रसुवा । कालिका गाउँपालिका स्थायी बसोबास भई काठमाण्डौंमा विभिन्न पेशा, व्यवसायमा संलग्न व्यक्तिहरूलाई हात्तीपाईले बिरूद्द 'आम औषधि सेवन' अभियान सञ्चालन गर्ने भएको छ ।
गाउँपालिका
स्वास्थ्य शाखाका अनुसार गाउँपालिकामा मात्र नभई काठमाण्डौंमा नै बसोबास गर्दै
आईरहेका कालिकाबासीलाई 'आम औषधि सेवन' अभियान निम्नानुसार स्थानहरूमा सञ्चालन
गर्ने बताएको छ ।
गोम्बा,
हिलेटोल क्षेत्रमा बैशाख १७ र १८ गते, शेषमति, गैरीगाउँ, शेषमति क्षेत्रमा बैशाख
१९ र बसुन्धरा, लोलाङ, शेषमति क्षेत्रमा बैशाख २० र २१ गते बिहान ७ बजेदेखि बेलुकी
५ बजेसम्म 'आम औषधि सेवन' अभियान सञ्चालन हुने बताईएको छ ।
गाउँपालिका,
स्वास्थ्य शाखाले सूचना जारी गर्दै काठमाण्डौंमा रहेका कालिकाबासीलाई 'आम औषधि
सेवन' कार्यमा पायक पर्ने स्थानबाट सेवा लिन अनुरोध गरेको छ ।
थप
जानकारीको लागि : कमलप्रसाद पौडेल ( 9860633597) र प्रमिला आचार्य
No comments:
Post a Comment