'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

हात्तीपाइले रोग निवारण गर्न १६ गतेदेखि औषधि खुवाउने अभियान सुरू हुने

हात्तीपाइले रोग निवारण गर्न  १६ गतेदेखि औषधि खुवाउने अभियान  सुरू हुने
रसुवा, राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत कालिका गाउँपालिकामा अभियान कै रूपमा वैशाख १६ गतेदेखि हात्तीपाइले रोगविरुद्धको साताब्यापी औषधि खुवाउने भएको छ । 

कालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नबराज न्याैपानेले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान गत वर्षबाट सुरू भएको बताए । टोल टोलमा पुगेर हात्तीपाइले रोग विरुद्धको औषधि  सवै नागरिकलाइ नछुटाउन सेवन गर्न उनले सराेकारवालाहरू समक्ष अनुराेध गरे । 

हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान गाउँपालिका स्तरिय बहुनिकाय योजना तर्जुमा गोष्ठीमा सहभागी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर केसी कुँबर, वडा अध्यक्ष उमेश न्याैपाने, जनप्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू, पत्रकार तथा सरोकारवालाहरूले गाउँपालिका तथा जिल्ला बाहिर रहेका नागरिकलाई पनि योजना बनाएर औषधि सेवन अभियानमा नछुटाउन सुझाव दिएका थिए । 

हात्तीपाइले रोग एक पटक लागेपछि जीवनभर निको हुँदैन । मानिसको शरीरमा हात्तीपाइले रोगको परजीबी प्रवेश गर्नासाथ यो रोग देखापर्दैन । यो परजीबी छ वर्षसम्म मानिसको शरीरमा सुसुप्त अवस्थामा रहन्छन् । यो परजीबी शरीरमा रहे हात्तीपाइलेको औषधि सेवन गरेपछि कसै कसैलाई ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता हुने, जस्ता सामान्य असर देखापर्न सक्छन् । फाइलेरिया परजीवीले लाखौंको संख्यामा उत्पादन गर्ने सूक्ष्म फाइलेरिया रगतमा पुगिरहेका हुन्छन । 

सहजिकरण गर्दै स्वास्थ्यकर्मी तथा हात्तीपाइले रोग निवारण अभियानका फाेकल पर्सन विवेक पाैडेलले सन् २०२० मा भएकाे सर्बेबाट रसुवामा पनि हात्तीपाइले रोग देखा परकाेले अभियान सुरू भएकाे बताए । कालिकाले लक्षित जनसंख्या ९ हजार ८ सय ४४ जनालाइ हात्तीपाइ बिरूद्ध औषधि खुवाइने बताए । 

हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीले गराउँदछ र यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ। मानिसको शरीरमा यो परजिवी प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका कारण हुने दीर्घकालीन असर देखिन्छन्। 

हात्तीपाइले रोगबाट वच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनुको लागि यो रोगको जोखिम भएको सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको छ। आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने देशभरका ७ जिल्लाहरुमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्छ। 

हात्तीपाइले रोग निवारण कार्यक्रमको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तय गरेको कार्यक्रम अनुरूप स्थानीय तहमा छलफल गरी स्वास्थ्य संस्थाहरूले टोल टाेलमा सराेकारवालासँग छलफल, मिटिङ तथा प्रचार प्रसार गरेर तयारी गरी कार्य तालिका समेत तयार भएको जानकारी दिइएकाे थियाे ।  

याे राेग लागेपछि खुट्टा हात सुनिने ,महिलाहरुमा स्तन सुनिने र आकार बड्दै जाने ,गुप्ताङ्ग सुनिने र आकार बड्दै जाने र पुरुषहरुमा अण्डकोष सुनिने (हाड्रोसिल) जस्ता समस्या निम्त्याउछ। याे रोग लागि सकेपछि उपचार सम्भव नहुने बताइएकाे छ ।



Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music