ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Thursday, July 17, 2025

केरूङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने


रसुवा, गत असार २४ गतेको ल्हेन्दे खोलाको वाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार २०० जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ ।

केरुङमा रहेका नेपालीको खाना तथा आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ । अलपत्र परेकामा मालवाहक सवारी साधनका चालक तथा सहचालक गरी ९१ जना छन् । कामको सिलसिलामा त्यहाँ रहेका एक सय १७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारी समक्ष आग्रह गरेका जनाइएको छ ।

जेठ २४ गते नेपाल चीन सिमानाको रसुवागढी नाकामा लेन्दे खोलामा राति आएको बाढीले ठूलो धनजनको क्षति भएको छ । बाढीमा १८ बेपत्ता भएका मध्ये हालसम्म २ जनाको सनाखत भएको छ । 

तिब्बतको केरुङ बजारमा रहेका नेपाली कामदारहरू सुरक्षित रहेक छन् । लेन्दे खोलामा बाढी आउदा केरुङमा न त वर्षत भयो न त कुनै बाढी नै थियो । 

उनीहरूले लेन्देमा बाढी आएको र मितेरी पुल बगेको थाहा पाएपछि घर तर्फ कसरी जाने चिन्ता बढेको तर धेरैले यहाँ सुरक्षित भएर काम गरिरहेका छन् त्यहाँ कार्यरत कालिका गाउँपालिका–३ का होमनाथ ढकालले बताए । ‘चालक, सह चालक तथा मेसवाला सहित २ सय जना जति नेपाल फर्कने तयारीमा बसेका छन् ढकालले भने ।’ 




No comments:

Post a Comment