Recent Posts

15/recent/ticker-posts
Responsive Advertisement यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । ourrasuwa@gmail.com

गुठी रैतानी गर्न हाकुका पीडित किसान भेला


गुठी रैतानी गर्न हाकुका गुठी पीडित किसान भेला


रसुवा, वैशाख १२ गते 

आमाछोदिङ्मो गाउँपालिका वडा नं. १ ठूलो हाकुगाउँमा  गुठी रैतानी गर्न किसान भेला भएका छन् । भेलामा गुठी पीडित किसानलगायत जनप्रतिनिधिहरू सहित ७३ जना सहभागी थिए । 

हाकुमा किसानहरूले पुस्तौंदेखि जोतभोग गरी जीविकाचलाउँदै आएको जग्गा जमिनपछि किसानले थाहानपाउने गरी पुरानो स्यम्भु घ्याङ गुठीको नाममादर्ता भएपछि किसानहरू समस्यामा छन् । उनीहरूसँग जोतभोग गरेको जग्गाको लालपुर्जा छैन । 

विगत १८ वर्षदेखि किसानहरूले आन्दोलनमार्फत जग्गा रैकर गराउनप्रयास गरेपनिहालसम्मत्यो पूरा हुन सकेको छैन ।गुठी जग्गाबाट यहाँको ठूलोहाकु, सानो हाकु, हाकुबेसी, फुलबारी, थाङ्कु, गोर्सुम्बा र लुम्बुडाँडा गाउँकाकरिव ७०० घरधुरी प्रभावित छन् । हालसम्मकरिव २०० घरधुरीले मात्रै मोहीपुर्जा बनाइलिन सकेका छन् भने ठूलो सङ्ख्याको किसानहरूसँग मोहीपुर्जा समेत नहुँदा समस्या भोगिरहेका छन् । 

छलफलमा स्थानीय अगुवा लाक्पा तामाङले भने, पुस्तौंपुस्ता खेतीपातीगर्दै आएको, सबैको घरवाससमेत भएको जग्गाको कानुनी स्वामित्व नहुँदाहामीले दुःखपाएका छौँ । हामी सुकुम्बासी सरह जीवन विताउनु पर्दा ज्यादै दुःखलागेको छ । 

छलफलमा किसानहरूले गुठी जग्गा हुँदाभोग्नु परेको पीडा सुनाएकाथिए । केही किसानहरूले अहिले पनि गुठी जग्गा जोतभोग गरेवापत कुत तिरीरहेको भएपनि अधिकाशं किसानहरू कुततिर्न छाडेका छन् । किसानहरूले काठमाडौं स्थित पुरानाे स्यम्भु घ्याङ गुठीलाई प्रति रोपनी वार्षिक २०० रुपैयाँ नगद तिर्नुपर्ने बाध्यता छ । भीर, पाखा, पखेरो, झाडी भएको क्षेत्र बढी छ । उव्जनी हुँदैन, तैपनि मँहगो तिरो तिर्न कठिन भएको गुठी पीडित किसान काल्साङ तामाङले बताए । 

कार्यक्रममा सहभागी वडा नं. १ का अध्यक्ष साङ लामा तामाङले भने, हामी सबै वडाबासी भूमिहीन सरह छौँ । कसैको पनि आफ्नो नाममा एक टुक्रा जग्गा छैन । गुठी समस्या भएकाले किसानहरूले दुःख कष्ठ भोगिरहनु परेको छ । अव, हामी सबै एकैसाथ सङ्गठित भएर नै लाग्नुपर्ने अवस्था छ । 

हामी प्रभावित गाउँगाउँमा सङ्गठन बनाएरै सङ्गठित आन्दोलन गर्नुपर्ने आवश्यकता भइसकेको छ । उनले भने, यो गुठी समस्या समाधानको लागि जिल्ला भूमिअधिकार मञ्चको सहयोग जरुरी छ । अव जसरी पनिकिसानको समस्या समाधानको लागिपहल लिन्छु । 

आत्मनिर्भर केन्द्रका कार्यकारी निर्देशक जगत देउजाले नापीको समयमा रैकर हुनुपर्ने जग्गा गुठीमा राखिएकाले विना ढिलाई सबै जग्गा रैकर हुनुपर्ने तर्फ स्थानीय सरकारले पहललिनु पर्ने बताए ।  । किसान जुट्न सके पुर्जा लिन सकिन्छ । अहिलेको तिरो बढि भएकाले रैकर सरह हुनेगरी माग गर्ने र वडामा तिरो बुझाउन पाउने व्यवस्था हुन आवश्यक छ । 

उनले भने, सरकारले गुठीको नयाँ कानुन ल्याउँदैछ, यही सन्दर्भमा हामी पनियहाँको गुठी किसानको समस्याबारे सुझाव दिन्छौँ, समस्या समाधानको लागि सहजीकरणको भूमिका निर्वाह गर्छौँ । तपाईंहरू पनि सङ्गठित हुनुहोस्, समस्याको समाधान खोजौँ ।  

राष्ट्रिय भूमिअधिकार मञ्च, नेपालका कोषाध्यक्ष पातली थामीले भने, यहाँको किसानले गुठी जग्गाको लालपुर्जा नहुँदाभोग्न परिररहेको समस्या पीडादायी रहेछ । अव, सङ्गठितरुपमा आन्दोलन गरौँ, राज्यबाट लालपुर्जा लिनदबाबदिउँ । उनले भने, अहिले दाङलगायत देशैभरी गुठी समस्या समाधानको लागि किसानहरू आन्दोलनमा छन्, यहाँ (हाकु) बाट पनि किसानहरू एक पनि फेरी हाम्रो गाउँमञ्चहरूलाई बलियो बनाएर आन्दोलनमा जुट्न आवश्यक छ ।  

कार्यक्रममा जिल्ला भूमिअधिकार मञ्च, रसुवाका अध्यक्ष भवानीप्रसाद न्यौपानेले लामो समय धेरै सङ्घर्ष गरेर यहाँका १५० भन्दा बढी किसानहरूलाई मोहीपुर्जा दिलाएर आफ्नो हक सुरक्षित गराउन सफलभएको बताए । फिल्डबुकमा सिसा कलमले लेखिएको हकमाकिसानहरूलाई मालपोत कार्यालयले लालपुर्जा बनाएर दिन मानेको छैन । 

त्यसको लागिहामी सबै फेरी पनि सङ्गठित दबाबदिनुजानुपर्ने अवस्था छ । १८वर्षदेखि हामी सँगै आन्दोलनमा छौँ, अव छिट्टै यो समस्या समाधानको लागि सङ्घीय सरकारसँग छलफल गर्न जाउँ र समस्या समाधानको लागि पहल गरौ उनले भने । 


Post a Comment

0 Comments

हाम्रो अनुरोध

यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । ourrasuwa@gmail.com Responsive Advertisement 1 Responsive Advertisement2 View Site Stats
View Site Stats