यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

Thursday, April 11, 2024

Home » , » वनमा लागेकाे डँढेलोले बाख्रा फार्ममा क्षति

वनमा लागेकाे डँढेलोले बाख्रा फार्ममा क्षति

वनमा लागेकाे डँढेलोले  बाख्रा फार्ममा  क्षति

रसुवा, आमाछोदिङमो गाउँपालिका–१ लुम्बुडाँडा सामुदायिक वनमा लागेको डढेलोको कारण नजिकै रहेको बाख्रा फार्ममासमेत क्षति पुगेको छ। उत्तरगाया गाउँपालिका–१ को दक्षिणकाली सामुदायिक वनबाट लागेको आगोले एनआर एग्रो फर्ममा पुगेर त्यहाँको गोठ दाना, दाना बनाउने मेसिन तथा गोठ भित्रको सबै सामान पूर्ण रुपमा क्षति गरेको छ। 

'गोठमा बाख्रा भने अन्यत्र लगेकोले क्षति भएन। घुम्ती गोठ हुने भएकोले अहिले बाख्रा थिएन जंगल र बाख्रा फार्ममा ठूलो क्षति भयो',  स्थानीय एनआर एग्रो फर्म प्रालिका पासाङदे तामाङले भने। 

३ दिनदेखि उत्तरगया र आमाछोदिङमो गाउँपालिका क्षेत्रका सामुदायिक वनहरुमा डढेलो नियन्त्रण हुन सकेको छैन। अहिले पनि दक्षिणकाली सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न सकेको छैन। आगलागीको खबर पाएपछि हाकु प्रहरी चौकीबाट प्रहरीले अनुगमन गरेको हाकुबेशी प्रहरीले चौकीले जनाएको छ। 

Share this article :

Post a Comment

ओझेलमा दुधकुण्ड (पेदाङ छो)

फूलको रूख र तोरमा जस्तै आकृति कुण्डमा देखिन भएकाले पेदाङ छो भनिएको हो । यो कुण्ड पन्ध्र सय वर्ष अघि लामाहरूले पत्ता लागाएका हुन् भनिएको छ । ...