'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

एसइइकाे नतिजा प्रकाशित नमुना इभरग्रीनका विद्यार्थी शतप्रतिशत पास

रसुवा, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसईईको नतिजा अनुसार संस्थागत विद्यालय नमुना इभरग्रीन आवाशीय माध्यमिक विद्यालयले २०८० सालको एसईई परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भई जिल्लामै अब्बल सावित हुन सफल भएको छ । रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित रहेको नमुना इभरग्रीन आवाशीय माध्यमिक विद्यालयबाट जम्मा ११ जनाले परीक्षा दिएकोमा शतप्रतिशत नतिजा आएको हो । साथै सामुदायिक विद्यालयतर्फ निलकण्ठ नमुना माध्यमिक विद्यालय जिबजिबको अन्य विद्यालयको तुलनामा राम्रो नतिजा आएको शिक्षा समन्वय ईकाईले जनाएको छ। रसुवा जिल्ला शिक्षा समन्वय ईकाईका अनुसार जिल्लाभरमा शैक्षिक वर्ष २०८० मा जम्मा २४ वटा विद्यालय एसईईमा सहभागी भएका थिए । जसमा ५४५ विद्यार्थी सहभागी भएका थिए । कालिका हिमालय माविको छात्रा यमुना पौडेलले ३.९५ जीपीएसहित जिल्लाको उत्कृष्ट हुन सफल भएकी छन् । गएको चैत १५ गतेदेखि शुरु भएको परीक्षाको नतिजा हिजो सार्वजनिक भएको हो । परीक्षामा सहभागीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले मात्र ११ कक्षामा भर्ना हुन पाउने भएका छन् । बोर्डका अनुसार परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ८५ विद्यार्थीमध्ये दुई लाख २२ हजार चार सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् । ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको सङ्ख्या दुई लाख ४२ हजार तीन सय १३ रहेको छ । तीमध्ये दुई विषयमा एनजी हुने विद्यार्थी सङ्ख्या एक लाख १५ हजार आठ सय ३४ छ । उनीहरुले साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ । यस वर्षको एसईई परीक्षामा रसुवाबाट २५.५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई रसुवाले दिएका जानकारी अनुसार सामुदायिक विद्यालय तर्फ नीलकण्ठ नमुना माविबाट ३२ जनामध्ये १९ जना पास भएका छन्।
Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music