ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, August 28, 2023

ब्राबलमा स्याउ उत्पादन बढ्यो, हुन थाल्यो बजारीकरण

रसुवा, भदौ १२ । रसुवाको ब्राबलमा स्याउ उत्पादन बढ्न थालेको छ । विगतदेखि नै यहाँ स्याउ उत्पादन हुँदै आएपनि थोरै मात्रामा भएको उत्पादनले बजार प्राप्त गरेको थिएन ।

 


उच्च घनत्व प्रविधिमा स्याउ उत्पादन कार्यक्रम लागू भएसँगै उत्पादन बृद्दि भई बजारीकरणसमेत् भईरहेको छ । कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र र स्थानीय ब्राबल कृषक समूहमार्फत् साझेदारी उक्त कार्यक्रम सञ्चालन भएसँगै यहाँका स्थानीय कृषकहरूको आयआर्जन बढ्न थालेको छ ।

 


स्थानीय बजारमा नै बिक्री वितरण भइरहेको उक्त स्याउ खानलाई अति स्वादिष्ट रहेको धुन्चेमा फलफूल तथा तरकारी बिक्रेता रमेशकुमार न्यौपाने बताउँछन्  ।  उनका अनुसार हाल गोसाइँकुण्ड तीर्थ यात्राको समय रहेकोले पनि स्थानीय स्याउ धेरै परिमाणमा बिक्री भईरहेको छ । स्याउको ग्रेडिङ गरी प्रतिकेजी २५० र ३०० मा बिक्री भईरहेको छ । 



No comments:

Post a Comment