यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

केरुङमा अड्किएका नेपाली तातोपानीबाट स्वदेश फिर्ता

Wednesday, July 23, 2025 0 Comments

 

रसुवा, बाढीले केरुङमा अड्किएका नेपाली तातोपानीबाट स्वदेश फर्किएका छ्न् । 

जेठ २४ गते ल्हेन्दे खोलाको बाढीले नेपाल–चीन सिमाना तर्ने रसुवा टिमुरेको मितेरी पुल बगाएपछि चिनियाँ क्षेत्रमा अड्किएका नेपाली तातोपानी नाकाबाट घर फर्किएका छन्।

गत असार २४ गते बिहान ल्हेन्दे खोलाको बाढीले भोटेकोशी नदी थुनिँदा नेपाल–चीन सीमा क्षेत्रको टिमुरे भन्सारमा ठुलो क्षति भएको थियो। त्यसवेला सीमा क्षेत्रमा कन्टेनर चलाउने चालक र व्यापारसँग सम्बन्धित अन्य नेपालीलाई चिनियाँ प्रहरीले उद्धार गरेर केरुङ पुर्‍याएको थियो।

दुई हप्तादेखि केरुङमा अड्किएका २०३ नेपाली नेपाल–चीन सरकारका अधिकारीबिच भएको सहमतिअनुसार तातोपानी नाका भएर फिर्ता भएका हुन्। उनीहरू बाढीपछि चीन सरकारले गरेको व्यवस्थापनमा केरुङमा बसिरहेका थिए। गृह मन्त्रालयको आग्रहमा ल्हासास्थित महावाणिज्य दूतावासले चीन सरकारसँग समन्वय गरेर नेपालीलाई केरुङबाट न्यालम, खासा हुँदै तातोपानी ल्याइएको हो।

चिनियाँ सुरक्षाकर्मी र अध्यागमनले तातोपानीको मितेरी पुल ल्याएर सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई घर फर्केका नेपाली जिम्मा लगाएका छन्। उनीहरूलाई  चिनियाँ सुरक्षाकर्मीले बुधबार बिहानै २० वटा माइक्रो बसमा राखेर दिउँसो तातोपानी ल्याएका हुन्।

केरुङमा अड्किएका नेपाली तत्काल ल्याउन युबा संघ रसुवाले प्रधानमन्त्री समक्ष अनुराेध पत्र पेस गरेका थिए भने प्रतिनिधि सभा तथा प्रदेश सभामा सदस्यहरूले पनि माग राखेका थिए । 

केरुङमा अड्किएका नेपालीकाे उद्दार गरी ल्याउन बिभिन्न संचार माध्यमले पनि विषय उठान गरेका थिए । 

केरुङमा अड्किएका नेपालीहरूलाई तातोपानी नाकाबाट स्वदेश फर्काइने

Tuesday, July 22, 2025 0 Comments

रसुवा, गत असार २४ गते रसुवा स्थित लेन्दे खाेलामा आएको भीषण बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछि केरुङमा अड्किएका नेपालीहरूलाई तातोपानी नाकाबाट स्वदेश फर्काइने भएको छ।

नाकामा मितेरी पुल सञ्चालनमा नआएको कारणले उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल ल्याउन तयारी गरिएको हो। चीनमा रहेका व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार फर्कन लागेका मध्ये सवारी चालक, व्यवसायी तथा घुम्न गएका नेपालीहरू छन्। उनका अनुसार बाढीपछि चीनले उद्धार गरी केरुङ पुर्‍याएका ती नेपालीहरूलाई चीनले नै तातोपानी नाकासम्म पुर्‍याउनेछ।

यस्तै, पाङसिङ क्षेत्रमा बाढीका कारण अड्किएका १३३ जना सवारी चालक, व्यवसायी तथा घुम्न पुगेका नेपालीहरूलाई पनि चीनले तातोपानी नाकासम्म पुर्‍याउने व्यवस्था मिलाएको छ।

यसबीच स्याफ्रु–रसुवागढी सडक खण्ड सञ्चालनमा आए पनि मितेरी पुल सञ्चालनमा नआएकोले उनीहरूलाई अर्को नाकाबाट स्वदेश फर्काउने निर्णय गरिएको हो।

केरूङबाट नेपालीहरू ताताेपानी नाकाबाट ल्याउन यात्रा सुरू भएकाे केरुङमा अड्किएका हाेमनाथ ढकालले बताए । केरुङमा अड्किएका नेपाली तत्काल ल्याउन युबा संघ रसुवाले प्रधानमन्त्री समक्ष अनुराेध पत्र पेस गरेका थिए भने प्रतिनिधि सभा तथा प्रदेश सभामा सदस्यहरूले पनि माग राखेका थिए । 

केरुङमा अड्किएका नेपालीकाे उद्दार गरी ल्याउन बिभिन्न संचार माध्यमले पनि विषय उठान गरेका थिए । 




युवासंघको प्रधानमन्त्रीलाई आग्रह केरुङमा अलपत्रको तत्काल उद्धार गरियोस्

Tuesday, July 22, 2025 0 Comments

रसुवा, गत असार २४ गते नेपाल चीन सिमाना लेन्देखोलामा आएको बाढीले आएको भीषण बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको रसुवाबाट राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी रसुवाले प्रधानमन्त्रीलाई विशेष अनुरोधसहित पत्र प्रेस गरेको छ ।

असार २४ गते राति ३ बजेर १५ मिनेट जाँदा चिनको भू–भागमा रहेको अस्थायी हिमताल फुटेर आएको भीषण बाढीले रसुवामा अकल्पनीय विनाश मच्चाएको थियो । मितेरी पुल, सुख्खा बन्दरगाह, सडक तथा हाइड्रोपावरहरूमा ठूलो क्षति पुगेको छ भने नेपाली र चिनियाँ गरी १८ जना मजदुरको ज्यान गएको थियो । सयौँ गाडीहरू बगाएको बाढीपछि सडक अवरुद्ध हुँदा रसुवाबाट केरुङतर्फ गएका १५ सय बढी नेपाली मजदुर र व्यापारी अहिले चिनको केरुङमा अलपत्र अवस्थामा छन् ।

युवासंघ रसुवाका अध्यक्ष कुमार नगरकोटीले हस्ताक्षर गरेको अनुराेध पत्रमा भनिएको छ:

 “केरुङमा फसेका नेपालीहरू खाना  र नियमित सेवन गर्ने औषधि अभावमा पीडित भएका छन् । आधा महिना भइसकेको छ, उनीहरू अलपत्र छन् । नेपालमा रहेका उनीहरूका परिवारहरू पनि समस्यामा परेका छन् । त्यसैले प्रधानमन्त्रीज्यूको पहलमा तत्काल उद्धारको व्यवस्था गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।”

पत्रमा प्रधानमन्त्रीको तत्काल स्थल निरीक्षण र निर्देशनपछि सडक पुनःनिर्माण, उद्धार तथा राहत कार्य तीव्र रूपमा अघि बढेको भन्दै आभार व्यक्त गरिएको छ । यद्यपि अझै पनि स्याफ्रुबेसी बजारमुनिको बस्ती बाढीको कटानका कारण जोखिममा परेको उल्लेख गर्दै त्यसको रोकथामका लागि तत्काल पहल गर्न युवासंघले सरकारसँग माग गरेको छ ।

पत्रमा मितेरी पुल, सुख्खा बन्दरगाह र रोङ्गादेखि टिमुरेसम्मको सडक पुनर्निर्माणका लागि आवश्यक निर्देशन दिन आग्रह गर्दै बाढीमा क्षति पुगेका मजदुर तथा सम्पत्तिको उचित क्षतिपूर्ति सुनिश्चित गर्न पनि युवासंघले सरकारसँग अपिल गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल, रसुवाले गरेको यो आग्रहले बाढी–पीडितको आवाज पुनः सरकारको कानमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

लेन्दे खाेलाकाे बाढीका कारण क्षतिको २९ करोड रुपैयाँको बीमा दाबी

Tuesday, July 22, 2025 0 Comments


 रसुवा, लेन्दे खाेलाकाे बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न सात बीमा कम्पनीमा सो बराबरको दाबी परेको हो । शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा पाँच करोड २० लाख रुपैयाँ बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा तीन करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको सात वटा दाबी परेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीमा एक करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको १२ वटा, सानिमा जीआइसी इन्स्योरेन्समा ७७ लाख रुपैयाँ बराबरको छ वटा, आइजीआई प्रूडेन्सियलमा ७५ लाख ५० हजार रुपैयाँ बराबरको नौ वटा बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी, युनाइटेड अजोडमा ६८ लाख रुपैयाँ बराबरको तीन वटा, एनएलजी इन्स्योरेन्समा ४७ लाख रुपैयाँ बराबरको छ वटा, सिद्धार्थ प्रिमियरमा ३१ लाख रुपैयाँ बराबरको सात वटा बीमा दाबी परेको छ । प्राधिकरणका अनुसार कूल ६३ वटा बीमा दाबी परेको छ ।

नेपाल चीन सिमानाको लेन्दे खोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन त्यहाँ रहेको रसुवागढी जलविद्युत् आयोजना लगायत अन्य जलविद्युत आयोजनामा पनि भौतिक पूर्वाधारमा क्षति पुगेको थियो ।


दुई सातापछि स्याफ्रुबेसी–रसुवागढी सडक सुचारु

Tuesday, July 22, 2025 0 Comments

रसुवा, गत जेठ २४ गते नेपाल चीन सिमानाको रसुवागढी नाकामा लेन्दे खोलामा राति आएको बाढीले क्षतिग्रस्त स्याफ्रुबेसी–रसुवागढी नाका जोडने सडक २ साता पछि सुचारु भएको छ । 

सो बाढीमा १८ बेपत्ता भएका मध्ये हालसम्म २ जनाको सनाखत भएको छ । धेरै सवारी साधान र भवन तथा सडक संरचना बगाएर क्षति भएको थियो । 

गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक अयोजनाका अनुसार लिङलिङको सडक मर्मत तथा निमार्ण पछि सडक संचालनमा आएको हो । लिङलिङ र फ्याङलुङ खोलाको बीच भागमा रहेको करिब दुई सय मिटर सडक निमार्ण गरे पछि सडक सुचारु भएको आयोजनाका इन्जिनियर रुपनारायण पौडेले बताए । 

बाढीले स्याफ्रुबेशीदेखि रसुवागढीसम्मको दश स्थानमा कटान गरेको गरेको सडक दुबैतर्फबाट निर्माण गरी अस्थायी रुपमा भए पनि सञ्चालनमा ल्याउन सफल भएको आयोजनाले जनाएको छ । 

नेपाल र चीनको सिमाना रसुवागढीमा चीन तर्फबाट पनि कटान गरेका भागहरूको मर्मत तथा लेन्दे खोलामा तत्काल बेलिबृज निमार्णका लागि चिनीयाँ पक्षले काम गरिरहेकोले नेपाल चीन सिमानाको रसुवागढीमा बेलिबृज छिट्टै निमार्ण हुनेछ ।

लेन्दे खोलाको बाढी : अलपत्र नेपालीलाई स्वदेश फर्काउने तयारी

Friday, July 18, 2025 0 Comments

रसुवा,  लेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ। उनीहरूलाई तातोपानी नाका हुँदै ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। पौडेलका अनुसार अलपत्र परेका १ हजार २०० जनालाई स्वदेश फर्काउनका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ।

केरुङमा अलपत्र नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ। अलपत्र परेकामा मालवाहक सवारी साधनका चालक तथा सहचालक ९१ जना छन्। कामको सिलसिलामा त्यहाँ रहेका १ सय १७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका जनाइएको छ।

तिब्बतको केरुङ बजारमा रहेका नेपाली कामदारहरू सुरक्षित छन्। लेन्दे खोलामा बाढी आउदा केरुङमा न त वर्षात भयो न त कुनै बाढी नै थियो। ‘लेन्देमा बाढी आएको र मितेरी पुल बगेको थाहा पाएपछि घरतर्फ कसरी जाने चिन्ता बढेको थियो तर धेरैले यहाँ सुरक्षित भएर काम गरिरहेका छन्’, त्यहाँ कार्यरत कालिका गाउँपालिका–३ का होमनाथ ढकालले भने, ‘चालक तथा मेसवालासहित २ सय जना जति नेपाल फर्कने तयारीमा बसेका छन्।’

केरुङमा आयात निर्यात कम्पनी र होटलमा काम गर्ने धेरै नेपाली छन्। रसुवागढी नाकाबाट आउने साना सवारी साधन तथा मालबाहक कन्टेनरका चालकहरू बाढीका कारण केरुङतर्फ पुगेको बखत रोकिनु परेको थियो।

पीडामा लेन्देखोला बाढी पीडित

जेठ २४ गते नेपाल चीन सिमानाको रसुवागढी नाकामा लेन्दे खोलामा राति आएको बाढीले ठूलो धनजनको क्षति भएको छ। बाढीमा १८ जना बेपत्ता भएकामध्ये हालसम्म २ जनाको सनाखत भएको छ। बाढीमा परेकाहरूमध्ये लास तथा मानव अंग गरी १२ वटा भेटिएको छ।

गोसाइँकुण्ड गाउँपालिका–२ की स्थानीय समाजसेवी मिनाक्षी थापा मगर नियमित जस्तै ३ बजे ब्युँझने गर्थिन्। ‘बिहान पौने ३ बजे नै खोलाको आवाज आयो। खोला बढेको, डुंगा बगेको गड्याङ गुडुङ गरेको आवाज आयो र केहीबेरमा जमिन हल्लियो। भूकम्प हो कि जस्तो लाग्यो’, मगर भन्छिन् ‘उनले नजिकै प्रहरीमा खबर गरिन्। सबै सडकमा निस्के। रसुवागढी जलविद्युत् आयोजनामा साढे ३ बजे मात्र साइरन बज्यो। खोलाले गाडी बगाएको देखियो।’ बिहानको उज्यायो हुँदा नहुँदै उद्धार सुरु भयो। मगरले पीडित परिवारका लागि निजी तवरबाट राहत समेत बितरण गरेकी छिन् । 

उद्धारमा खट्ने प्रहरीले अरू धेरैलाई बचाए, उनीहरूले ज्यान गुमाए। ‘बिहान ४ बजे केरुङ बस्ने दिदीको फोन आयो। बिहान ६ बजेपछि फोन पनि चलेन। कतैबाट अपडेट लिन पाइएन। ६ दिनमा बत्ती बल्यो। गाउँ अन्धकार भयो। अझै नेट चलेको छैन। फोनमा पनि समस्या छ’, उनले भनिन्।

सुक्खा बन्दरगाहमा बस्ने गेट पाले लेम्बा तामाङले नेपाली तथा चिनियाँहरूलाई बाढीको संकेत गरेर ब्यँुझ्याएर बचाएका थिए। रसुवागढी लज विद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारी बाढी आउँदा घटनास्थलमै थिए। ‘जेठ २४ गते राति ३ बजे खोलाको आवाज आयो। हामी ३ः२० बजे त आत्तिएर भागेका थियौं। क्याम्पका रहेका सबै साथीलाई ब्युँझाएर भीरतिर चढेर बाँच्यौं। १० मिनेटमा पूरै क्याम्प खाली भयो। क्याम्पनजिकै घुँडाभन्दा माथि पानी आउने भइसकेको थियो’, अधिकारी भन्छन्, ‘सायद प्रि–फ्याव भवन भएकाले होला हल्लायो अनि आवाज पनि सुनियो। १ बजेतिर सेनाको हेलिकप्टरले हाम्रो २३ जनाको उद्धार गरेको दृश्य मेरो स्मरणमा रहेको छ।’

निर्माण सम्पन्न जलविद्युत आयोजनामा आठ दिन बित्दा पनि क्षति विवरण संकलन हुन सकेको छैन। आयोजनाको ड्याम साइड, भवन, टर्वाइन र गेटहरू भत्केको छ। क्याम्प पूरै ध्वस्त छ। ८ वटा हाइलक्स, माइक्रो गाडी पुरेको, प्रशारण लाइन, आयोजना तथा क्याम्पमा जाने बाटो क्षति भएको अधिकारीले बताए। सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार लिङलिङ नजिकैको ठूलो अवरोधले समस्या पारेको हो। १६ किमी मध्ये १५ किमी सडक अवरुद्ध हटाइएकाे छ।

बाढीले प्रभावित १६ किलोमिटर सडकको अधिकांश भागमा यातायात अवरुद्ध भएपछि स्थानीय प्रशासन, सडक विभाग, विभिन्न जलविद्युत् आयोजना तथा स्थानीय तहको सहकार्यमा मर्मत तीव्र गतिमा अघि बढेको हो। गल्छी–त्रिशूली–रसुवागढी सडक सुधार आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठले तिब्बततर्फबाट बग्ने लेन्देखोलामा आएको बाढीले सडकमा क्षति पुर्‍याएपछि आपत्कालीन मर्मत अभियान सुरु गरिएको जानकारी दिए। लिङलिङ भिरको बाहेक अधिकांश अवरोध हटाइएको छ। ‘सडक खुलेपछि जनजीवन सामान्य अवस्थामा फर्किने आशा छ’, उनले भने।

बेपत्ताको खोजी जारी

बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको रसुवामा पुनः बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रसुवाले थप सतर्कता अपनाउन आम सर्वसाधारण र सरोकारवाला निकायलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको विपद् सूचनाअनुसार असार २४ गते बिहान ३ः०० बजे चीनको तिब्बतबाट भोटेकोशी नदी हुँदै नेपाल प्रवेश गरेको हिम बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको तथ्य उल्लेख गरिएको छ। प्राकृतिक प्रकोपको जोखिम अझै कायम रहेको भन्दै जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षबाट प्राप्त सूचनामा भोटेकोशी, त्रिशूली, लाङटाङ खोला, चिलिमे खोला लगायत जिल्लाभित्र बहने अन्य नदीरखोलाहरूमा पानीको बहाव बढ्ने सम्भावना औंल्याइएको छ। यी क्षेत्र आसपास बसोबास गर्ने नागरिक, नदी किनारमा रहेका आयोजनाहरू, कार्यालयहरू तथा यातायात सञ्चालनमा संलग्न सरोकारवालाहरूलाई आवश्यक सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।

प्रशासनले विशेष गरी नदी किनारमा बस्ती रहेका समुदायहरूलाई स्थानिय तह र सुरक्षाकर्मीहरूसँग समन्वय गरी सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गरेको छ। साथै वर्षा तथा बाढीका कारण सडक मार्गहरूमा अवरोध वा क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राखी यात्राको क्रममा अत्यावश्यक सतर्कता अपनाउन समेत सुझाव दिइएको छ।

भिरबाट लढेर एक मजदुरको मृत्यू

Friday, July 18, 2025 0 Comments


रसुवा, आमाछोदिङमो गाउँपालिका–५ स्थित सालासुङ्गी जलविद्युत आयोजनाको सडकमा काम गर्ने कार्यरत एक मजदुरको मृत्यू भएको छ ।

पाजुङ कालो डाँडा क्षेत्रमा सरसफाइ गर्ने क्रममा भीरबाट ४ सय मिटर तल झरेर एक मजदुरको मृत्यु भएको छ । १ गते काममा निस्केको तर सम्पर्क नआएको शुक्रबार लास भेटेको आफन्तले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मृत्यु हुनेमा सोही गाउँपालिका–५ ब्राजोम गाउँका ४७ वर्षीय सोनाम दोर्जे तामाङ रहेका छन् । उनी साउन २ गते बिहान करिब ९ बजे सालासुङ्गी जलविद्युत आयोजना जलविद्युत आयोजनाअन्तर्गत पाजुङ कालो डाँडा क्षेत्रमा बाटो र नाली सफा गर्ने क्रममा भिरबाट लडेका थिए ।

घटना बारे जानकारी पाउने बित्तिकै थाम्बुचेत प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक राजु शाहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले तामाङलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । मृतकको लास रसुवा अस्पतालमा पोष्टमार्टम गरी परिवारले सतगत गरेको प्रहरीले जनाएको छ ।

केरूङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने

Thursday, July 17, 2025 0 Comments

रसुवा, गत असार २४ गतेको ल्हेन्दे खोलाको वाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार २०० जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ ।

केरुङमा रहेका नेपालीको खाना तथा आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ । अलपत्र परेकामा मालवाहक सवारी साधनका चालक तथा सहचालक गरी ९१ जना छन् । कामको सिलसिलामा त्यहाँ रहेका एक सय १७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारी समक्ष आग्रह गरेका जनाइएको छ ।

जेठ २४ गते नेपाल चीन सिमानाको रसुवागढी नाकामा लेन्दे खोलामा राति आएको बाढीले ठूलो धनजनको क्षति भएको छ । बाढीमा १८ बेपत्ता भएका मध्ये हालसम्म २ जनाको सनाखत भएको छ । 

तिब्बतको केरुङ बजारमा रहेका नेपाली कामदारहरू सुरक्षित रहेक छन् । लेन्दे खोलामा बाढी आउदा केरुङमा न त वर्षत भयो न त कुनै बाढी नै थियो । 

उनीहरूले लेन्देमा बाढी आएको र मितेरी पुल बगेको थाहा पाएपछि घर तर्फ कसरी जाने चिन्ता बढेको तर धेरैले यहाँ सुरक्षित भएर काम गरिरहेका छन् त्यहाँ कार्यरत कालिका गाउँपालिका–३ का होमनाथ ढकालले बताए । ‘चालक, सह चालक तथा मेसवाला सहित २ सय जना जति नेपाल फर्कने तयारीमा बसेका छन् ढकालले भने ।’ 




रसुवा पूर्ण खोप तथा दिगोपना जिल्ला घोषाण

Tuesday, July 15, 2025 0 Comments



कालिकास्थान ,रसुवा 

जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । कालिकास्थानमा आयोजित एक कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.नरेन्द्रकुमार झाले जिल्लालाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरिएको हो ।


रसुवाका पाँच वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता प्रक्रिया पूरा भएपछि पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख अशोक घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा , नौकुण्ड गापा अध्यक्ष नुर्बु साङ्बो घले, उत्तरगया गाउँपलिकाको उपाध्याक्ष चमेली गुरुङ पत्रकार, नागरिक समाजका अध्यक्षलगायतको उपस्थितीमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.नरेन्द्रकुमार झाले रसुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरी जिल्ला स्थित जनस्वास्थ्य कार्यालयलाई प्रमाणपत्र हस्तान्तरण गरे । 

समारोहमा जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख झमप्रसाद आचार्यले जिल्लाको समर्पण, खोप पहुँचको विस्तार, सेवा सुधार, तथा स्थानीय सरोकारवालाको भूमिकालाई उजागर गर्दै यस सफलतालाई दिगो स्वास्थ्य प्रणाली निर्माणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे । 

कार्यक्रममा जिल्लाका पाँचवटै गाउँपालिका तथा खोप सुनिश्चित घोषणामा योगदान पुर्‍याउने संघसंस्थाहरूलाई सम्मान गरिनुका साथै उत्कृष्ट खोपकर्तहरूलाई पनि प्रशंसा गरिएको थियो। 

जिल्ला समन्वय समिति रसुवाका प्रमुख घिमिरेले स्वास्थ्य अधिकार नागरिकको मौलिक अधिकार भएकाले यसको संरक्षण र प्रवद्र्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

जिल्लाका १६ देखि २३ महिनासम्म उमेर समूहका १२६७ बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सबै खोप १५ महिनाको उमेरभित्र लगाएको प्रमाणित भएपछि जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको मापदण्ड पूरा गरेको हो । यसअघि जिल्लाका सबै ५ वटा स्थानीय तहहरूलाई पूर्ण खोप सुनिश्चित घोषणा भएको जनस्वास्थ्य कार्यालय प्रमुख झम प्रसाद आचार्यले बताए । 


कार्यालयका अनुसार खोप सुनिश्चितता गर्न स्थानीय स्वास्थ्य स्वयंसेविकाका र स्वास्थ्यकर्मीले घरदैलो गरेका थिए । कार्यक्रममा स्थानीय तहका खोप कार्यकर्ता तथा जनस्वास्थ्यकर्मीलाई सम्मानसमेत गरियो । सो अवसरमा पूर्णखोप सुनिश्चितता र यसको दिगोपनाका लागि प्रतिबद्धता जाहेर गर्दै हस्ताक्षर गरिएको थियो । 











प्रधानमन्त्री ओली समेतकाे टाेली बाढी प्रभावित क्षेत्रको अवलोकनमा

Thursday, July 10, 2025 0 Comments

रसुवा, प्रधानमन्त्री केपी शर्मा ओली समेतकाे सरकारी टाेलीले रसुवा स्थित लेन्देखाेलामा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएका छन् ।

बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल पनि गरेका थिए । प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सिमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालवाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए । 

साे विपद्बाट बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् ।  सरकारकाे तर्फबाट प्रधानमन्त्री ओली समेतकाे मन्त्री मण्डककाे टाली नै बाढी प्रभावित क्षेत्रको अवलोकनमा पुगेकाेले सरकारले उद्दार तथा पुनस्थापनामा तदारूकता देखाउने पीडितहरूले बताएका छन् ।

तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ , डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका छन् । बाढीले ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्र र २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र प्रभावित भएको छ । बाढीले ल्हेन्दे खोलाको मितेरी पुल बगउँदा केरुङसँगको सीधा सम्बन्ध टुटेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायत थिए ।

बाढीकाे प्रभाब : जलविद्युत् आयोजनामा क्षति

Thursday, July 10, 2025 0 Comments

रसुवा, नेपाल चीन सिमानामा लेन्दे खोलाको बाढीले धेरै जलविद्त आयोजनामा क्षति भएको छ । 


सिमानामा १११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको बाँधका छ वटा मध्ये तीन वटा गेट बाढीले बगाएको छ । यस बाहेक बाँध क्षेत्र बाढीले ल्याएको लेदो , ढुङ्गाले भरिएर क्षति पुगेकाे छ ।

त्यस्तै ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ को एउटा गेट पनि बाढीले बगाएको छ । यसको पनि उत्पादन बन्द भएको छ । नुवाकोटको पहरेबेँसीमा रहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पनि बाढीको कटानका कारण ठूलो क्षति भएको छ । 

सबस्टेसनको एउटा टावर बगेको छ भने १३२ केभी संरचना क्षेत्रमा बाढी पसेका कारण ठूलो कटान भइरहेको छ । १३२ केभी प्रसारण लाइन बन्द हुँदा १४ मेगावाटको मैलुङ खोला र पाँच मेगावाटको बुद्धभूमि विद्युत् उत्पादन पनि बन्द गरिएको छ । सवैभन्दा धेरै रसुवागढी आयोजनामा क्षति भएकाे जनाइएकाे छ । 


२२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको टेलरेसबाट पानी छिर्दा त्यहाँको पनि विद्युत् उत्पादन बन्द हुन पुगेको छ । २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पनि लेदो तथा गेग्रान थुप्रिएकाले उत्पादन अवरुद्ध भएको छ । 

बाढी प्रभावित क्षेत्रमा सञ्चार र विद्युत सेवा सुचारू

Thursday, July 10, 2025 0 Comments


रसुवा संचार तथा विद्युत विच्छेद भएकाे बाढी प्रभावित क्षेत्रमा  सञ्चार र विद्युत सेवा सुचारू भएकाे छ । 

बाढीका कारण अवरुद्ध भएको सञ्चार र विद्युत सेवा असार २६ गते बिहान ११ बजेबाट पुनः सुचारु भएको हो। त्यस्तै, स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड मर्मतका लागि सडक विभाग, विभिन्न जलविद्युत आयोजनाहरू र स्थानीय तहबीच समन्वय गरी हेभी इक्युपमेन्ट प्रयोग गरेर सडक पुनःनिर्माणको कार्य तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएकाे छ।

जिल्ला प्रशासन कार्यालय रसुवाले "व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सशासन" नारासहित उद्धार र पुनःस्थापना कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

लेन्देखाेलामा आएकाे बाढीले २० जना बेपत्ता

Wednesday, July 09, 2025 0 Comments


रसुवा, मंगलबार रसुवा स्थित नेपाल चीन सिमानाकाे लेन्देखाेलामा आएको बाढीमा बेपत्ता हुनेको संख्या २० पुगेको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले दिएको जानकारी अनुसार थप दुई जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुना ठाकुर र लोकेन्द्र बोहोरा रहेका छन् । 

यसैगरी बर्दियाका जिपन चौधरी, सन्तोष दइद,बुद्धिराम राम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, चालक गोविन्द मोक्तान, चालक लोकमान तामाङ, गोरखाको पालुङ्टार नगरपालिका-६ का डिलबहादुर तामाङ, गोरखाको पालुङ्टार नगरपालिका ६ का धनबहादुर तामाङ रहेका छन्। 

यसैगरी चिनियाँ नागरिक यू युए, लि ख्वाछिङ, याङ छ्वान, हाई हाङ, यौ स्याओ छ्यौ र चौ युङ बेपत्ता छन्। हालसम्म ५५ जनाको उद्धार गरिएको छ। 

रसुवागढीकाे बाढी : एक सय पचास जनाकाे उद्दार ५ जनाकाे लास प्राप्त

Wednesday, July 09, 2025 0 Comments


रसुवा, मंगलबार विहान चीनकाे लेन्दे खाेलामा बाढीमा बेपत्ता ५ जनाकाे लास भेटिएकाे र १ सय ५० जनाकाे हवाइ उद्दार गरिएकाे छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पाैडेलका स्वदेशी तथा विदेशी गरी १ सय ५० जनाकाे उद्दार गरिएकाे छ । भेटिएका लास एकीन भने हुन सकेकाे छैन ।

बाढीले मतेरी पुल भन्सार याड लगायत कन्टेनर विधुतिय गाडी स्याफ्रुवेसी रसुवागढी सडक खण्ड तहसनहस भएकाे विषयमा विधुत, टेलिफोनसेवा बन्द भएकाे छ ।

याडबाट धेरै गाडीहरू बगाएकाे छ भने स्याफ्रुवेसी रसुवागढी सडक अवरूद्द भएकाे छ । टिमुरे क्षेत्रमा केही दिनमा खाद्यान्न अभाव हुन सक्ने देखिएकाे छ ।



जलवायु उत्थानशीलताका लागि रसुवालीले गरे साझा प्रतिवद्दता

Tuesday, July 08, 2025 0 Comments

असार २२, धुन्चे । जलवायु उत्थानशीलता र प्रकृतिमैत्री विकासका  लागि रसुवालीले साझा प्रतिवद्दता गरेका छन् । धुन्चेमा सञ्चालित जलवायु उत्थानशीलताका लागि क्षमता अभिबृद्दि कार्यशाला गोष्ठीमा सहभागीहरूले उक्त प्रतिवद्दता गरेका हुन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, समुदायमा आधारित वन सहजकर्ता सञ्जाल (कफ्सन)  नेपाल, ग्रीन क्लाईमेट फण्ड, आइसीयुएनको साझा प्रयासमा सञ्चालित गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत पहिलो चरणमा प्रभावितहरूलाई अभिमुखीकरण गरिएको कफ्सन नेपालका केन्द्रीय अध्यक्ष विना श्रेष्ठले जानकारी  दिए । 



असार २० देखि २२ सम्म कफ्सन नेपालका संस्थापक अध्यक्ष भोला खतिवडा, वर्तमान केन्द्रीय कोषाध्यक्ष सुदिल गोपाल गुरूवाचार्य, डिभिजन वन कार्यलय रसुवाका डिभिजनल वन अधिकृत शम्भु तामाङले अभिमुखीकरण गरेका थिए । 


अभिमुखीकरणमा जलवायु परिवर्तनको अवधारणा, प्रभाव न्यूनीकरण तथा उत्थानशीलता र प्रकृतिमैत्री विकासका लागि गर्नुपर्ने कदमका विषयमा छलफल गरिएको छ । वन संवर्दन प्रणाली, जलवायुमैत्री कृषिवन प्रणाली, चरिचरन, सिमसार, वन सम्पदा संरक्षण, जलवायु परिवर्तनका कारण मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण तथा फोहोरमैला व्यवस्थापन, अजैविक फोहोर न्यून उत्पादन वा पुनर्प्रयोग सम्बन्धि अवधारणालाई साझा रूपमा कार्यान्वयन गर्नुपर्ने विषयमा छलफल गरिएको बताइएको छ ।


अभिमुखीकरणमा सहभागी तथा साझा प्रतिवद्दता व्यक्त गर्नेहरूमा कफ्सन नेपाल रसुवा शाखाका पदाधिकारीहरू, गैससका प्रतिनिधिहरू, स्थानीय निकायका जनप्रतिनिधिहरू, जिल्लास्थित डिभिजन वन कार्यालय, लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारीहरू, फेकाेफाेन, सामुदायिक वन सहजकर्ताहरू, कृषक, उद्यमीहरू रहेका थिए ।  



प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारी टोलीले स्थलगत अवलोकन गरे

Tuesday, July 08, 2025 0 Comments

रसुवा, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सरकारी टोलीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ ।

बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरेका थिए । प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

जिल्ला स्थित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले पनि अवलाेकन गरेकाे गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए । 



प्रदेशस्तरीय स्वयंसेवक ब्यूरो गठन

Monday, July 07, 2025 0 Comments

रसुवा,  उत्तरगया गाउँपालिकामा प्रदेशस्तरीय स्वयंसेवक ब्यूरो गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । 

“प्रदेशस्तरीय स्वयंसेवक ब्यूरो गठन कार्यविधि, २०८०” अनुरूप उत्तरगया गाउँपालिकामा स्थानीय स्वयंसेवक ब्यूरो गठन तथा अभिमुखीकरण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको हाे । 

उत्तरगया गाउँपालिकाको हलमा आयोजित सो कार्यक्रम गाउँपालिकाको आयोजनामा तथा Community Self-Reliance Centre (CSRC) को प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो। कार्यक्रमको संयोजन गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालले गरेका थिए । 

कार्यक्रममा जम्मा ५० जनाको सहभागिता रहेको थियो, जसअन्तर्गत २३ सदस्यीय स्थानीय स्वयंसेवक ब्यूरो समिति गठन गरिएको छ।

ब्युराे माधव प्रसाद अर्यालकाे  संयोजकत्वमा २३ सदस्य रहेकाे समितिमा  गठन भएकाे हाे । सवै वडामा वडा अध्यक्षहरूकाे संयोजकत्वमा वडा समिति पनि गठन भएकाे छ । यी समितिहरूले विपद्को समयमा समस्या पहिचान, समन्वय, उद्धार तथा राहत कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। विशेषतः बर्षातयाममा सम्भावित जोखिमहरूको पूर्वतयारीका लागि समितिहरू गठन गरिएको हो।

कार्यक्रमको अभिमुखीकरण सत्रमा  विपद्  जोखिम ब्यबस्थापन अधिकृत  विजया तिवारीले सहजीकरण गर्नुभएको थियो। विपदको क्षेत्रमा उत्तरगया गाउँपलिकामा , सामुदायिक आत्मनिर्भर सेवा केन्द्र संस्थाले निरन्तर प्राविधिक र सहायक भूमिका प्रदान गरेकाे छ । 

वडा समितिहरूकाे बिबरण

  • वडा नं. १
    • अध्यक्ष: मर्सिङ तामाङ
    • सहभागी: ३२ जना
    • गठन: १६ महिला, ६ पुरुष — जम्मा २२ सदस्य
  • वडा नं. २
    • अध्यक्ष: टुकु प्रसाद सुबेदी
    • सहभागी: २९ जना
    • गठन: १० महिला, २० पुरुष — जम्मा ३० सदस्य
  • वडा नं. ३
    • अध्यक्ष: लालबहादुर तामाङ लामा
    • गठन: १९ सदस्यीय समिति
  • वडा नं. ४
    • अध्यक्ष: अमर बहादुर बुलुना
    • सहभागी: ३० जना
    • गठन: ४ महिला, १२ पुरुष — जम्मा १६ सदस्य
  • वडा नं. ५
    • अध्यक्ष: यमनाथ आचार्य
    • सहभागी: ३० जना
    • गठन: ३ महिला, १३ पुरुष — जम्मा १६ सदस्य



२२ औ राष्ट्रिय धान दिवस : रसुवाकाे रोपाइँ (शब्द तस्वीर )

Sunday, June 29, 2025 0 Comments

 रसुवा , कालिका गाउँपालिका -५ जिवजिवेमा भएकाे २२ औ राष्ट्रिय धान दिवस अवसरमा सामुहिक राेपाइँ सम्पन्न भयाे । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माेहन आचार्य, जिल्ला समन्वय समिति प्रमुख अशाेक कुमार घिमिरे, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटालगायत जनप्रतिनिधिहरू, सरकारी र्कमचारी, विदेशी पर्यटक,  किसान, समाजसेवीहरू तथा सामाजिक संस्थाहरूकाे सहभागिता रहेकाे थियाे । 

 मेलाका तस्वीरहरू ः 













बृक्षाराेपण दिवस : आगलागी क्षतिग्रस्त वनमा बृक्षाराेपण

Sunday, June 29, 2025 0 Comments

रसुवा । “आज रोपौं रुख, भोलि पाउँछौं सुख” भन्ने  नारासहित राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा  आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकाे ज्यार्सा गाेठेन सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भयाे । 

डिभिजन वन कार्यालयले ज्यार्सा गाेठेन सामुदायिक वन उपभाेक्ता समुह, सामुदायिक वन उपभाेक्ता महासंङघ, ग्रामीण विकास संस्थाको सहभागितामा  डढेलोबाट क्षतिग्रस्त ५ सय ४४ हेक्टर वन क्षेत्र मध्ये यस वर्ष २ हेक्टरमा ३ हजार ५ सय सल्लाका बिभिन्न प्रजातिका बिरुवा रोप्न थालिएको हो।

प्रमुख अतिथि जिल्ला समन्वय समितका प्रमुख अशाेक कुमार घिमिरेले बृक्षाराेपण गरी शुभारम्भ गरेपछि सवैले बिरूवा राेपेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार घिमिरेले वन संरक्षणमा सरकारी, संस्थागत र स्थानीय उपभाेक्ता सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । 

कार्यक्रममा डिभिजनल वन अधिकृत शम्भु तामाङले दीर्घकालीन रूपमा वृक्षारोपण सफलताका लागि संरक्षण र स्थानीय सहभागिता अपरिहार्य रहेको बताउँदै उनले भने “रुख रोपेर मात्र पुग्दैन, त्यसको संरक्षणमा सबैले जुट्नुपर्छ।” तामाङले बृक्षाराेपणकाे महत्व तथा संरक्षणका तरिका बारे समेत जानकारी दिएका थिए ।  

आमाछोदिङमो गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङले डढेलोले उजाड बनाएको क्षेत्रलाइ पुनः हरियालीमा फर्काउने गरी सुरू भएकाे अभियानमा गाउँपालिका वन कार्यालयसँग सधैं सहकार्य गर्न तत्पर रहेको बताइन् । उनले भनिन् “कालो गाउँ र उजाड जंगललाइ फेरि हरियालीले ढाक्ने संकल्पमा हामी एकजुट हुनुकाे विकल्प छैन । ”

वृक्षारोपण कार्यक्रममा आमाछोदिङमो -३ का वडा अध्यक्ष सुरेन्द्र तामाङ, ज्यार्सा गोठेन सामुदायिक वन उपभोक्ता समितिका सचिव पासाङ दोर्जे तामाङ, समन्वय समिति सदस्य खुवा प्रसाद पाैडेल, सुरेश अधिकारी, ग्रामीण विकास संस्थाका फिल्ड संयोजक खडानन्द गौतम, सामदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हेमनाथ खतिवडा, वनका कर्मचारी, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो।







डेंगु नियन्त्रण बारे सचतना

Monday, June 23, 2025 0 Comments

रसुवा, कालिका गाउँपालिकामा  डेंगु राेगकाे  प्रकोप हुन नदिन राेग नियन्त्रणका लागि स्वास्थ्यकर्मी र सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ ।

सोमबार जनस्वाथ्य कार्यालयले स्वास्थ्यकर्मी विच डेंगु रोगको विषयमा अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा डेंगु रोगका लक्षण यसबाट हुने खतरा र यसबाट जोगिने उपायका बारेमा जनस्वाथ्य अधिकृत झम प्रसाद आचार्यले जानकारी दिनुभएको थियो । 

कार्यक्रममा आचार्यले डेंगु रोगको प्रकोप बढदै गएको हुँदा यसबाट सबै सचेत हुन आग्रह गर्नुभएको थियो । डेंगुको लक्षण देखिना साथ चिकित्सकलाई देखाउन स्वास्थ्यकर्मीको सुझाव थियो । घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाईबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पूरै छोपिने गरी लुगा लगाउने, घर वरपर सफला राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधिको प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ ।

अभिमुखिकरण कार्यक्रमका सहभागीहरुले कालिकास्थानमा ¥याली गदै पानी जमेको ठाउँ सरसफाई गरेको थिए । साे अवसरमा कालिका बजार नेपाल स्वयंसेवी रक्तदाता समाज, स्थानीय समाजसेवीहरू सहभागी थिए ।