'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

जनैपूर्णिमा गोसाइँकुण्ड मेला सुरू जाने हाेइन त ?



जनैपूर्णिमा गोसाइँकुण्ड किन जाने ?

कुण्डमा नुहाउने तथा पाठपूजा गर्नाले मनले चिताएको पुग्ने र पापबाट मुक्त हुने जनविश्वासका साथ टाडाटाढाबाट भक्तजनहरू यहाँ आउने गर्दछन्। पर्यटकीयस्थल गोसाइँकुण्ड रसुवामा रहेका धेरै कुण्डमध्येको ठूलो कुण्ड हो ।

गोसाइँकुण्डबारे पुरा जानकारी

रसुवा, जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलालाई मर्यादित र सुरक्षित रूपमा मनाउन विभिन्न १३ वटा उपसमितिहरू गठन गरिएका छन् । यसवर्ष भदौ ३ गते जनैपूर्णिमा पर्दछ । हरेक वर्ष दशहरा तथा जनैपूर्णिमाको समयमा लाग्ने मेलामा देश विदेशबाट तीर्थयात्रुहरूको घुइँचो लाग्ने गर्दछ । 

एकपटक पुग्नै पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा परिचित रसुवा गोसाइँकुण्ड गाउँपालिका – ५ मा पर्ने गोसाइँकुण्डमा प्रत्येक वर्ष लाग्ने जनैपूर्णिमा मेला मेला सुरु भएको हो ।  

कुण्डमा नुहाउने तथा पाठपूजा गर्नाले मनले चिताएको पुग्ने र पापबाट मुक्त हुने जनविश्वासका साथ धेरै भक्तजनहरू यहाँ आउने गर्दछन्। पर्यटकीयस्थल गोसाइँकुण्ड रसुवामा रहेका धेरै कुण्डमध्येको ठूलो कुण्ड हो । पौराणिक कथन अनुसार परापूर्व कालमा देवता र दानवबीच लडाईंमा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त गर्न हिमालयखण्डको काखमा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा गंगाजल अर्थात् त्रिशूल धाराको उत्पति भयो । त्रिशूल धाराको पानीबाट जम्मा भएर गोसाइँकुण्ड बनेको भन्ने जनविश्वास छ । 

कुण्डमा स्नान गरी गोसाइँ बाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने,पितृले मोक्षमिल्नुका साथै आफूले चित्ताएको सबै मनोकांक्षाहरू पुरा हुने जनविश्वासका साथ वर्षेनी हजारौं भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन् । 


काठमाडौंबाट नुवाकोटको बिदुरहुँदै रसुवा सदरमुकाम १ सय किमी यात्रा गरेपनि पुग्न सकिन्छ । धुन्चेबाट विस्तारै पैदल यात्रा गर्दा डेढ दिनमा कुण्ड पुग्न सकिन्छ । बाटोमा विभिन्न रमणीय दृष्यावलोकन गर्दै चन्दनबारी, चौलाङपाटी, लौरिविनायक जस्ता बस्ती पार गरेपछि गोसाईंकुण्ड पुगिन्छ । हिमाली क्षेत्रमा १०८ कुण्ड रहेको जनविश्वास गरिएको छ । 


समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाईमा रहेको गोसाईंकुण्ड २०६३ सालमा विश्व सम्पदा सूचि तथा सिमसार क्षेत्रमा सूचिकृत गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र संरक्षित क्षेत्र र अत्यन्त आकर्षक र मनमोहक स्थान पनि मानिन्छ ।


एकादशीदेखि पूर्णिमासम्म यहाँ नुहाउनेहरूको भीड लाग्छ  । जैविक विविधताको धनी यस क्षेत्रमा वर्षेनी हजारौं विदेशी तथा स्वदेशी पर्यटकहरू आउने  गर्दछन् । समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मीटरको उचाईमा रहेको गोसाइँकुण्डको लम्बाई ६ सय मीटर छ भने चौडाईं ३ सय ७० मीटर छ र १८ दशमलव ३ मीटर गहिरो छ । भगवान् श्री शंकरको वासस्थानको रूपमा हिमालयको काखमा रहेको यस गोसाइँकुण्डमा स्नान गर्नाले गरेका पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएकोले वर्षेनी हजारौँ भक्तजनहरूको आगमन हुने गरेको छ । 


कुण्डमा हरेक वर्ष गंगादशहरा र जनैपूर्णिमा गरी दुई पटक मेला लाग्ने गर्दछ । जनै पूर्णिमा र दशहरामा मेला लाग्ने यहाँ सदावहार स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । हाइकिङ गर्न, कोही तामाङ संस्कृति हेर्न, कोही धार्मिक हिसाबले पुण्य प्राप्त गर्न, केही युवा युवती जोडी र सन्तान प्राप्त होस् भन्ने कामना गर्न र कोही प्राकृतिक दृश्यावलोकन गर्दै सुख, शान्ति प्राप्तिका लागि आउने गर्दछन् । 


गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेकाले यात्रामा भेटिने तामाङ संस्कृति र प्राकृतिक छटाले थकाइको महशुस नहुने गोसाइँकुण्ड पुगेर फर्केका यात्रीहरु बताउछन् । कुण्डलाई २००७ सेम्टेम्बरमा रामसार सूचीमा सूचीकृत गोसाइँकुण्डमा यसवर्ष भदौ ३ गते मुख्य मेला लाग्दैछ । गोसाइँकुण्ड दर्शन गर्ने क्रममा बाटोमा रहेको उत्तरगयाधाम र कालिकामाइ मन्दिर पनि दर्शन गर्नुपर्ने मान्यता कायम रहेको छ ।


समुन्द्र मन्थनबाट निस्किएको कालकूट विष खाएर सम्पूर्ण प्राणी जगत्लाई बचाएका शिवले विष घाँटीमा अड्किएपछि पानीका खोजीमा उत्तरापन्थ लाग्दा बेत्रावतीमा आइपुगेर बेतका लौराले पहरामा हानी पानी पिएको र त्यहाँबाट पनि डाह शान्त नभएकाले नीलाद्री पर्वतमा पुगी त्रिशूलले पहरामा हानेर पानी निकाली डाह शान्त गरेको र शिवले रोपेको त्रिशूल धाराको पानी जम्मा भई गोसाइँकुण्ड बनेको भनाइ छ ।


धेरैजसो स्वदेशी तथा विदेशी विद्यार्थी नेपालको दोस्रो ठूलो पदमार्ग गोसाइँकुण्डमा अध्ययन तथा अन्वेषणका लागि आउने गर्दछन् । नेपालका राष्ट्रिय विभूति अमरसिंह थापाले पनि आफ्नो देहत्याग गोसाइँकुण्डमै आएर गरेका थिए । उनी बास बसेका स्थानमा उनको सालिक बनाइएको छ । तामाङ समुदायको बसोवास रहेको यस क्षेत्रमा सो समुदायको वेशभूषा, रहनसहन र संस्कृतिले पर्यटकलाई थप आकर्षित गरेको छ । गोसाइँकुण्ड मेलामा विभिन्न लामा, झाँक्री नाच तथा तामाङ सेलो नृत्यसमेत प्रदर्शन गरिन्छ । 


काठमाडौंको सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक पदयात्रा गन्तव्य हो  । मेलालाइ व्यवस्थित गर्न तथा सरसफाइमा ध्यान दिन ठाउँठाउँमा सूचना बोर्ड,खाना खाजाको दररेट मूल्य सूची राखिएको गोसाइकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजीव डिएमले जानकरी दिए ।  


यसवर्षको मेला व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयको आयोजना र गोसाइँकुण्ड क्षेत्र विकास समितिको सहयोग एवम् सहजीकरणमा भएको बैठकले यस वर्षको जनैपूर्णिमामा लाग्ने गोसाइँकुण्ड मेला मर्यादित रूपमा सम्पन्न गराउन १३ उपसमिति गठन गरेको र सबै व्यवस्थापनको तयारी भएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए ।  


लाङटाङ राष्ट्रिय निकुञ्जले जैविक विविधताको संरक्षण गर्ने, धुपी कटानीमा रोक लगाउने, बोटबिरुवाको लौरो निषेध गरी निगालाको प्रयोगका लागि अभिप्रेरित गर्ने, जनचेतनामूलक, सन्देशमूलक फ्लेक्स बोर्ड बनाई ठाउँठाउँमा राख्नेछ । गोसाइँकुण्ड गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी,नेपाल स्काउटलगायत अन्य संघसंस्थालाई धुन्चेदेखि गोसाइँकुण्डसम्म स्वयम्सेवक परिचालन गर्ने जिम्मेवारी बैठकले दिएको छ । 



Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music