ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Tuesday, August 15, 2023

सहकारी अभिलेखका लागि कालिका गापाद्‍वारा सूचना जारी

कालिका गाउँपालिकाको भूगोल- गुगल नक्सा

कालिकास्थान, साउन ३१ गते । कालिका गाउँपालिकाले गाउँपालिका भित्र रहेका सहकारीहरूको अभिलेखीकरणका लागि सहकारीहरूसँग सूचना माग गरेको छ । 


गाउँपालिकाभित्र कार्यक्षेत्र भई कार्यरत सम्पूर्ण सहकारी संस्थाहरूले असोज मसान्तभित्र साधारण सभा गरी उल्लेखित विवरण अनुसारको सूचना कृषि शाखामा उपलब्ध गराउन गाउँपालिकाले अनुरोध गरेको छ ।


उल्लेखित विवरण :

१)              साधारण सभाको निर्णय तथा उपस्थिति प्रतिलिपी

२)              लेखापरीक्षण प्रतिवेदन प्रतिलिपी

३)              वार्षिक कार्ययोजना

४)              करचुक्ता प्रमाणपत्र प्रतिलिपी

५)              सञ्चालक समितिको विवरण खुल्ने कागजातको प्रतिलिपी

६)              शेयर सदस्य संख्या र शेयर पुँजी खुले कागजातको प्रतिलिपी

७)              संस्था नवीकरण प्रमाणपत्र प्रतिलिपी

No comments:

Post a Comment