Friday, July 5, 2024
उत्तरगया गाउँपालिकाकाे २० वर्षे गुरू याेजना सार्वजनिक
रसुवा, उत्तरगया गाउँपालिकाले आफ्नाे २० वर्षे गुरू याेजना सार्वजनिक गरेकाे छ ।
गाउँपालिकाले तयार गरेकाे रणनीतिक याेजनामा स्थानीय सरकर सञ्चालन ऐनमा भएको प्रदान गरेकाे अधिकार क्षेत्रभित्र रहेर स्थानीय तहले प्रभावकारी सेवा प्रबाहका लागि याेजनावद्ध विकास गर्नुपर्ने मान्यताका आधारमा गुरू याेजना तयार गरेकाे हाे । ०८१ असार १९ गते गाउँपािलका अध्यक्ष माधवप्रसाद अर्याल, उपाध्यक्ष चमेली गुरूङ, प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद अधिकारी तथा कार्यपालिका सदस्यहरूले पुस्तक सार्वजनिक गर्नुभयाे । दाेस्राे आवधकि योजना समेत प्रकाशन गरी सार्वजनिक गरिएको छ ।
सुसंस्कृत सुखी जनता समाजवाद उन्मुख प्रदेशकाे दीर्घकालिन साेचलाइ पूरा गर्ने दिशामा उन्मुख भइ समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयावासी दिर्कािलन साेच सहितकाे एकीकृत गुरू याेजना तयार भएकाे गाउँपालिकाले जनाएकाे छ । हाम्रो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी स्वाधिन, समुन्नत तथा समाजवाद उन्मुख अर्थ व्यवस्था मार्फत समृद्ध नेपालको निर्माण गर्ने परिकल्पना गरेको छ । यसैगरी संयुक्त राष्ट्र संघद्वारा, सन् २०१६ देखि २०३० सम्मका लागि विश्वव्यापी विकास एजेण्डाको रूपमा विभिन्न १७ वटा दिगो विकासका लक्ष्यहरू निर्धारण गरिएका छन् । यसै सन्दर्भमा संघीय व्यवस्थाको महत्वपूर्ण आधारको रूपमा रहेको
स्थानीय सरकारले पनि स्वाभाविक रूपमा माथि उल्लिखित संविधानले निर्देश गरे अनुसारको नीतिसँग समायोजन हुने गरी आफ्नो दिगो विकासका लक्ष्य हाँसिल गर्न आफ्नो योजनावद्ध आवधिक र दिर्घकालीन
योजना तर्जुमा गरिएको गाउँपालिका अधयक्ष माधबप्रसाद अर्यालले बताउनुभयो ।
गुरु योजनाका लक्ष्यहरूलाई सफल पार्न हरेक वर्ष योजना तर्जुमा, कार्यान्वयन र समीक्षा गर्दा विगतमा भए गरेका प्रंशंसंनीय कार्यको आत्मबोध गर्ने, अपनत्व ग्रहण गर्ने र समेटेर सँगसँगै लैजाने कार्यमा सहयोग गर्न सवैमा अनुरोध उपाध्यक्ष चमेली गुरुले बताउनुभयो । रणनीतिमा जैविक विविधताले भरिपूर्ण प्रचुर प्राकृतिक सम्पदा र सांस्कृतिक विशेषताहरू भएको उत्तरगया गाउँपालिकामा जनताको सामाजिक न्याय सहितको समृद्धिको तीव्र चाहनाअनुसार योजनाबद्ध विकास गर्न यो प्रतिवेदन मार्गचित्र हुनेछ । हाम्रो स्रोत र साधनहरूलाई आधारभूत तहमा रहेका जनताहरूको पहुँच र लाभ पुग्ने गरी उपयोग र विस्तार होस । आर्थिक, सामाजिक र वातावरणीय पक्षको नकारात्मक प्रभाव न्यून हुने गरी दिगो विकासको सिद्धान्त अनुसार योजनाहरू तय गर्नको निम्ति तयार गरेकाे दस्तावेज धेरै विषय समेटिएकाे छ ।
गाउँपालिकाले दिगो विकासका फ्रेमवर्क निर्माण गर्ने र सोही अनुसार प्रभावकारी रुपमा विकास गरी नागरिकको जीवनस्तरमा सुधार ल्याउन याेजन प्रभावकारी हुने प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद अधिकारीले बताउनुभयाे । हेडलाईट प्रा.लि. नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना छनौट गरी २० वर्षे आवधिक योजना विसं २०८० देखि विस २१०० सम्म निर्माण भएको पुस्तक १६९ पृष्ठकाे रहेकाे छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment