Recent Posts

15/recent/ticker-posts
Responsive Advertisement यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । ourrasuwa@gmail.com

लाङटाङ राष्ट्रिय निकुञ्जमा तोडफोड, वार्डेनलाई धम्की

रसुवा,  लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय,रसुवामा तोडफोड भएको छ ।  वैशाख १४ गते कार्यालयमा प्रवेश गरेका काँग्रेस कार्यकर्ता टोलीले तोडफोड गरेको छ भने वार्डेनलाइ मार्ने धम्की दिएको छ । 

तरुण दल,नेपाल विद्यार्थी युनियन,पार्टीका क्षेत्रीय सभापति,जिल्लाका प्रतिनिधिहरुको टोली बिहान निकुञ्जको धुञ्चेस्थित कार्यालयमा पुगेका थिए । करिब ६०र ७० जनाको समूहमा रहेको टोलीले त्यहाँ प्रवेश गरेर तोडफोड गरेको जनाइएको छ । उक्त टोलीले गरेको तोडफोडका कारण एउटा कुर्सी भाँचिएको छ भने २ थर्मस फुटेको जनाइएको छ । 

नेविसंघका जिल्ला सचिव बताउने सुन्दर अधिकारीले बिना कारण मार्ने धम्की दिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । 

विभिन्न जलविद्युत परियोजनाहरुले वातावरणीय प्रभाव मूल्यांकन नै नगरी काम गरिरहेको र त्यसमा निकुञ्जले सघाएर केही कर्मचारीहरु मोटाउँदै आएको काँग्रेसीहरुको आरोप छ । विभिन्न जलविद्युत परियोजनाहरु निर्माणका क्रममा स्थानीयहरुको घर जग्गा नै जोखिममा पर्ने गरी काम गर्दा समेत निकुञ्ज निरिह देखिएको उनीहरुको आरोप छ ।

 आफूखुसी आइइए गरेको,पालिकाहरुसँग समन्वय नगरेको,कोषको रकम मनलाग्दी ढंगले खर्च गरेको,मनलाग्दी कर्मचारी भर्ती गरिएकोलगायतको विषयमा नेपाली काँग्रेस आपत्ति जनाउँदै माग पत्र पेस गरे । 

निकुञ्जको कार्यालयका थर्मस र कुर्सी तोडफोड गरे पछि यही समूह अहिले प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाललाई ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय,धुन्चे पुगेको छ । प्रमुख जिल्ला अधिकारी खनालले दुबै पक्षलाई राखेर समन्वय गर्ने प्रयास भइरहेको  बताए ।




Post a Comment

0 Comments

हाम्रो अनुरोध

यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । ourrasuwa@gmail.com Responsive Advertisement 1 Responsive Advertisement2 View Site Stats
View Site Stats