Posts

Showing posts with the label Kalika News

निःशुल्क दन्त शिविर सुरू

Image
रसुवा,  कालिका गाउँपालिकाकाे जिवजिवे ग्रामीण अस्पतालमा निःशुल्क दन्त शिविर सुरू भयाे । शिविर ०८१  वैशाख ७ गतेसम्म सञ्चालन हुने छ।  जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको अस्पतालका  जनस्वास्थ्य निरीक्षक उत्सव  पौडेलले बताए।  कालिका गाउँपालिकाले रसुवा ट्रेक एण्ड एक्पिडेशन प्रालि र वर्ल्ड होरिजन एण्ड सेटपको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो।  तीन वटा पालिकाका दाँतको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने र आर्थिक समस्याका कारण उपचार गराउन कठिन भएकालाई शिविरले फाइदा हुने छ। कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, रसुवा ट्रेक एण्ड एक्पिडेशन प्रालिका बलराम न्यौपाने तथा विदेशी दाताहरू तथा चिकित्सकहरू समेत सहभागी थिए । 

ग्रामीण अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

Image
कालिकास्थान, रसुवाको कालिका गाउँपालिका(५ जिबजिबेमा रहेको ग्रामीण अस्पताललाई नेप्लिज डाक्टर एसोसिएसन युकेले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । अस्पतालका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलका अनुसार डेन्टल क्याम्प एन्ड कम्युनिकेबल डिजिज स्क्रिनिङलगायत पोर्टेबल डेन्टल एक्सरे आरभपजी विथ ल्यापटप, २० केभिए क्षमताको जेनेरेटर, एइडीलगायतका सामग्री एसोसिएसनका अध्यक्ष डाक्टर सञ्जीव नेपालीले हस्तान्तरण गरेका हुन् ।  अस्पतालमा गुणस्तरीय सेवा प्रवाहका लागि नेप्लिज डाक्टर एसोसिएसन युकेले अस्पताललाई विभिन्न सामग्री वितरण गरेको वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिए । उक्त अस्पतालबाट जिल्लाको उत्तरगया, नौकुण्ड र कालिका गाउँपालिकाभित्रका गरिब र अतिविपन्न परिवारले सहज रूपमा सेवा पाउनेछन् । सो अवसरमा दाँतको उपचारबाट एक सय ४६ जनाले सेवा लिएका थिए । 

एउटै कार्यक्रम 'रेडपाण्डा ट्रफी' दुई ठाउँमा, कता भाग लिने खेलाडीहरू अन्यौलमा

Image
सरकारी लोगोको दुरूपयोग गरेको मध्यवर्ती व्यवस्थापन समितिमाथि आरोप सदरमुकाम धुन्चेमा तेस्रो गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप प्रतियोगिता समेत् हुने    रसुवा, रेडपाण्डा संरक्षण तथा पर्यटन प्रवर्दनका लागि  हरेक वर्ष आयोजना हुँदै आएको वन्यजन्तु सप्ताह तथा रेडपाण्डा ट्रफी कार्यक्रम यस वर्ष दुई स्थानमा सञ्चालन हुन लागेको छ । एउटै कार्यक्रम एकै समयमा दुईतिर सञ्चालन हुँदा खेलाडीहरू कता भाग लिने भन्ने अन्यौलमा छन् । खेलमा प्रतिस्पर्धा गर्ने इच्छा हुँदाहुँदै पनि कुन् कार्यक्रममा भाग लिने  अन्यौलमा  परेको खेलाडीहरू बताउँछन् ।  लाङटाङ राष्ट्रिय निकुञ्ज र गोसाइँकुण्ड गाउँपालिकाले तेस्रो गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप प्रतियोगितासहित्  २९ औँ वन्यजन्तु सप्ताह तथा १२ औँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता धुञ्चेमा सञ्चालन गर्ने भएका छन् भने कालिका गाउँपालिका, लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज (ल्याकोस) र मध्यवर्ती व्यवस्थापन समितिले कालिकास्थानमा कार्यक्रम गर्न लागेको हो ।  प्रत्येक वर्ष धुञ्चेमा आयोजना हुँदै आएको कार्यक्रम यसवर्ष  एकै समयमा दुई स्थानमा सञ...

गोरखनाथ बाबालाई सम्मान गरियो

Image
रसुवा । भदौ ११ गते । परापूर्व कालदेखि गोरखादेखि आउने गोरखनाथ बाबालाई यस वर्ष पनि रसुवाको कालिकास्थानमा र धुन्चेमा सम्मान गरिएको छ । कालिकास्थानमा हिजो स्थानीयहरूले गोरखनाथ बाबाहरूलाई दही चिउरा खुवाउँदै सम्मान गरेका छन् । बाबाजीहरूले जयजयाकारसमेत् गरेका थिए । राज्य एकीकरण पूर्व नै यस स्थानमा गोरखबाबाहरूलाई यहाँ बनेका (हाल भग्वावशेष रहेका / नरहेका) पौवाघर वा कोतघरहरूमा राखेर सातुसामलको व्यवस्था गरिँदै आएको ऐतिहाँसिक तथ्यहरू पनि रहेका छन् ।   त्यस्तै हिजै साँझ गोरखनाथ बाबाहरूलाई धुन्चेमा सेवा सत्कार गरिएको छ । स्थानीय निमा वाङ्चु तामाङको घरमा राखेर उनीहरूलाई सेवा सत्कार गरिएको बताईएको छ । पाँच पुस्तादेखि नै निजको घरमा गोरखनाथ बाबाहरूलाई राख्ने गरिएको छ । गोरखनाथ बाबाको टोली आज ११ गते गोसाइँकुण्ड प्रस्थान गर्ने बताइएको छ ।  

सहकारी अभिलेखका लागि कालिका गापाद्‍वारा सूचना जारी

Image
कालिका गाउँपालिकाको भूगोल- गुगल नक्सा कालिकास्थान, साउन ३१ गते । कालिका गाउँपालिकाले गाउँपालिका भित्र रहेका सहकारीहरूको अभिलेखीकरणका लागि सहकारीहरूसँग सूचना माग गरेको छ ।  गाउँपालिकाभित्र कार्यक्षेत्र भई कार्यरत सम्पूर्ण सहकारी संस्थाहरूले असोज मसान्तभित्र साधारण सभा गरी उल्लेखित विवरण अनुसारको सूचना कृषि शाखामा उपलब्ध गराउन गाउँपालिकाले अनुरोध गरेको छ । उल्लेखित विवरण : १)                साधारण सभाको निर्णय तथा उपस्थिति प्रतिलिपी २)                लेखापरीक्षण प्रतिवेदन प्रतिलिपी ३)                वार्षिक कार्ययोजना ४)                करचुक्ता प्रमाणपत्र प्रतिलिपी ५)                सञ्चालक समितिको विवरण खुल्ने कागजातको प्रतिलिपी ६)   ...