'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

धार्मिक गन्तव्य : पार्वतीकुण्ड अर्थात् आमाछोदिङ्‍मो

मानोसरोबर दर्शनपछि पुग्नैपर्ने ठाउँ

प्रसिद्द साञ्जेन खर्क, साञ्जेन हिमाल, गणेश हिमालको काखमा अवस्थित पार्वतीकुण्ड मेला लाग्ने हिशाबले हेर्दा गोसाइँकुण्ड पछि दोस्रो स्थानमा पर्दछ ।

    पार्वतीकुण्डको परिचय

    -- रसुवा जिल्लाको आमाछोदिङ्मोक गाउँपालिकाको गतलाङको सिरानमा अवस्थित पार्वती कुण्ड अर्थात् आमाछोदिङ्मोो धार्मिक तथा पर्यटकीय स्थल हो । यही तालको नामबाट यहाँको गाउँपालिकाको नामाकरण पार्वतीकुण्ड वा आमाछोदिङ्मो गाउँपालिका रहन गएको छ । राज्य पुनर्संरचना हुँदा पार्वतीकुण्ड गाउँपालिका भनिए पनि पहिलो निर्वाचित गाउँसभाले नाम संशोधन गर्न सिफारिस गरी पठाए अनुसार स्थानीय भाषा अनुसार यस गाउँपालिकाको नामाकरण आमाछोदिङ्मो रहन गएको हो ।

    -- स्थानीयहरू पार्वतीलाई आमा र कुण्ड वा ताललाई छोदिङ्मोा भन्दछन् । भूकम्प अघि कालो छाना भएको गाउँको रूपमा चिनिएको गतलाङ गाउँको सिरानमा अवस्थित यो कुण्ड २५५० मी उचाईमा रहेको छ ।

    -- यो कुण्डको धार्मिक कथन गोसाइँकुण्डको जस्तै हिन्दु र बौद्द धर्मको फरक फरक रहेको छ । हिन्दु धर्मको धार्मिक कथन अनुसार बैदिक युगमा देवता र दानव मिली समुद्र मथन गर्दा निस्केको 'हलाहल' नामक कालकूट विषले संसार दग्ध गर्न लाग्दा विश्वको रक्षार्थ सो विषलाई भगवान शिवजीले निल्न खोज्दा घाँटीमा अड्कन गयो । घाँटीमा अड्केको विषको डाहाले शिवजीको घाँटी (कण्ठ) नीलो भएको कारण उनलाई 'नीलकण्ठ' भनिएको हो । घाँटीमा अड्केको 'हलाहल' नामक कालकूट विषका कारण डाहा भई सो डाहा शान्त पार्न भगवान शिवजी नेपालका विभिन्न स्थललाई तीर्थाटन बनाई रसुवा आईपुगे ।

    -- शिवजी गोसाइँकुण्ड आउनुभएपछि उनको खोजीमा पार्वती यस ठाउँमा आई विराजमान भएको स्थानीयहरू बताउँछन् , सोही कथन अनुसार यस कुण्डलाई पवित्र मानिदै, स्नान गर्दा मुक्ति मिल्ने विश्वास छ ।

    -- स्थानीय लामागुरू तथा र बुढापाकाहररूका अनुसार बौद्द धर्मका "गुरू" गुरु पद्मसंभप (गुरु रिम्पोर्छे) ले मानव समुदायको सुख शान्ति, अस्तित्व र मुक्तिको लागि ज्ञान आर्जन गर्न र सिङ्गो मानव समुदायको मोक्षको लागि हिमालय क्षेत्रमा तपस्या गरे । तपस्याको सुरूवातमा "सगुन"को लागि र तपस्या गरि सके पछि स्नान गर्नको लागि सबैभन्दा पवित्र जलको आवश्यक पर्ने ठानी सबै भन्दा पवित्र जल पत्ता लगाउने क्रममा हिमालय क्षेत्रको पवित्र जलमध्ये, सबैभन्दा पवित्र जल यस कुण्डको रहेको पत्ता लाग्यो । त्योसँगै पत्ता लागेका अन्य पवित्र जलहरूमा भारतको हिमाञ्चल क्षेत्रमा रहेको "छोपेमा" पनि पर्दछ ।



    -- यसरी 'सगुन' र स्नान दुबैका लागि यी पवित्र जलहरू पत्ता लागेपछि माथि उल्लेखित मोक्ष प्राप्त गर्न सम्भव भएको हो भन्ने विश्वास रहीआएको छ । पवित्र हुनाले यहाँ स्नान गर्दा मोक्ष हुने जनविश्वासका साथ अहिले पनि मानिसहरू यहाँ नुहाउन र पूजापाठ गर्ने गर्छन् । गोसाइँकुण्ड जस्तै उत्पत्ति कसरी भयो भनेर नभनिए पनि जनश्रुतिमा आएका कथनले यसको महत्व स्थापित गर्दछ ।

    --पछिल्लो समय मानोसरोबर तीर्थ गएर आउने भारतीय तीर्थालुहरू यस कुण्डमा पनि स्नान गर्न आउने गरेका छन् । भारतको हिमाञ्चलमा अवस्थित 'छोपेमा' र पार्वतीकुण्डको सम्बन्ध रहेको हुनाले पनि भारतीय तीर्थालुहरू यहाँ आउने गर्दछन् ।


    -- टिमुरेभन्दा माथि रहेको दुधकुण्ड (पेदाङ्छो) र यस पार्वतीकुण्ड दिदीबहिनी हुन् भनेर भनिएको छ ।


    पार्वतीकुण्ड र वरपरका क्षेत्रको महत्व र आकर्षण

    -- तामाङ सम्पदा मार्गले परिचित क्षेत्रमा पर्ने यो कुण्डका वरपर घना वन क्षेत्र रहेको छ । तामाङ संस्कृति, हिमश्रृङ्खला, तामाङ वस्ती, भेषभूषा आदि यहाँका आकर्षणहरू हुन् । गतलाङेहरू अतिथि सत्कारमा विशेष जुट्ने गर्दछन् । यहाँ आउने पर्यटक वा तीर्थालुहरूको स्वागत तथा मनोरञ्जनका लागि सांस्कृतिक क्रियाकलापहरू गर्ने गर्दछन् । जसका कारण पर्यटकहरूलाई आकर्षण गरिरहेको हुन्छ ।

    -- यहाँ वरपर रहेका ठूलाठूला गगनचुम्बी खस्रु, लालीगुँरास र काल्तोका बृक्षको दृश्य पनि मनमोहक नै हुन्छ । नजिकै रहेको ज्यार्सा भ्यूपोइन्ट (प्राकृतिक भ्यु-टावर) जहाँबाट लाङटाङ, गणेश, मनासलु, माछापुच्छ्रे, अन्नपूर्ण, जुगल जस्ता दर्जनौं हिमश्रृङ्खलाहरू देख्न पाइन्छ । चीनका हिमश्रृङ्खलासहित नेपालका काठमाण्डौं र त्रिशूली देख्न सकिन्छ ।

    -- प्राचीन बोङ्जो घले दरबार पनि यहाँको मुख्य आकर्षण हो । यहाँ रहेको पार्वती मन्दिर, नेपाली सेनाको ब्यारेकले पनि थप आकर्षण गरिरहेको छ यस क्षेत्रलाई ।

    -- प्रसिद्द साञ्जेन खर्क, साञ्जेन हिमाल, गणेश हिमाल, सोमदाङलागायत धादिङका वस्तीहरूमा जाने मार्ग पनि यहीबाट छ ।

    पार्वतीकुण्ड कसरी पुग्ने ?

    -- यस कुण्डसम्म पुग्नका लागि अर्ध पक्की सडक रहेको छ । काठमाण्डौंबाट त्रिशूली- धुन्चे- स्याफ्रु- थाम्बुचेत- गतलाङ हुँदै यस कुण्डमा सजिलै पुग्न सकिन्छ ।, गतलाङ गाउँबाट करीब १ घण्टाको पैदल यात्रामा यहाँ पुग्न सकिन्छ । यहाँ तीर्थ आउँदा लेक लाग्ने वा उचाईबाट हुने समस्या हुँदैन । यातायातको पनि पूर्ण व्यवस्था भइसकेको यस कुण्डमा प्रचारप्रसारको माध्यमबाट धार्मिकसहितको पर्यटन विकास गर्न सकिन्छ ।

    तपाईलाई यो सामग्री कस्तो लाग्यो, कृपया कमेन्ट गर्नुहोला । तपाईबाट सुधारको आशासहित

    पार्वतीकुण्डसँग सम्बन्धित फोटो/भिडियो सामग्रीहरू

     

    Share on Google Plus

    About This is Our Rasuwa

    This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
      Site Comment
      Facebook Comment

    0 Comments :

    Post a Comment

    • Articles • Book Introduction • Culture • Bhajan • Songs /Music