यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

सामुदायिक वन उपभाेक्ता महासंघकाे स्थापना दिवसमा छलफल तथा तालिम समापन

Sunday, June 01, 2025 0 Comments

रसुवा, सामुदायिक वन उपभोक्ता महासंघ  नेपालको ३०औं स्थापना दिवसकाे अवसरमा उत्तरगया गाउँपालिका- ३ ठूलाेगाउँमा छलफल तथा तालिम समापन भएकाे छ । 

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको र गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा उत्तरगया गाउँपालिका-३ को ठूलोगाउँ स्थित भूमेस्थान सामुदायिक वन उपभोक्ता समूहमा जलवायु उत्थानशील समुदाय र पारिस्थितिकीय प्रणाली स्थापनाको लागि कृषक पाठशाला समापन भयो । 

दैनिक ३ घण्टा १८ दिनसम्म सञ्चालन भएको पाठशालामा स्थानीय सहजकर्ता सुजन गुरुङले सहजिकरण गरेका थिए । महिला १६, पुरुष ५ गरी २१ जना  सहभागी रहेको तालिम २०८२ जेठ १८ गते समापन भयो । समापन कार्यक्रममा स्थानीय भूमेस्थान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष अमर गुरुङको अध्यक्षतामा सामुदायिक वन उपभोक्ता महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा सहभागीहरुलाइ प्रमाण-पत्र बितरण गरियो । 

कार्यक्रममा सहजकर्ता सुजन गुरुङद्धारा सञ्चालित कार्यक्रममा सहभागी शारदा गुरुङले वनमा धेरै खाले मिचाहा प्रजाति रहेको बारे थापा पाएको बताइन् । डुण्डु तामाङले हामीले धेरै मात्रामा वन पैदावर उपभोग गरेको र वनमा वनजन्य उद्यम गरेर आम्दानी लिन सकिने बताए । 



स्थानीय समुदायमा जलवायु परिवर्तनको प्रभाव र अनुकुलनको बारेमा जागरूक बनाउनु र जलवायु उत्थानशीलताको लागी स्थानीय समुदायहरुको क्षमता वृद्दि गर्ने उद्देश्यले तालिम आयोजना भएको बताउँदै उनले चरिचरण तथा घासे मैदान व्यवस्थापन, जलवायु परिवर्तन न्युनिकरण र अनुकुलन, कार्ययोजना र विधान, सामुदायिक वन र वनको दिगो व्यवस्थापनमा जोड् दिनु पर्ने बताए । पर्या पर्यटन विकास तथा सामुदायिक वनमा हुने डँढेलो नियन्त्रण गरी जडिबुटी खेती तथा वनजन्य उद्योग स्थापनामा जोड्दिन पनि उनले अनुरोध गरे । 


सहभागी यामाकुमारी गुरुङले तालिमबाट पहिलो पटक जलवायु परिवर्तन बारे सुन्न पाएको र चरिचरण, बृक्षारोपण तथा वन डँढेलो नियन्त्रण गरेर सामुदायिक वन संरक्षण गर्नुपर्ने बताए । सहभागी अक्कल बहादुर गुरुङले १८ दिनमा धेरै कुरा सिक्न पाएको र धेरै नयाँ कुराको जानकारी भएको बताए । 

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको३०औं स्थापना दिवसकाे अवसरमा उत्तरगया गाउँपालिका- ३ ठूलाेगाउँमा छलफल तथा तालिम समापनमा सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडाले समूदायले वनमा आधारित उद्याेग स्थपना गरी  आयआर्जन गर्न र तालिममा सिकेका सीप तथा समुदायमा भएका परम्परागत ज्ञानकाे प्रयाेग गरी वन व्यवस्थापन तथा प्रकृतिकाे संरक्षण गर्न सवैले लाग्नु पर्ने बताए । आयोजनामा 

बोझोले ढाकिन लागेको पार्वतीकुण्डकाे सफाइ सुरु

Friday, May 30, 2025 0 Comments

रसुवा, आमाछोदिङमो गाउँपालिका–३ गत्लाङ गाउँमाथि अवस्थित पार्वतीकुण्डमा बोझाे नामक जडिबुडीले ढकिएर अस्तित्व नै समाप्त हुन लागेपछि कुण्डकाे सफाइ थालिएको छ । 

स्थानीय सामुदायिक वनका उपभोक्ता तथा पार्वतीकुण्ड ब्यवस्थापन समितिले डिभिजन वन कार्यालयको साहयोगमा परम्परागत पाठपुजा गरी कुण्डको सरसफाइ सुरुवात गरेको गरिएको स्थानीय चिदाेङ लामाले बताए । 

कुण्डको वरिपरि फैलिएको बोझो नामक जडिबुटीलाइ हटाएर कुण्डको सफाइ थाएिको  डिभिजन वन कार्यालयले जनाएको छ । यस कुण्डमा १०८ वटा धारा निर्माण गरिएको छ । 

यहाँ जनै पूर्णिमामा पाठपुजा गर्ने र नुहाउनेहरूको यात्रीको ठूलो भिड लाग्दछ । २ हजार ६ सय मिटरको उचाईमा रहेको यो कुण्डको संरक्षण र कुण्ड वरिपरि बनाइएका संरचनाहरूले यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत आर्कषण बढ्दै जान थालेको स्थानीय गतलाङ गेष्टहाउसका सञ्चालक फुर्पुसिङ्गी तामाङले बताए । बोझोले ढाक्न थालेपछि वर्षेनी बोझो हटाएर सफा गर्नुपर्छ तामाङले भने । 


धार्मिक तथा पर्यटकीय महत्व बोकेको कुण्डको संरक्षणलाई धार्मिक महत्व दिँदैे पार्वतीकुण्डमा विभिन्न अवसरमा श्रद्धालुको भीड लाग्ने गर्दछ । यस क्षेत्रमा पछिल्लो समय वनभोजका लागि समेत रोजाइमा पर्न थालेको छ । पाल्दोपिक, गणेश र साङजेन हिमाल तथा समथर घाँसेमैदान सोमदाङ उपत्यका, एवं धार्मिकस्थल जागेश्वर कुण्ड जस्ता क्षेत्रहरूमा यहाँबाट पदयात्रा गर्न सकिने भएकाले यसको संरक्षणमा स्थानीयहरू जुटेका हुन् ।

डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले एक कार्यक्रमका बीच स्थानीय चलन अनुसार पुजापाठ गरेर प्रसिद्ध धार्मिक स्थल पार्वती कुण्डको सरसफाइ गर्ने कार्यको शुभारम्भ भएको छ । 

सरसफाई कार्यमा कुण्डमा रहेको बोझो हटाउने, भरिएर रहेका माटो बालुवा हटाउने र वरपर झाडी सरसफाइ गर्ने जस्ता कार्य गरिने कुरा सब डिभिजन वन कार्यालय थाम्बुचेतका रेञ्जर सन्तोष तिम्सिनाले बताए । 

बोङजोमाने सामुदायिक वन उपभोक्ता समूह, ज्यार्सा गोठेन सामुदायिक वन उपभोक्ता समूह, आमाछोदिङ्मो–३ का वडा अध्यक्ष सुरेन्द्र तामाङ सहभागी थिए । 


तामाङ सम्पदा मार्गमा पर्ने पार्वतीकुण्डलाई पर्यटकको आकर्षणको केन्द्रको रूपमा विकास गर्न थालिएको छ । कुण्ड भित्र रहेको बोझोको कारण कुण्डको आकार घटेको र त्यहाँ रहेको मन्दिर समेत जीर्ण भएपछि गतवर्ष बागमती प्रदेशले सौन्दर्यमा समेत असर परेपछि स्थानीयले सरसफाइ थालेका हुन् । 

धार्मिक पर्यटनको लागि प्रसिद्ध पार्वतीकुण्डको सरसफाई कार्यका लागि नेपाली सेनाकाे श्री श्रीनाथ गण अन्तर्गत  मानचेत व्यारेकका जवानहरु, बोङ्जोमाने र  जार्सा गाेठेन सामुदायिक वन, थाम्बुचेत सव डिभिजन र स्थानीय समुदायको सहभागितामा सरसफाई रहेकाे थियाे । 



विद्यार्थी सुबिताको कृषि यात्रास् पढ्दै, कमाउँदै, रमाउँदै अकबरे खेतीमा

Friday, May 30, 2025 0 Comments

किसान हुँ भन्दा गर्व लाग्छ, कुनै लाज हैन

रसुवा, उत्तरगया गाउँपालिका, सानागाउँकी सुबिता गुरुङ विद्यार्थी जीवनसँगै कृषि कर्ममा होमिएकी एक प्रेरणादायी उदाहरण बनेकी छिन्। स्नातक तह पहिलो वर्षमा अध्ययनरत सुबिताले आफ्नो पढाइलाई निरन्तरता दिँदै व्यावसायिक अकबरे खुर्सानी खेतीबाट आफूलाई एक सफल युवा किसानको रुपमा स्थापित गर्ने लक्ष्य राखेकी छिन्।

गाउँमा २/३ जना आमाहरुले अकबरे खुर्सानी खेती सुरु गर्नुभएको थियो, त्यही देखेर मलाई पनि प्रेरणा मिल्यो,ू सुबिताले आफ्नो कृषि यात्राको सुरुवातबारे बताइन्। कृषिमा लाग्नुअघि उनले थ्री जी कटिङ्गु सम्बन्धी तालिम पनि लिएकी थिइन्, जसले उनलाई बिरुवाको उत्पादन बढाउन थप मद्दत पुर्‍याएको छ। हाल उनले करिब ७०० अकबरे खुर्सानीका बिरुवाबाट आफ्नो खेती सुरु गरेकी छिन्।

सुबिताको खेती प्रणाली पूर्णतया जैविक छ। लाही किराहरुले कहिलेकाहीँ दुःख दिने गर्छन्, त्यसको लागि जैविक झोल मलहरु प्रयोग गर्छु। हाम्रो बारीमा रासायनिक विषादीको प्रयोग हुँदैन, उनी भन्छिन् मलको लागि पनि उनले गाईवस्तुको गोबरमललाई नै प्राथमिकता दिएकी छिन्, जसले माटोको उर्वराशक्ति बढाउनुका साथै उत्पादनलाई स्वस्थ राख्न मद्दत गर्दछ।

पढ्दै गरेकी युवतीलाई कृषि पेसा रोज्नुको कारणबारे सोध्दा उनी भन्छिन्, पढ्दा पढ्दै के गर्ने, आफूलाई खर्च जोहो गर्न पनि सजिलो होस् र परिवारलाई पनि केही सहयोग गर्न सकिन्छ कि भनेर कृषि पेसामा लागेको हुँ। उनको यो सोचले युवाहरुमा उद्यमशीलता र आत्मनिर्भरताको भावना जगाउँछ।

उत्तरगया गाउँपालिकाले निःशुल्क बिरुवा उपलब्ध गराएर सहयोग गरेपछि सुबितालाई थप हौसला मिलेको छ। गाउँपालिकाले हामीलाई बिरुवा निःशुल्क दिनुभएको छ, यसले केही गरौं भन्ने भाव पैदा गरेको छ,उनले कृतज्ञता व्यक्त गरिन्।

आफूलाई किसान भनेर चिनाउन पाउँदा सुबिता गर्व महसुस गर्छिन्। किसान हुँ भन्दा गर्व लाग्छ, कुनै लाज हैन, उनको यो भनाइले कृषि पेसाप्रतिको सम्मान र आत्मविश्वास झल्काउँछ। भविष्यमा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुनेमा उनी आशावादी छिन् र बजारको खासै चिन्ता नभएको बताउँछिन्। सुबिताको यो प्रयासले अन्य युवाहरुलाई पनि कृषिमा लाग्न र आत्मनिर्भर बन्न प्रेरित गर्ने देखिन्छ।

स्राेत : कृषि सूचना 

बागमती प्रदेश राष्ट्रपति रनिङ शिल्डमा रसुवाबाट ७६ जना सहभागी हुँदै

Thursday, May 29, 2025 0 Comments



रसुवा, बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रसुवाबाट बिभिन्न खेलमा भागलिन ६४ जना छनाेट भएका छन् । 

दाेलखाकाे चरिकोटमा जेठ १७ गतेदेखि १९ गतेसम्म हुने बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रसुवाबाट १६ गते बिहान प्रस्थान गर्ने भएको छ। प्रतियोगिताका लागि भलिबल तर्फ  पुरुष ९, महिला ९, तेक्वान्दाेका लागि महिला ६, ६ पुरुष ,एथ्लेटिक्स ११ पुरुष, ११ महिला र कराँतेका तर्फ महिला  ६ जना, ६ पुरुष गरी ६४ खेलाडी र अफिसियल ११ र स्वास्थ्यकर्मी १ गरि जम्मा ७६ जना सहभागी  हुने जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष बिराज लाेप्चनले जानकारी दिए । 


निःशुल्क सिप विकास तालिम सन्चालन

Wednesday, May 28, 2025 0 Comments

रसुवा, महिलाहरुलाई सिप सिकाएर स्वरोजगार वनाउने उद्धेश्यले नुवाकोटमा युवा सिपमुलक कार्यक्रम सन्चालन गरिएको छ । सो कार्यक्रममा ८० प्रतिशत प्रयोगात्मक प्रशिक्षण दिइएको छ ।

वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषदले नुवाकोटका विभिन्न स्थानका युवा महिलाहरुलाई निःशुल्क सिप विकास तालिम सन्चालन गरेको हो । सो ६५ दिने प्रशिक्षण विदुर नगरपालिका -९ को लोनीमा सन्चालन भइरहेको छ ।

सहभागी २० जना युवा महिलाहरुलाई प्रशिक्षक शिला सुनुवारले सो कार्यक्रम  सिलाइकटाइका विभिन्न सिप सिकाइरहेकी छन् । याे तालिमले वेरोजगार युवा महिलाहरु स्वरोजगारमा क्रियाशील हुने अपेक्षा गरिएको छ ।

राम्चेमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

Wednesday, May 28, 2025 0 Comments

रसुवा, कालिका गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा महिनावारी मैत्री समाजका लागि सहकार्य भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता  दिवसको अवसरमा महिनावारी स्वस्थ्य तथा व्यवस्थापन विषयक वक्तृत्वकला प्रतियोगिता राम्चेमा सम्पन्न भयो । 

कालिका-१ स्थित सेतीभूमे माविका भएको सो कार्यक्रम ५१ जना विद्यार्थीले भाग लिएका थिए । जसमा सञ्जीला तामाङ  प्रथम, पुष्प तामाङ द्वितीय , चमेली तामाङ तृतीय, सागुना तामाङ र सोनाम बुट्टी तामाङले सान्त्वना पुरस्कार हात परेका थिए ।  

सेतीभूमे माविका प्रधानाध्यपक शिला मगरको अध्यक्षतामा स्वास्थ्यकर्मी रामप्रसाद ढकालद्वारा सञ्चालित कार्यक्रममा विशेष अतिथि का बा वडा अध्यक्ष कल्पना तामाङ र राम्चे स्वास्थ्य चौकी प्रमुख सबिना माझी लगायत सहभागी रहेका थिए ।  






जलवायु परिवर्तन सिर्जित मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यशाला

Wednesday, May 21, 2025 0 Comments

रसुवा, गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तरगत जलवायु परिवर्तन सिर्जित मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यशाला धुन्चेमा सम्पन्न भयाे । 

डिभिजन वन कार्यालयकाे आयोजना तथा सामुदायिक वन उपभाेक्ता महसंघसँगकाे समन्वय तथा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना राष्ट्रिय प्रकृती संरक्षण कोषकाे सहयाेगमा भएकाे हाे । कार्यक्रमा डिभिजनल वन अधिकृत शम्भु तामाङले सहजिकरण गरेका थिए । 

कार्याशालामा राष्ट्रिय प्रकृति संरक्षण कोषका जलवायु विज्ञ डा अनिता श्रेष्ठले स्वागत गरिन् । समुदाय तथा सुरक्षा निकायबाट सहभागीहरूले वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि मानिसले नै गम्भीर हुनुपर्ने , वन्य जन्तुकाे बासस्थान तथा आहारमा समस्या हुन नदिने वन्यजन्तुका विषयमा सचेत प्राणी भएका नाताले मानिसकै जिम्मेवारी रहने बताए । 



योजना तर्जुमा तथा सरोकारवालासँग अन्तरक्रिया

Wednesday, May 21, 2025 0 Comments

रसुवा, उधाेग तथा वाणिाज्य कार्यालय रसुवाकाे आयाेजनामा आ व ०८२/८३ को योजना तर्जुमा तथा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा सम्पन्न भयाे ।

उक्त कार्यालयका कार्यालय प्रमुख वृहस्पती तामाङको अध्यक्षता, जिल्ला समन्वय समिति उप प्रमुख विजय लामाको प्रमुख आतिथ्यमा, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङकाे विशिष्ट आतिथ्यताका साथै जिल्ला स्थित कार्यालयका प्रमुखहरु, सरोकारवालाहरु र गाउँपालिकाको उद्योग शाखामा कार्यरत कर्मचारी (उद्यम विकास सहजकर्ता ) सन्चारकर्मीहरूकाे उपस्थितीमा सम्पन्न भएकाे छ ।

मिचाहा प्रजाति व्यवस्थापन कार्याशाला सम्पन्न

Tuesday, May 20, 2025 0 Comments

रसुवा,  राष्ट्रिय प्रकृति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको सहयोग तथा  डिभिजन वन कार्यालको समन्वयमा  मिचाहा प्रजाति व्यवस्थापन कार्याशाला  धुन्चेमा सम्पन्न भयो ।

जिल्ला भरका सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, दलित, अपाङ्ता भएका, जनजाति, जनप्रतिनिधिहरू सहभागी थिए । कार्याशालामा डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले सहजिकरण गरेका थिए ।  कार्याशालामा राष्ट्रिय प्रकृति संरक्षण कोषका लक्ष्मण कुँवरले सञ्चालन गरेका थिए भने जलवायु विज्ञ डा अनिता श्रेष्ठले स्वागत गरिन् । 

सहभागीहरूले स्थानीय मिचाहा प्रजातिको पहिचान तथा मिचाहा प्रजाति व्यवस्थापन त्यसको असर र प्रभाव बारे छलफल गरेका थिए । 


नेपालमा वाह्य मिचाहा प्रजातिको तीव्र फैलावट अहिले एक गम्भीर पर्यावरणीय चुनौती बनिरहेको र  यसको व्यवस्थापनको अभावले कृषि, वन र वातावरणमा व्यापक असर पुर्‍याएको छ। सडक छेउ र आवास क्षेत्रबाट यी झारहरू कृषि क्षेत्रसम्म फैलिन थालेका छन्, जसले उत्पादनमा ठूलो नकरात्मक प्रभाव पार्न सक्छ। अझ, प्रभावकारी क्वारेन्टाइन निरीक्षणको अभावले नयाँ मिचाहा प्रजातिहरू  भित्रिरहेको बताइएकाे थियाे । 

विभिन्न वैज्ञानिक र अन्तर्राष्ट्रिय अनुभवहरूको आधारमा, नेपालका धेरै मिचाहा प्रजातिहरूको नियन्त्रण सम्भव रहेको कुरा सबैलाई जानकारी गराइएको छ। यस कार्यशालामा, सामुदायिक वन र स्थानीय तहका प्रतिनिधिहरूलाई मिचाहा प्रजातिको पहिचान र व्यवस्थापनमा सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ।

कार्यशालामा प्रस्तुत गरिएको सुझावहरू अनुसार, मिचाहा प्रजातिको व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकतामा राख्न आवश्यक रहेको छ, जसबाट यसको फैलावट र वातावरणीय नोक्सानलाई रोक्न सकिने समेत छलफल भयाे।



गोसाइँकुण्ड स्तुति

Monday, May 19, 2025 0 Comments


 

डा अनिता श्रेष्ठ

कविता


जय होस गोसाइँकुण्ड महाराज,
शिवको ध्यान जहाँ सधैं विराज।
हिमालको काख, शान्त स्वरूप,
तपस्वी हृदयको तिमी प्रिय रूप।

त्रिशूलले फोरेको पावन भूमि,
बगेको जलमा छ अमृत रुचि।
कालकुट विष पिएर शिवले,
तिमीमा शरण पाए प्रकृतिको हृदयले।

ओम् नमः शिवाय गुन्जिन्छ यहाँ,
भक्तजनको मन शुद्ध हुन्छ जहाँ।
अष्ट चिरञ्जीवीका वरदान स्वरूप,
तिमी शुद्धि, मुक्ति र ध्यानको रूप।

१०८ कुण्डको माला जस्तै,
तिमी रह्यौ पर्वतराज बीच सन्देश जस्तै।
धर्म, प्रकृति र श्रद्धाको मेल,
गोसाइँकुण्ड तिमी पवित्र स्थल बेलाबेल।

जय गोसाइँकुण्ड !
जय शिव शंकर!
जय शान्ति, तपस्या, मुक्तिको आधार !

दाेलखा

सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाकाे दाेस्राे परिषद सम्पन्न

Sunday, May 18, 2025 0 Comments


 

रसुवा, सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाकाे दाेस्राे जिल्ला  परिषद भेला सम्पन्न भयाे । 

भेलामा जिल्ला महासंघको आयोजनामा भएको परिषद् भेलामा प्रमुख अतिथि बागमती प्रदेश महासंघ उपाध्यक्ष लीलानाथ न्यौपानेले महासंघले गरेको अभियान बारे जानकारी गराउँदै सामुदायिक वन उपभोक्ता महासंघले उपभोक्ताहरुको अधिकार सुरक्षितका लागि लढेको बताउँदै वन समुहहरुले सक्रियताका साथ वन उद्यम तथा आयआर्जनका कामहरु गर्नुपर्ने बताए । 


बिशेष अतिथि डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले जिल्लाभर ७२ वटा हस्तान्तरित सामुदायिक वन भनिएपनि घटेर (गाभिएर) ६९ वटा भएको बताए । उनले ५६ वटा समुहका बिधान नभेटिएको, ५ वटा मात्र समुहले हालसम्म प्यान लिएको, कार्ययोजना समाप्त भएका ११, कार्ययोजना नभेटिएका २ समुह रहेको बताए । कतिपयले सिफारिस कति प्माण्पत्र, बिधान, कार्ययोजना अभावले प्यान लिन नसकेको बताए । 

न समुहमा छ न कार्यालयको अभिलेखमा छ उनले भने यो समस्या भो । सवै समुहको बिधान र कार्ययोजना बनाउनु छ । भेलामा सामुदायिक वन उपभाेक्ता समुह तथा स्थानीय महासंघबाट सहभागीहरूले समुहका समस्या तथा चुनाैतीहरू बारे छलफल गरेका थिए । 

भेलामा जिल्ला महासंघले गरेका कामहरूकाे समीक्षा गरी समुहकाे बिधान, कार्ययाेजना तथा लेखापरिक्षणकाे कामलाइ महत्व दिनुपर्ने बताए । 





साढे सात किलो सुन बरामद

Sunday, May 18, 2025 0 Comments

रसुवा, रसुवागढी नाकाबाट साढे सात किलोभन्दा बढी सुन बरामद गरिएको छ। चीनको सीमावर्ती बजार केरुङबाट ल्याउँदै गरिएको उक्त सुन भन्सार नाकामा जाँचको क्रममा प्रहरीले बरामद गरेको हो।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बरामद गरिएको सुन सात वटा बिस्कुट र केही साना टुक्राहरूमा रहेको छ। प्रारम्भीक अनुमान अनुसार सुनको तौल साढे सात किलोभन्दा केही बढी हुन सक्ने जनाइएको छ। सुनको परीक्षणको काम हाल जारी रहेको छ।


बा ४ ख ६२०१ नम्बरकाे स्याउ बोकेको कन्टेनरभित्र सुन लुकाइएको अवस्थामा भेटिएको हो। चालकको सिट नजिकै फल्स बटन बनाएर सुन लुकाइएको फेला परेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । 

चीनबाट अवैध सुन आइरहेको भन्ने सुराकीका आधारमा विशेष निगरानी राखिएको थियो। सोही आधारमा चेकजाँच गर्दा कन्टेनरभित्र लुकाइ राखिएको सुन फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ। बरामद गरिएको सुन भन्सार कार्यालयमा बुझाइएको छ भने घटनासँग सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएकाे छ। 



रसुवा मावि बाल कक्षामा उर्जा प्रवलीकरण

Friday, May 16, 2025 0 Comments

रसुवा, गोसाइँकुण्ड गाउँपालिका -६ धुन्चे स्थित रसुवा माविको बाल कक्षाकोठामा उर्जा प्रवलीकरण गरी हस्तान्तरण गरिएकाे छ । 

गोसाइँकुण्ड गाउँपालिका र यूराेपियन यूनियनकाे सहयाेगमा विन परियाेजनाले उर्जा प्रवलीकरण गरी हस्तान्तरण गरेकाे हाे । हिमाली क्षेत्रमा चिसाेबाट बालबालिकालाइ बचाउन न्यानाे कक्षा काेठामा सहज रूपमा पढाउन उर्जा प्रवलीकरण गरेकाे हाे । 

यस अघि नै निर्माणा भएकाे  बाल कक्षा काेठमा उर्जा प्रवलीकरण गरी न्यानाे बनाइएकाे र प्रमुख अतिथि जिल्ला समन्वय उप प्रमुख विजय लामाले विद्यालयका प्रधानाध्यापक तेम्पा रिसाङ घले समक्ष हस्तान्तरण गरेका हुन् । कार्यक्रममा गाउँपालिकाकाे ३ लाख ५० हजार समेत कुल १० लाख ७ हजार रूपैयामा उर्जा प्रवलीकरण गरिएकाे गाेसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ जानकारी दिए । । 

कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी अर्जुन पाैडेल, गाेसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङलगायतले धारणा राखेका थिए । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल,, गोसाँईकुण्ड गाउँपालिका  प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङ, रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा अच्युत पाैडेल, जनस्वास्थ्य प्रमुख, परियोजनाको टिम,सन्चारकर्मीहरूलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो  । 

कार्यक्रममा उर्जा प्रवलीकरण बारे जानकारी दिदै यसले काेठालाइ  गर्मीमा चिसाे र जाडाेमा न्यानाे राख्ने जानकारी दिइयाे । रसुवा मावि लगायत उच्च क्षेत्रका विद्यालयमा याे प्रबिधि प्रभावकारी हुने भएकाेले अन्यत्र पनि सहयाेग गर्न विन कार्यक्रममा सहभागीहरूले परियाेजनासँग अनुराेध गरेका थिए। 

अब चिसो मौसममा कारण विद्यालय जान नसक्ने उच्च हिमाली भेगका साना बालबालिकाका लागि न्यानो र सुरक्षित कक्षा कोठा पाएपछि सिकाइ सहज हुने भएकाे छ । प्रारम्भिक बाल विकास कक्षालाई ऊर्जा दक्ष प्रविधिबाट सुधार गरी नियमित पठनपाठन सुनिश्चित गर्ने प्रयास थालेको छ।

स्विच एशिया कार्यक्रमअन्तर्गत सञ्चालित बिन (बिल्डिङ इनर्जी एफिसियन्सी इन नेपाल) परियोजनाको प्राविधिक सहयोगमा निर्माण गरिएको यो कक्षा बालमैत्री, सुरक्षित र वातावरणमैत्री समेत छ। 



लोक कल्याणकारी सूचनामा पहुँचको माग गर्दै अकोराले बागमती प्रदेश सरकारलाइ बुझायाे १० बुँदे ध्यानाकर्षण

Friday, May 16, 2025 0 Comments

रसुवा, सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब० को बागमती प्रदेश समितिले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बिहीबार आज अकोराब बागमती प्रदेश समितिका अध्यक्ष दीपक लामाले मुख्यमन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । अकोराब बागमती प्रदेशले प्रदेशमा रहेका सबै एफएम रेडियोलाई लोक कल्याणकारी सूचना उपलब्ध गराउन माग गरेको छ । बागमती प्रदेश सरकारले सञ्चालन अनुमति दिन मिल्ने २ सय ५० वाट र ५ सय वाटका एफएम रेडियोलाई मात्रै लोक कल्याणकारी सूचना उपलब्ध गराउँदै आएको छ । 

सामुदायिक रेडियोको हकमा छुट्टै नीति निर्माण गर्न तथा नीति निर्माणमा सामुदायिक रेडियोको प्रदेश समितिसँग आवश्यक छलफल गर्न माग पनि गरिएको छ ।  १० बुँदे ध्यानाकर्षणपत्रमा अकोराबले समानुपातिक विज्ञापन नीति निर्माण गरी लागु गर्न, नीति निर्माण गर्दा महिला, दलित, आदिवासी, जनजाति, मुस्लिम, अल्पसङ्यक समुदायको समेत सहभागितामा सञ्चालित सामुदायिक रेडियोको हकमा विशेष सहुलियत उपलब्ध गराउन माग गरिएको छ । 

विपद्बाट आइपर्ने समस्यासँग जुध्न सामुदायिक रेडियोको लागि छुट्टै विपद् व्यवस्थापन कोषको स्थापना गर्न, सामुदायिक रेडियोको पूर्वाधार विकास, अप्ठ्यारोमा परेका रेडियोका लागि उपकरण खरिदमा अनुदान, स्वयंसेवी पत्रकारिता सम्बन्धी तालिम तथा जागरण कार्यक्रम र दक्ष जनशक्ति उत्पादनका लागि तालिम र कार्यशालाका कार्यक्रम सञ्चालन गर्न विशेष सहयोग उपलब्ध गराउन माग गरिएको छ ।

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्दा सामुदायिक रेडियो प्रसारक संघ प्रदेश समितिको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्न पनि अकोराबले ध्यानाकर्षण गराएको छ । प्रदेशको पर्यटन प्रवद्र्धन, सामाजिक सौहाद्र्धता अभिवृद्धि तथा सचेतना अभिवृद्धिका लागि अकोराबले प्रदेश सरकारसँग ५ बुँदे सहकार्यको प्रस्ताव पनि गरेको छ ।

अकोराब बागमती प्रदेश समितिले रेडियोमार्फत प्रदेशका पर्यटकीय तथा अ‍ैद्योगिक विकासमा सहयोग पुर्‍याउनका लागि सार्वजनिक सूचना तथा कार्यक्रम प्रसारण गर्न विशेष बजेटको व्यवस्था गर्न आग्रह गरिएको छ ।प्रदेशमा विद्यमान सामाजिक विभेद तथा कुरीतिको अन्त्यका लागि सामुदायिक रेडियोहरू निरन्तर रूपमा क्रियाशील रहने प्रतिबद्धता जनाउँदै अकोराबले यस्ता कुरीति अन्त्यका लागि सामुदायिक रेडियोलाई साथमा लिएर अभियान सञ्चालन गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।

‘मुख्यमन्त्रीसँग जनता कार्यक्रम’लाई प्रदेशका रेडियोमा एउटै समयमा प्रसारण गर्ने गरी सहकार्यको प्रस्ताव पनि अकोराबले गरेको छ । विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न र त्यस्ता कार्यक्रमहरू सामुदायिक रेडियोमार्फत प्रदेशभर प्रसारण गर्नका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

अकोराब बागमती प्रदेश समितिको ध्यानाकर्षणपछि मुख्यमन्त्री बहादुर सिंह लामाले व्यवस्थित र दीर्घकालिन योजना बनाएर अकोराबसँग मिलेर काम गर्न सकिने बताउनुभयो ।

प्रभावकारी योजना बनाएर काम गर्नुपर्ने उल्लेख गर्नुहुँदै प्रदेश सरकारको प्राथमिकताअनुसार साझेदारी गरेर अगाडि बढ्ने बताउनुभयो ।

मुख्यमन्त्रीलाई ध्यानाकर्षण बुझाउन अकोराब केन्द्रीय समिति सदस्य ध्रुबराज ढकाल, प्रदेश समितिका सचिव आशिष ठकुरी, सदस्य रामचन्द्र पौडेल, नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य गणेश दूलाल, रेडियो निकासका स्टेशन म्यानेजर सुरेश श्रेष्ठ पुग्नुभएको थियो ।

अकोराब बागमती प्रदेश समितिले प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा पनि सहकार्यको प्रस्ताव पेश गरेको छ ।

कालिका हिमालय माविकाे स्वर्ण जयन्तीमा संचारकर्मीहरू पूर्व विद्यार्थी तथा समाजसेवीहरू सम्मानित

Monday, May 12, 2025 0 Comments
रसुवा, कालिका हिमालय माविकाे स्वर्ण जयन्तीकाे अवसरमा यस विद्यालयका पूर्व विद्यार्थी पत्रकारहरू पूर्व विद्यार्थी तथा समाजसेवी, शिक्षक, पूर्व प्रअहरूलाइ सम्मानित गरिएकाे छ । 

सम्मानित हुनेहरू पूर्व विद्यार्थी तथा पत्रकारहरूमा हिमाल मिडियाका रमेशकुमार न्यौपाने,अन्नपूर्ण पाेस्ट्रका जिल्ला प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ रसुवाका पूर्व अध्यक्ष हेमनाथ खतिवडा, कान्तिपुर मिडियाका बलराम घिमिरे, सगरमाथा टिभीका राधिका लो तामाङलाइ पत्रकारितामार्फत योगदान गरेकाेमाा सम्मान पत्रद्वारा प्रमुख अतिथि उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान शिंहले सम्मानित गरेका हुन् । 




सम्मानित हुनेहरूमा विद्यालयका संस्थापक अध्यक्ष उत्तम प्रसाद न्यौपाने, सदस्य  बागदल मोक्तान, सदस्य  अमर बहादुर ढकाल, विद्यालय व्यवस्थापन समितिका हालसम्मका अध्यक्षहरू खेसम बहादुर मगर, बालचन्द्र पौडेल,  भवानी प्रसाद ढकाल, रेबकुमार पौडेल, प्रेमबहादुर तामाङ, कृष्णबहादुर आचार्य, मेघनाथ घिमिरे, बिक्रम लोप्चन, तारा अधिकारी कार्की, उमेश बहादुर न्यौपाने, शिक्षाको चौतार्फी विकासमा योगदान गर्ने नबराज आचार्य एसिया अनलुस , तोयानाथ न्यौपाने  दुर्गाप्रसाद न्यौपाने रसुवा रसुवा ट्रेक्स एण्ड एक्सपीडिसन प्रा लि,लाइ पनि सम्मान पत्र प्रदान गरिएकाे थियाे । 

साे अवसरमा पूर्व विद्यार्थी तथा साहित्यकार दिपा न्याैपानेलाइ पनि सम्मान गरिएकाे थियाे । त्यसै गरी राजनीति क्षेत्रबाट समाजसेवामा महत्वपूर्ण योगदान गर्नुहुनेमा संबिधानसभा सदस्य तथा पूर्व विद्यार्थी जनार्दन ढकाल, पूर्व बागमती प्रदेश सभा सदस्य शान्ति थिङलाइ पनि प्रमुख अतिथिले सम्मान पत्र र खादाले सम्मानित गरे ।


  

सम्मानित हुनेहरूमा दुर्गाप्रसाद पौडेल धैबुङ्ग गा पं पूर्व प्रधानपञ्च, रामप्रसाद ढकाल धैबुङ्ग गाविस पूर्व अध्यक्ष  तिर्थराज न्यौपाने धैबुङ्ग गाविस पूर्व अध्यक्ष , माधब प्रसाद अर्याल उत्तरगया गाउँपालिका अध्यक्ष, कालिका गाउँपालिका का. वा. अध्यक्ष तथा ब्यवस्थापन समितिमा समेत लामो समय रहेर सेवा प्रदान गर्नुहुनेभवानीप्रसाद न्यौपाने ,  सिता पौडेल अधिकारी कालिका गाउँपालिका पूर्व अध्यक्ष, सरस्वती रिजाल खडका किर्तिपुर नगरपालिका पूर्व उप प्रमुख , हरिकृष्ण देवकोटा कालिका गाउँपालिका अध्यक्ष , मिरा लामा कालिका गाउँपालिका उपाध्यक्ष, ठाकुरप्रसाद देवकोटा कालिका ४, सुधुराम पौडेल कालिका ५,भिम बहादुर तामाङ कालिका गाउँपालिका १ ,र  मंगलमान तामाङ कालिका ४ रहेका छन् । 



कालिका हिमालय माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको उद्घाटन समारोहलाई संम्बोधन गर्दै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारलाई स्थायित्व दिएर देश विकासमा योगदान गर्न नेकपा एमाले सँग सहकार्य गरिएको बताए । राज्यलाई अस्थिर बनाएर मौका छोप्ने हरू देखा परेपछि काँग्रेसले टुलुटुलु हेर्न नसकी स्थिरतासँगै विकासमा गति दिन यो गठबन्धन गरिएको उनले बताएका हुन् । 

उपप्रधानमन्त्री सिंहले भने “यस अगाडि बनेका सरकार धेरै समय टिकेनन्, छिनछिनमा परिवर्तन भए, जनताले पनि आवाज उठाउन थाले, एउटा स्थितरता दिनका लागि दुई दल मिलेर सरकार गठन ग¥यौँ, त्यसमा अन्य पार्टीहरूले पनि साथ दिएका छन्, हामी नागरिकका समस्यालाई प्राथमितामा राखेर काम गर्न थालेका छौँ यसले परिणम अवस्य ल्याउने छ । 



प्रतिनिधि सभाका सदस्य मोहन आचार्य, प्रतिनिधि सभाका सदस्य राजन केसी तथा संबिधान सभा सदस्य जर्नादन ढकाल, बागमती प्रदेशसभा सदस्य प्रभात लामा, इन्द्र गाेतामेलगायतले मन्तब्य दिएका थिए । 

कार्यक्रममा पूर्व विद्यार्थी नेपाल प्रहरीका प्रहरी नावय महानिरीक्षक दिनेश आयार्य, अधिकृत तहका हरिप्रसाद भट्ट,  अणप्रसाद पौडेल, बुद्धिनाथ न्यौपाने,  गोबिन्द प्रसाद आचार्य,  मीननाथ पौडेल,  ई बिकेश न्यौपाने, डा प्रियांका भट्ट,  सुनिता न्यौपाने, नारायण प्रसाद पाैडेल, डा प्रभा मोक्तान, नरनाथ न्यौपाने, ध्रबराज न्यौपाने, क्याम्पस प्रमुख  कमलनाथ आचार्य, झंकनाथ न्यौपाने, केशब रिजाल, शिक्षक (अधिकृत स्तर ), राजन न्यौपाने, पवन पौडेल,  नबराज घिमिरे, बिन्दा न्यौपाने, तारानाथ न्यौपाने, देवकीदेवी न्यौपाने, राधा पाण्डे, होमप्रसाद देवकोटा, माधबप्रसाद लामिछाने, शिब देवकोटालाइ सम्मानित गरिएकाे थियाे । 


कार्यक्रममा कुटनीति नियोग तर्फका राजकुमार भट्ट , राजु न्यौपाने र लाक्पा तामाङ र शिक्षक श्यामप्रसाद नेपाल, चोपप्रसाद न्यौपाने, डिल्लीराज घिमिरे, कृष्ण प्रसाद लामिछाने, खेलकुद क्षेत्रका जिल्ला खेलकुद क्षेत्र विकास समिति अध्यक्षहरु हरिप्रसाद ढकाल, सुजन न्यौपाने,  दावा तामाङ, बिराज तामाङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त खेलाडी कुमार नगराकोटी कराते स्वर्ण, सुरज न्यौपाने कराते स्वर्ण, मनिष श्रेष्ठ कराते स्वर्ण, गौरव आचार्य कराते स्वर्ण , विशाल घले कराते काष्य, काल्साङ तामाङ म्याराथुनलाइ सम्मानित गरिएकाे थियाे । 



कार्यक्रममा प्रधानाध्यापक राधा पाण्डेले विद्यालयकाे तर्फबाट प्रतिवेदन प्रस्तुत गरिन् । विसं २०३२ मा स्थापना भएको कालिका हिमालय माविमा हाल शैक्षिक सत्रमा ७ सय बढी विद्यार्थी अध्ययनरत रहेका छन्। 
 
विद्यालयका शिक्षिका पार्वती आचार्यले एकलाख रूपैयाँकाे अक्षय काेष स्थापना गर्न चेक हस्तान्तरण गरिन भने कालिका हिमालय एसएलसी ब्याच २०५६ बाट १ लाख १७ रूपैयाँ प्रदान गरेका छन् । 

साे अवसरमा छत्र भजन तथा स्थानीय परम्परागत साँस्कृतिक कार्यक्रम भएकाे थियाे । त्यसै गरी श्याम प्रसाद नेपालले पनि १ लाख ५ सय रूपैयाँकाे अक्षय काेष स्थापना गरेका छन् ।  कालिका गाउँपालिका अध्यक्ष तथा  स्वर्ण जयन्ती २०८२ मूल समारोह समिति संयाेजक हरिकृष्ण देवकोटाले सबैलाइ धन्यवाद दिएका थिए । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, पत्रकार, समाजसेवी, शिक्षक, विद्यार्थी, अभिभावकलगायतकाे सहभागिता रहेकाे थियाे । 


कदर पत्रद्वारा सम्मानित हुनेकरूकाे सूची

१ नेपाल स्वंसेवी रक्तदाता समाज जिल्ला शाखा रसुवा, अध्यक्ष श्री रामशरण गजुरेल (निशान)
२ कालिका हिमालय एस.एल.सी. २०५६ ब्याच, कालिका–२ रसुवा, अध्यक्ष श्री राम प्रसाद ढकाल
३ श्री धैबुङ्ग कालिका खैजडी भजन कृतन समाज कालिका ३ रसुवा, अध्यक्ष श्री भूमिनन्द न्यौपाने 
४ श्री उत्पन्नेश्वर भजन समुह कालिका –५ रसुवा, अध्यक्ष , श्री पुष्पराज देवकोटा 
५ श्री नीलकण्ठ भजन समुह कालिका– ५ रसुवा, श्री भवनाथ पौडेल
६ श्री महांकाली देवी भजन कालिका–४ रसुवा, अध्यक्ष श्री ध्रुब प्रसाद पौडेल
७ श्री ठूलीभूमे भजन समुह, अध्यक्ष श्री हरिप्रसाद न्यौपाने 
८ श्री महांकाली पञ्चेबाज समुह, अध्यक्ष श्री रामकुमार देवकोटा 
९ श्री तल्लोरुप्सेपानी पञ्चेबाजा समुह, श्री मान वहादर तामाङ
१० श्री गैरीगाउँ चौतारा भक्ति अनुष्ठान,कालिका–५, समुह अध्यक्ष श्री दुर्गा देवी देवकोटा 
११ श्री टासीलिङ्ग गोम्बा लामा प्रमुख लामा कालिका–२, श्री दावा पासाङ लामा 
१२ श्री कालिका हिमालय पूर्व विद्यार्थी समाज, अध्यक्ष श्री झंकनाथ न्यौपाने
१३ श्री कालिका हिमालय एसएलसी २०५८ ब्याच, रसुवा
१४ श्री रेडियो लाङटाङ ९०.३ मगाहर्ज कालिका–२ रसुवा
१५ श्री रेडियो रसुवा १०२.१ मेगाहर्ज गोसाइकुण्ड–६ रसुवा 

कालिका हिमालय माध्यमिक विद्यालयले स्वर्ण उत्सव मनाउदै

Sunday, May 04, 2025 0 Comments


 रसुवा, रसुवाको कालिका हिमालय माध्यमिक विद्यालयले  स्वर्ण उत्सव मनाउने भएको छ। विद्यालयले स्थापनाकाे ५० वर्षकाे अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी स्वर्ण महोत्सवका रूपमा मनाउने घोषणा गरेको हो।

कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटाकाे अध्यक्षातामा मूल समिति गठन गरी स्वर्ण उत्सव मनाउन तयारी थालेकाे छ । यस अवसरमा विद्यालयले स्मारिका लाेकार्पण तथा विविध सांस्कृतिक, खेलकुद र शैक्षिक गतिविधि गर्ने जनाएको छ। स्वर्ण जयन्तीलाई सफल बनाउन मूल समारोह आयोजक समिति गठन गरिएको छ। प्रमुख अतिथीका रूपमा राष्ट्रपति रामचन्द्र पाैडेल आउने विद्यालय जनाएको छ । 


कालिका हिमालय माध्यमिक विद्यालय २९ वैशाख २०३२ मा स्थापना भएको थियो र यसले ५० वर्षको यात्रामा शिक्षा र समूदायका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको प्रअ राधा पाण्डेले जानकारी दिए ।  पाण्डेका अनुसार यो सबै कार्यगर्न आर्थिक सहयोगको लागि सहयाेगी, सराेकारवाला तथा पूर्वविद्यार्थीलाई अनुरोध गनुभएको छ ।



जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण

Friday, May 02, 2025 0 Comments

 


रसुवा, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण कार्यक्रम कालिका   गाउँपालिकामा सम्पन्न भयो । 

राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अन्य राष्ट्रिय सरोकारवालाहरूसँगको सहकार्यमा हरित जलवायु कोषको सहायतामा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना क्षेत्रमा संकटासन्न समुदाय तथा पारिस्थतिकीय प्रणालीको जलवायु उत्थानशीलता सुधार ल्याउने, जलवायुजन्य विपद्, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, प्रकृतिमा आधारित समाधान, जलवायु उत्थानशिलता, जलवायु कोडिङलगायतका विषयहरूमा स्थानीय सरकार र नागरिक समाजका प्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको गैसस महासंघ रसुवाले जनाएको छ ।


जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास, क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा  विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा समेत छलफल भएको थियो । 


जलवायु परिवर्तन अहिलेको निकै जल्दोबल्दो विषय भएकोले सबैले सचेत हुनुपर्ने बताए ।  सहभागीहरूले समयमा हिउँ तथा पानी नपर्ने जस्तो समस्या देखा परेको वातावरण संरक्षण र वनमा हुने डँढेलो नियन्त्रण गर्नुपर्ने बताए । कार्यक्रममा गाउँ पालिका, जनजाति, विपद ब्यवस्थापन कोष, मध्यवर्ती तथा सामुदायिक वन समुहको प्रतिनिधित्व रहेको थियो । 

कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले मानवले प्रदुषण गरेको कारण जीव जीवात्मा समेत असर पारेको बताए । उनले रैथाने बाली उत्पादन घटेकोले हाइब्रीड बीउले रैथाने बीउ नै मासिएको बताए । जलवायु परिवर्तनका कारण वनजंगल बढेपनि पानीको स्रोत कम भएको बताए । 

सहभागीहरुले यसवर्ष वर्षात बढी हुने प्रक्षपण भएकोले पहिरोको जोखिम बढ्ने बताए । कार्यक्रममा उपाध्यक्ष मिरा लामा, वडा फाणिन्द्रप्रसाद न्यौपानेलगायतले समयमा हिउँ तथा पानी नपर्ने जस्तो समस्या देखा परेको वातावरण संरक्षण र वनमा हुने डँढेलो नियन्त्रण गर्नुपर्ने बताइन् । कार्यक्रममा गाउँपालिका कर्मचारी, जनप्रतिनिधि, जनजाति, विपद् ब्यवस्थापन कोष, आदिवासी जनजाति तथा सामुदायिक वन समुहको प्रतिनिधित्व रहेको थियो। सहभागीहरूले पिउनेपानी दुषित भएकाे, पशुमा बाँझाेपन र कृषिमा हेपाहा प्रजाती बढेकाे बताए । 

जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास , क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा  विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा गैसस महासंघ नेपाल जिल्ला शाखा, रसुवाको आयोजनामा भएको कार्यक्रममा सहजकर्ता हेमनाथ खतिवडा र गायत्री  रिमालले सहजिकरण गरेका थिए । 

यस्तै छलफल गाेसाइकुण्ड गाउँपालिकामा पनि भएकाे छ । हालसम्म ५ वटै गाउँपालिकामा  जनप्रतिनिधिहरू तथा सराेकारवालाहरू सहभागी गराइ जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण गरेकाे महासंघका काेषाध्यक्ष गायत्री लामिछानेले बताइन् । 





आमाछोदङिमो गाउँपालिकामा जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण सम्पन्न

Friday, May 02, 2025 0 Comments


 रसुवा, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण कार्यक्रम चैत २५  गते आमाछोदङिमो  गाउँपालिकामा सम्पन्न भयो । 

राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अन्य राष्ट्रिय सरोकारवालाहरूसँगको सहकार्यमा हरित जलवायु कोषको सहायतामा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना क्षेत्रमा संकटासन्न समुदाय तथा पारिस्थतिकीय प्रणालीको जलवायु उत्थानशीलता सुधार ल्याउने, जलवायुजन्य विपद्, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, प्रकृतिमा आधारित समाधान, जलवायु उत्थानशिलता, जलवायु कोडिङलगायतका विषयहरूमा स्थानीय सरकार र नागरिक समाजका प्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको गैसस महासंघ रसुवाले जनाएको छ ।

सहभागीहरूले जलवायु परिवर्तनले अहिले नै पानीको मूल सुक्दै गएकोले पानीको समस्या देखा गर्न थालेको बताए । कार्यक्रमबाट गाउँ कार्यपालिका सदस्य ज्ञानु बिकले जलवायु परिवर्तन बारे नयाँ कुरा थाहा भएको बताइन् । 


जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास, क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा  विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा समेत छलफल भएको थियो । 

जलवायु परिवर्तन अहिलेको निकै जल्दोबल्दो विषय भएकोले सबैले सचेत हुनुपर्ने बताए ।  अध्यक्ष  घलेले समयमा हिउँ तथा पानी नपर्ने जस्तो समस्या देखा परेको वातावरण संरक्षण र वनमा हुने डँढेलो नियन्त्रण गर्नुपर्ने बताए । कार्यक्रममा गाउँ पालिका, जनजाति, विपद ब्यवस्थापन कोष, मध्यवर्ती तथा सामुदायिक वन समुहको प्रतिनिधित्व रहेको थियो । 

जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास , क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा  विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा गैसस महासंघ नेपाल जिल्ला शाखा, रसुवाको आयोजनामा भएको कार्यक्रममा सहजकर्ता हेमनाथ खतिवडा र गायत्री  रिमालले सहजिकरण गरेका थिए । 







कृत्रिम बौद्धिक (एआई) प्रविधिबाट छातीको एक्स-रे सेवा सुरु

Thursday, May 01, 2025 0 Comments

रसुवा, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले जिल्लामै पहिलोपटक क्षयरोग (टीबी) पहिचानका लागि कृत्रिम बौद्धिक (एआई) प्रविधिबाट छातीको एक्स-रे परीक्षण सेवा सुरु गरेको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, थिमी, भक्तपुरको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको उक्त अभियान दुई चरणमा सम्पन्न भएको हो।

पहिलो चरणमा वैशाख १६ गते वडा नं ५ स्याफ्रुबेँसी स्वास्थ्य चौकीमा आयोजित १ दिने शिविरमा १४४ जनाको छाती परीक्षण गरिएको थियो, जसमा १५ जनामा सम्भावित क्षयरोग देखिएको छ। दोस्रो चरणमा वैशाख १७ गते वडा नं ६ धुन्चे स्वास्थ्य चौकीमा १८६ जनाको परीक्षण गर्दा २८ जनामा सम्भावित संक्रमण देखिएको गाेसाइकुणड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताए दुई दिनको अवधिमा जम्मा ३३० जनाको छाती परीक्षण हुँदा ४३ जनामा क्षयरोगको सम्भावना देखिएको गाउँपालिकाले जनाइएको छ। 

गोसाइँकुण्ड स्वास्थ्य शाखाका प्रमुख विमल घिमिरेका अनुसार, प्रारम्भिक परीक्षणमा सम्भावित देखिएका बिरामीहरूलाई जिन–स्पट परीक्षणमार्फत थप पुष्टि गरिनेछ। संकलित नमुना त्रिशूली र भक्तपुरस्थित राष्ट्रिय क्षयरोग परीक्षण प्रयोगशालामा पठाइनेछ। पुष्टि भएपछि ती बिरामीलाई निःशुल्क औषधि तथा उपचार सेवामा समावेश गरिनेछ।

घिमिरेका अनुसार, एआई एक्स-रे प्रविधिको प्रयोगले समुदायमा लुकेका संभावित बिरामीहरूलाई छिटो र प्रभावकारी रूपमा पहिचान गर्न मद्दत पुगेको छ।

स्वास्थ्य क्षेत्रमा प्रविधिको उपयोग गर्दै समुदाय स्तरमै क्षयरोग नियन्त्रणमा टेवा पुर्‍याउने यो पहल रसुवा जिल्लाको लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ।

कफी खेतीबाट वार्षिक ३ लाख आम्दानी

Thursday, May 01, 2025 0 Comments




सरस्वती न्याैपाने

रसुवा, जीवनभर कृषिको सेवा गर्ने प्रतिवद्धता राख्ने ७६ वर्षीय निमावाङदी तामाङले कफी खेतीबाट वार्षिक ३ लाख रुपैयाँ आम्दानी गरिरहेका छन्। 

नौकुण्ड गाउँपालिका -४ दनुस्वाराका बासिन्दा तामाङले २०४५ सालदेखि नै कफी खेती गर्दै आएका हुन्।  पाल्पाकाे तानसेनबाट कफी खेतीको तालिम लिएर आएपछि उनले तानसेन, दोलखा लगायतका ठाउँबाट कफीका बिरुवा ल्याएर यहाँ रोपेका थिए। आज उनको प्रयासले रसुवा र नुवाकोटका धेरै ठाउँमा कफी खेती फैलिएको छ।

आफ्नै ८ रोपनी भिरालो जमिनमा उनले एक हजार कफीका बोट रोपेका छन् । लिची, आँप, सुन्तला लगायतका फलफूल पनि लगाएका छन्। ‘जीवन रहुन्जेल कृषि पेसामै लागि रहन्छु’‚ उनी भन्छन्, ‘२०४५ देखि २०८२ सम्ममा धेरै रोपे, धेरै मरे, तर अहिले एक हजार बोट कफी छन् ।

उनले सुरु गर्दा कसैले कफी खेती गरेका थिएनन्, तर आज धेरै युवा उनको प्रेरणाले यसलाई आम्दानीको श्रोत बनाएका छन्। लामाे समयदेखिकाे निरन्तरताले सफलता मिल्ने रहेछ तामाङले भने । 

७६ वर्षको उमेरमा पनि उनी जोससाथ काम गर्छन्। ‘मैले धेरै पढेको छैन, तर अनुभवले नै सबैले मलाई ‘ज्येष्ठ अगुवा कृषक’ भनेर सम्मान गर्छन्,’ उनले भने। उनको लगनशीलताले युवापुस्तालाई पनि गाउँमै रोजगारी सिर्जना गर्न प्रेरित गरेको छ।

वैदेशिक रोजगार र सहरिया जीवनतिर धानिएका युवालाई गाउँमै आर्थिक अवसर छ भन्ने देखाउन उनी सफल भएका छन्। कफी खेतीबाट खर्च कटाएर वार्षिक ३ लाख कमाउने उनको उदाहरणले अरूलाई पनि प्रेरित गरिरहेको छ।

नौकुण्ड गाउँपालिकाका वडा अध्यक्ष ज्ञानी वाइबाले ‘गाउँपालिकाको अग्रज कृषक’ भनेर सम्मान गरेका छन् । उपाध्यक्ष चन्द्रबहादुर ग्लानले उनको ईमान्दारी र परिश्रमलाई सलाम गरेका छन्। उनको ‘गोसाईंकुण्ड कफी उद्योग’ लघु उद्योग समूहबाट उत्पादन र विक्री हुँदै आएको छ।

उमेर वा अवस्थाले सफलताको बाटो रोक्न सक्दैन। कफी खेतीलाई आफ्नो जीवनको मिसन बनाएर उनले गाउँमै आत्मनिर्भरताको उदाहरण कायम गरेका छन्।