'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

भैरव रिसालको लेख 'बेत्रावतीमा घुँडा टेक्दा'

 बेत्रावतीमा घुँडा टेक्दा 

बेत्रावती सन्धिको नालीबेली

नेपाल र भोट/चीन युद्ध अन्त्य गर्न सन्धिका लागि वार्ता भयो । बेत्रावती नदीको किनारमा सन्धि भएको हुँदा बेत्रावती सन्धि भनियो । सन्धिमा ६ दफा छन् । सम्झौता अनुसार तिब्बतको मठबाट नेपाली फौजले लुटेर ल्याएको सम्पत्ति फिर्ता गर्नुपर्‍यो । नेपाल र भोटबीच मतभेद भए समाधानका लागि दुवैले ल्हासास्थित चिनियाँ सम्राटका प्रतिनिधि अम्बा लाई अनुरोध गर्ने दफा पनि राखियो ।

 

भैरव रिसाल 
स्रोत ः हिमाल खबर 

दिकालदेखि हिमालय पार गरेर नेपालतिब्बत आवतजावत गर्ने २४ वटा भञ्ज्याङ रहेछन् । तीमध्ये कुती र केरुङ कम उँचाइमा भएकाले निकै पहिलादेखि आउजाउ गर्न प्रयोग गरियो । गोर्खाका राजा राम शाह र कान्तिपुरका राजा प्रताप मल्लले सत्रौं शताब्दीमा दुइटा युद्ध लडेछन् । फलस्वरूप कुती र केरुङ २५ वर्षसम्म प्रयोग गरेछन्।


नेपाल र तिब्बत (भोट) को सम्बन्धबारे खोजी पस्दा लिच्छवि कालमा राजा नरेन्द्रदेवको पालामा सम्बन्ध प्रगाढ रहेछ । पुरानो जमानामा चीन र भारत ओहोरदोहोर गर्ने बाटो नेपाल नै रहेछ । नेपालको वैदेशिक नीति अन्तर्गत नेपालभोट सम्बन्ध मजबुत रहेछ।


रणबहादुर शाहको शासनकालमा नेपालले सन् १७८८८९ ताका तिब्बतमाथि आक्रमण गरेर ल्हासा समेत कब्जा गर्‍यो। त्यहाँबाट लुटेर विभिन्न बहुमूल्य वस्तु ल्यायो। तिब्बतले नेपाललाई वार्षिक रु. ५० हजार दिनुपर्ने खासा सम्झौता भयो।


नेपालचीन सम्बन्धमा पनि सोझो सम्पर्क रहेछ । नेपालका तर्फबाट सौगात लिएर एक जना दूत चीन गएका रहेछन् । त्यसको चार वर्षपछि चीनका सम्राटले पनि राजा नरेन्द्रदेवलाई सौगात पठाएछन् । भोटमा काठमाडौंको व्यापार निरन्तर गर्न कान्तिपुरका नेवार व्यापारीहरूलाई ल्हासामा बत्तीस कोठी खोल्ने इजाजत दिइएछ । यी व्यापारीको स्वार्थ रक्षार्थ दरबारको प्रतिनिधित्व गर्ने एउटा नायक ल्हासामा रहने व्यवस्था पनि रहेछ।




चीनको ७० हजार फौज

रणबहादुर शाहको शासनकालमा नेपालले सन् १७८८८९ ताका तिब्बतमाथि आक्रमण गरेर ल्हासा समेत कब्जा गर्‍यो। त्यहाँबाट लुटेर विभिन्न बहुमूल्य वस्तु ल्यायो। तिब्बतले नेपाललाई वार्षिक रु. ५० हजार दिनुपर्ने खासा सम्झौता भयो।


तर, त्यो रकम नतिरेपछि नेपालले दुई वर्षपछि फेरि तिब्बतमाथि हमला गर्‍यो । यस पटक भने तिब्बतको मद्दतका लागि चिनियाँ फौज आयो।


सन् १७९१९२ मा नेपालभोटको दोस्रो युद्धमा चार हजार नेपाली फौज सिगात्सेतर्फ पठायो । दामोदर पाण्डे, देवीदत्त थापा र बम शाहको नेतृत्वमा गएको फौजले भोटको कुती जितेर अगाडि बढ्दै टिङ्गरी, शिकारजोङ पनि कब्जा गरेर सिगात्से पुग्यो । सिगात्से कब्जा गरेपछि पहिले गरेको सन्धि उल्लंघन गरेको भनी दामोदर पाण्डेले पचास धार्नी सुनको सिर्तो मागे । भोट पक्षले दिन मानेन । तब नेपाली फौजले टेहसी लेम्पो मठ लुटेर प्रशस्त सुन,चाँदी लगायत सम्पत्ति ल्याए।


त्यस क्रममा भोटमा नेपालको प्रभुत्व बढ्दै र आफ्नो प्रभाव घट्दै गएकोमा चीनको टाउको दुख्न थालेर त्यो युद्धमा हस्तक्षेप गर्न थाल्यो । तब चीनका बादशाहले भोटको मद्दतका लागि जनरल कुक्याङको नेतृत्वमा ७० हजार सैनिक पठाए । यति ठूलो फौजसँग सामना गर्न सम्भव नदेखिएपछि नेपाली फौज युद्ध मोर्चाबाट हट्न लाग्यो।


त्यस वेला भोटको मुद्राको टकमरीको काम नेपालमा नै गरिन्थ्यो । नेपालले खोटा टकमरी गरेपछि भोटमा निकै खलबली भएछ । नेपालले खोटा टक मिलाउने सम्बन्धमा भोटको भनाइ मानेन । चीनले मद्दत गरेकाले नेपाली फौज शिथिल हुँदै गयो । अन्ततः सन् १७९२ को युद्धमा नेपालले घुँडा टेक्यो ।


बेत्रावती सन्धिको नालीबेली

चिनियाँ सेना काठमाडौंभन्दा २६ माइल मात्र टाढा बेत्रावती नदी, नुवाकोटसम्मै आइपुगेको थियो । नेपाल आत्तियो । काठमाडौं आक्रमण गर्न सक्ने भएकाले त्रास सिर्जना भयो । अन्ततः जसरी पनि युद्ध समाप्त पारेर सन्धि गर्ने अवस्थामा पुग्यो । चिनियाँ पक्ष पनि भोटबाट निकै टाढा आइपुगेको, रसदपानीको समस्या आदिका कारण सन्धि गर्नेतर्फ लाग्यो।


नेपाल र भोट/चीन युद्ध अन्त्य गर्न भएको सन्धिको ६ दफामध्ये  चिनियाँ सम्राटले नेपाललाई र नेपालबाट पनि पाँचपाँच वर्षमा उपहार पठाउने पनि तय भयो । दफामा नेपाल र भोटको सिमाना चिनियाँ अधिकारीले निर्धारण गर्ने, नेपालमा तेस्रो देशबाट आक्रमण भए चीनले नेपाललाई सघाउने पनि उल्लेख छन्।


नेपाल र भोट/चीन युद्ध अन्त्य गर्न सन्धिका लागि वार्ता भयो । बेत्रावती नदीको किनारमा सन्धि भएको हुँदा बेत्रावती सन्धि भनियो । सन्धिमा ६ दफा छन् । सम्झौता अनुसार तिब्बतको मठबाट नेपाली फौजले लुटेर ल्याएको सम्पत्ति फिर्ता गर्नुपर्‍यो । नेपाल र भोटबीच मतभेद भए समाधानका लागि दुवैले ल्हासास्थित चिनियाँ सम्राटका प्रतिनिधि
अम्बा लाई अनुरोध गर्ने दफा पनि राखियो ।


चिनियाँ सम्राटले नेपाललाई र नेपालबाट पनि पाँचपाँच वर्षमा उपहार पठाउने पनि तय भयो । दफामा नेपाल र भोटको सिमाना चिनियाँ अधिकारीले निर्धारण गर्ने, नेपालमा तेस्रो देशबाट आक्रमण भए चीनले नेपाललाई सघाउने पनि उल्लेख छन् ।

 

यो सन्धिले नेपाल र भोटबीच करीब ६० वर्षसम्म शान्ति कायम गर्‍यो । ब्रिटिश भारत सरकारले तिब्बतको बजार गुमायो । नेपाल र भोट सम्बन्ध बिग्रँदा भोटमा भएका नेपाली व्यापारीहरूको संख्या दुई हजारबाट घटेर ५०० सम्ममा झरेको थियो।


आइतबार, २१ असार, २०७७, ०८:१७:०० मा हिमाल खबरमा प्रकाशित

Share on Google Plus

About This is Our Rasuwa

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music