएको डाँडा हो) ।

    त्यहाँबाट भोलिपल्ट लिङब्रे खर्क बास बस्न पुगिन्छ । रमणीय खर्कहरु वनस्पति, वन्यजन्तुहरु जस्ता विभिन्न दृष्यहरुले आनद लिदै त्यसपछि अर्कोदिन रिभरकुण्ड पुगेर सो दिन कुण्डमा स्नान गरि फर्कदा पुनः लिङब्रे खर्क वा अलि हिड्न सक्नेले बेरके खर्क बास बस्न पुग्न सकिन्छ । पद यात्रीले एउटै मार्ग भन्दा फरक मार्गबाट फरक दृष्य हेर्न पाईने भएकाले जाँदा फर्कदा नयाँ मार्ग भएर बिभिन्न दृष्यहरु देख्न सकिन्छ ।

    लिङब्रे खर्क वा बेरके खर्कको बास पछि अर्को दिन सजिलै अर्को बासका लागि ठूलो लार्क्याप डाडा पुग्न सकिन्छ । अर्कोदिन ठूलो पाङसाङ खर्क पुगिन्छ । त्यहाँबाट लाङटाङगाउँ निकै तल देखिन्छ । सात दिनको प्याकेजमा रिभरकुण्ड रुटको यात्रा तय सकिन्छ ।

    त्यहाँबाट थुप्रै रमाईला दृष्यहरु देखिन्छ जसले यात्राको थकान मेटाउछ । जस्ता बाटोमा पर्ने विभिन्न स्थानबाट मनोरम हिमाली दृष्य र ठुला खर्कहरु देख्न सकिन्छ । यात्रा अबधिमा नेपाल र चीनका थुप्रै हिमाल र बस्तीका रमाईला दृष्यहरु देख्न सकिन्छ ।

    तपाईलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोला, तपाईबाट सुधारको आशासहित


    यो सामग्री हेमनाथ खतिवडाले तयार गरी पठाउनु भएको हो ।

    No comments:

    Post a Comment