'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

एकल बृद्ध बृद्धाले आफूले आफूलाई कसरी हेर्ने ?

 

कृष्णप्रसाद पौडेल

कविता 

शीर्षक : ``बा आमा´´

छन्द : शार्दूलविक्रीडित


 

चिन्ता दूर गराउने कदमको, बाटो मनैमा धरी ।

उम्दा कर्म उँचो मनोबल भए, हेर्लान् उनै श्रीहरि।।

एक्लो जीवन हो भनी हृदयमा, पालेर ज्यादा पिर।

पीडा शोक कडा विरक्तपनले, मासिन्छ सारा भर।।-१

 

आएका सब इष्टमित्र जन ती, आफन्त नौला जन।

सोध्छन् के छ भनी उदात्तपनले,कस्तो छ यो जीवन?

छोरा नाति बधू समस्त जनले, कस्तो क्रिया गर्दछन् ?

भन्दै सोधन गर्दछन् यदि भने, भन्नू दया गर्दछन्।।-२

 

आफ्ना पुत्र बधू सदस्य घरका, सल्लाह माग्छन् भने।

छर्नू दिव्य भलाइका हित कुरा, सन्तान लिन्छन् भने।।

गर्नू बात मिठा मिठा र रसिला, मैत्री सुधा लायक।

बन्छन् पुत्र बधू सदस्य घरका, माता पिता रक्षक।।-३

 

आफ्ना यौवनका क्रिया विगतले, दिन्छन् खुबै सम्झना।

जे गर्छन् शुभ गर्दछन् प्रकृतिले, भन्ने गरौँ कामना।।

आफ्ना सन्ततिका खुसी प्रगतिमा, हाँस्नू मजाले खुबै।

भन्लान् मातृ पिता भला सुजन हुन्, सन्तान हाम्रा सबै।।-४

 

गाली होइन ओखती गलतको, अर्ती दिनू प्रेमले।

बा आमा हितका प्रसिद्ध रथ हुन्,ठान्लान् नि सन्तानले।।

माया कौशल हौसला सजगता , सन्तानमा भर्दिनू।

सिक्छन् संस्कृति उच्चको सरसको,भन्ने मनैमा लिनू।।-५


इच्छा माग चाहना रहरका, सारा गुनासाहरू।

बाधा कष्ट अभावका कठिनका, हुन्छन् झमेला अरू।।

भन्नू कष्ट व्यथा खुलेर घरका, छोरा बुहारीसँग ।

हाँस्ने छन् जन पोख्नु हुन्न कहिल्यैपीडा पराईसँग।।-६


भान्साका परिकार भोजन सबै, आहा ! मीठो भन्दिनू ।

जस्तो बस्त्र दिऊन् धरून् खुस भई, राम्रो छ है भन्दिनू।।

गर्लान् सोधन ती सुता सुमनले, भ्राता बधू छन् कता ?

पाऊन् उत्तर बा र मातृ जनका, सम्मान गर्छन् सदा।।-७


वि.न.पा.-४,बट्टार,नुवाकोट ।

हाल: का.म.न.पा.-१६,बालाजु,काठमाडौं ।

Share on Google Plus

About This is Our Rasuwa

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music