Recent Posts

15/recent/ticker-posts
Responsive Advertisement यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । ourrasuwa@gmail.com

फुलुङ अर्थात् सिङ्गोम्बा

 

फुलुङ अर्थात् सिङ्गोम्बा

चन्द्र पात्रो अनुसार प्रत्येक वर्ष असोज महिनाको शुक्ल त्रयोदशीदेखि असोक कृष्ण प्रतिपदा तिथिसम्म चार दिन ङ्युङ्ने अर्थात् ब्रत बसी पूजाआजा गरिन्छ । हरेक दिन हिँड्दा वा दिनचर्यामा केही कीरा आदि मरेको हुनसक्ने र त्यसको पापमोचनका निमित्त यो पूजा गरिन्छ ।


    फुलुङ अर्थात् सिङ्गोम्बाको परिचय

    रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका, वडा नं ५, ३२५० मीटर उचाईमा रहेको फुलुङ अर्थात् सिङ्गोम्बा प्राचीन गोम्बा हो । चन्दनको काठबाट निर्मित हुनाले यसलाई स्थानीय भाषामा सिङ (काठ) को गोम्बा वा सिङ्गोम्बा भनिएको हो । प्राचीन कालमा यहाँ चन्दनको जंगल रहेको थियो, आगलागी भएर मासिएको भन्ने भनाई रहेको छ ।

    प्राचीन कालमा बनेको गुम्बालाई ६/७ दशकअघि मुस्ताङको थाकखोलाबाट आएका लामा दोर्जे हिराचनले यस गोम्बाका लामा मेमेसँग मिलेर पुनर्निर्माण गरेको उल्लेख छ ।

    चन्द्र पात्रो अनुसार प्रत्येक वर्ष असोज महिनाको शुक्ल त्रयोदशीदेखि असोक कृष्ण प्रतिपदा तिथिसम्म चार दिन ङ्युङ्ने अर्थात् ब्रत बसी पूजाआजा गरिन्छ । हरेक दिन हिँड्दा वा दिनचर्यामा केही कीरा आदि मरेको हुनसक्ने र त्यसको पापमोचनका निमित्त यो पूजा गरिन्छ ।

    फुलुङ अर्थात् सिङ्गोम्बा वरपरका आकर्षणहरू

    -         धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण

    -         लोपोन्मुख रेडपाण्डा अवलोकन

    -         लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।

    -         लोपोन्मुख जडिबुटीहरूको भण्डार ।

    -         हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।

    -         प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।

    -         नेपालको तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि गोसाइँकुण्ड- हेलम्बु पदयात्रा)

    -         सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा

    -         माने, छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन

     फुलुङ अर्थात् सिङ्गोम्बा कसरी पुग्ने ?

    १)        रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट मिनीगोसाइँकुण्ड (घट्टेखोला), देउराली, धिम्सा हुँदै

    २)         रसुवा जिल्लाको कालिकास्थानबाट लोकिल, जुरेढुङ्गा-श्यार्मा हुँदै वा बिजिली जोङ्ग, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड- गोसाइँकुण्ड-लौरीबिना हुँदै

    ३)         नुवाकोट जिल्लाको विदुरबाट चोकदे, लच्याङ, सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै वा यार्साबाट राउचुली, नौकुण्ड- गोसाइँकुण्ड-लौरीबिना हुँदै

    ४)         नुवाकोटको शिखरबेंशी (दुप्चेश्वर) बाट सागरकुण्ड, नौकुण्ड हुँदै वा शिखरबेंशी, उर्लेनी, राउचुली, नौकुण्ड - गोसाइँकुण्ड-लौरीबिना हुँदै

    ५)         काठमाण्डौको बुढानीलकण्ठबाट शिबपुरी, दुप्चेश्वर, राउचुली, नौकुण्ड - गोसाइँकुण्ड-लौरीबिना हुँदै

    ६)         काठमाण्डौंको सुन्दरीजलबाट चिसापानी, पाटीभञ्ज्याङ वा तालामराङ, कुटुमसाङ, मागिनगोठ ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड - गोसाइँकुण्ड-लौरीबिना हुँदै

    ७)         सिन्धुपाल्चोकको मेलाम्ची पुलबजारबाट तार्केघ्याङ, मेलाम्चीगाउँ, ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड - गोसाइँकुण्ड-लौरीबिना हुँदै

     

    फुलुङ अर्थात् सिङ्गोम्बा वरपसम्बन्धित सामग्रीहरू

    १। स्रोत ः जैविक विविधता, पर्यटन विकासमा धर्म संस्कृति महत्व- फूर्पा तामाङ, रसुवाली

    Post a Comment

    0 Comments

    हाम्रो अनुरोध

    यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । ourrasuwa@gmail.com Responsive Advertisement 1 Responsive Advertisement2 View Site Stats
    View Site Stats