'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

यात्रुवाहक बस लहरेमा दुर्घटनामा १२ जना घाइते


 रसुवा, गत्लाङबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस आज दिउँसो दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार बा ४ ख ८४३५ नम्बरको बस पासाङल्हामू राजमार्गअन्तर्गत उत्तरगया गाउँपालिका–५ लहरेपौवामा दिउँसो २ बजे सडकबाट करिब ३० मिटर तल खसेको हो ।

दुर्घटनामा घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि पठाइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।


Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music