लेखा नियन्त्रक कार्यालयबाट ३ अर्ब २६ करोड १८लाख भुक्तानी


लेखा नियन्त्रक कार्यालय

रसुवा, आ।ब २०८०/०८१ मा कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाले सङ्घ र प्रदेश गरी रु ३ अर्ब २६ करोड १८लाख ८१ हजार ८० रुपैयाँ रकम भुक्तानी गरेको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तर दायित्व ऐन,२०७६ तथा नियमावली, २०७७ बमोजिम आर्थिक वर्ष समाप्त हुनु ७ दिन अगावै सम्पूर्ण सरकारी खाताहरू बन्द हुने व्यवस्था रहेको छ । कोलेनिकाले असार २४ गते मध्ये रातसम्ममा तर्फ कुल विनियोजित २ अर्ब ७० करोड ४२ लाख ४८ हजार ५ सय ४७ रुपैयाँ बजेटमध्ये चालू तर्फ २ अर्ब ४१ करोड ४२ लाख ४६ हजार ३ सय २१ रुपैयाँ र पुँजीगत तर्फ ४ करोड ७२ लाख ७० हजार ४ सय ४ रुपैयाँ भुक्तानी निकासा गरेको छ । 

यस्तै प्रदेश सरकार तर्फ कुल विनियोजित बजेट रु ५५ करोड ७६ लाख ३२ हजार ५ सय ३३ रुपैयाँ रहेकोमा चालूतर्फ २९ करोड ४५ लाख ८५ हजार ४४ रुपैयाँ र पुँजीगत तर्फ १४ करोड ३५ लाख ६१ हजार ३ सय ८० रुपैयाँ भुक्तानी निकासा भएको प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले जानकारी दिए ।


 वित्तीय हस्तान्तरण तर्फ भने सङ्घ र प्रदेश दुवै गरी कुल बजेट २ अर्ब १३ करोड १४ लाख १४ हजार ३ सय ९६ रुपैयाँ रहेकोमा कुल हस्तान्तरण १ अर्ब ९८ करोड ९९ लाख ४२ हजार ४ सय ३८ रुपैयाँ निकासा भएको प्रमुख कोष नियन्त्रक सुवेदीले बताए ।

Comments

Popular posts from this blog

कालिका हिमालय माध्यमिक विद्यालयले स्वर्ण उत्सव मनाउदै

लोपोन्मुख पञ्चेबाजा संरक्षणामा महिला जुटे

कालिका हिमालय माविकाे स्वर्ण जयन्तीमा संचारकर्मीहरू पूर्व विद्यार्थी तथा समाजसेवीहरू सम्मानित