यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

यही हो हाम्रो रसुवा

Tuesday, July 04, 2023 0 Comments

Rasuwa District Information

'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा' ले चिनिएको छ ।

 

नेपालका १६ हिमाली जिल्लामध्ये एक हिमाली जिल्लाको रूपमा रहेको यो जिल्लाको पूर्वमा नुवाकोट र सिन्धुपाल्चोक, पश्चिममा नुवाकोट र धादिङ, उत्तरमा मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत (केरूङ नाका), र दक्षिणमा छिमेकी जिल्ला नुवाकोट (फलाँखु खोला) चारकिल्लामा रहेका छन् ।

नेपालको संविधान २०७२ अनुसार राज्य पुनर्संरचना हुँदा रसुवामा १ निर्वाचन क्षेत्र, २ प्रदेश सभा, ५ गाउँपालिका र २७ वडामा विभाजन गरिएको छ । जसमा नौकुण्ड, गोसाइँकुण्ड गाउँपालिका /६ तथा कालिका, उत्तरगया आमाछोदिङ्‌मो गाउँपालिका/५ वडामा विभाजन गरिएको छ । प्रादेशिक संरचना अन्तर्गत नौकुण्ड गोसाइँकुण्ड गाउँपालिकाका सबै वडा र कालिका गाउँपालिकाको ४ र ५ वडाहरू प्रदेश सभा 'क' अन्तर्गत पर्दछन् भने कालिका गाउँपालिका १,२,३, उत्तरगया गाउँपालिका र आमाछोदिङ्‌मो गाउँपालिकाका सबै वडाहरू प्रदेश सभा 'ख' अन्तर्गत पर्दछन् । आमाछोदिङ्‌मो गाउँपालिका राज्य पुनर्संरचना हुँदा पार्वतीकुण्ड गाउँपालिका नामाकरण गरिएकोमा पहिलो स्थानीय तहको निर्वाचित गाउँसभाबाट स्थानीय भाषामा उल्था गर्दै आमाछोदिङ्‌मो भनेर नामाकरणका लागि सिफारिस गरी पठाए अनुसार सो नामाकरण भएको हो । स्थानीय भाषामा 'पार्वती' लाई 'आमा' र 'कुण्ड' लाई 'छोदिङ्‌मो' भन्ने गर्दछन् ।

वागमती प्रदेश अन्तर्गत रहेको यस रसुवा जिल्लामा विभिन्न ऐतिहाँसिक, सांस्कृतिक, पर्यटकीय, जैविक विविधतापूर्ण स्थलहरू प्रशस्तै रहेका छन् ।

नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको लाङटाङ, विश्व रामसार सूचिमा सूचिकृत धार्मिक स्थल गोसाइँकुण्डलगायतका तालतलैया, लोपोन्मुखसहितका विविध वनस्पति तथा वन्यजन्तुहरू, निर्मित तथा निर्माणाधिन रूपमा थुप्रै जलविद्युत आयोजनाहरू यस जिल्लामा रहेका छन् ।


भौगोलिक वनावटमा विविध विषमता रहेको यस जिल्लालाई मुख्यतः हिमाली, लेकाली र पहाडी/बेशी गरी ३ भागमा बाँडिएको छ ।भेगीय हिशावले पनि दक्षिण र उत्तर भेगको रूपमा पनि विश्लेषण गर्ने गरिएको छ । रसुवा जिल्ला अक्षांशको हिसाबले २८ डिग्री शुन्य मिनेट उत्तरी अक्षांशदेखि २८ डिग्री १५ मिनेट उत्तरी अक्षांशसम्म र ८५डिग्री १५ मिनेट देखि ८५ डिग्री ५० मिनेट पूर्वी देशान्तरमा अवस्थित छ ।

लाङटाङ हिमाल, गणेश हिमाल, लाङटाङ लिरूङ, यालापिक, लाङसिसा खर्क, साङजेन खर्क लगायतका ५,००० मिटर भन्दा अग्ला भाग तथा सधै हिउँ जमिरहने पर्वत श्रृङ्खलाहरू, तालतलैया र झरनाहरू हिमाली प्रदेशमा पर्दछन् भने समुन्द्री सतहदेखि २५०० भन्दा माथिका उच्च पहाडी भाग जहाँ सधै हिउँदको मौसममा बराबर हिमपात हुने लाङटाङ, क्यान्जिङ, घोडातबेला, गोसाइँकुण्ड, लौरीविनायक, चन्दनवारी, माङचेत, सोमदाङ, गञ्जला भञ्ज्याङ जस्ता क्षेत्रहरू लेकाली प्रदेशमा पर्दछन् ।त्यस्तै गरी २५०० मीटरभन्दा मुनीका क्षेत्रहरू जहाँ मानव वस्ती तथा कृषियोग्य जमिन रहेका क्षेत्रहरू पहाडी वा बेंशी प्रदेश अन्तर्गत पर्दछन् ।

हावापानीका हिशावले पनि विषमता बोकेको यस जिल्लाको १९०० मीटर उचाईदेखि माथिका भूभागमा धेरै चिसो हुने र ७१४ (बेत्रावती) का आसपासका क्षेत्रमा केही उष्णता पाईन्छ भने बीचका भूभागमा जाडोमा न धेरै जाडो, गर्मीमा न धेरै गर्मी हुने गर्दछ ।  

 

टोपोग्राफिक नक्सा १९९४/९८ का अनुसार यस जिल्लाको क्षेत्रफल १,५१९.३१ वर्ग कि.मी. रहेको छ । भू-उपयोगिता सम्बन्धि विवरणलाई यसरी चित्रमा देखाईएको छ ।



घरपरिवार र जनसंख्या ः 

राष्ट्रिय जनगणना २०७८ अनुसार रसुवा जिल्लामा ११,३६२ घरपरिवारहरू रहेका छन् । कुल ४५,५५४ जनसंख्या रहेको यस जिल्लामा २२,६९५ जना महिला र २२,८५९ जना पुरूषहरू रहेका छन् । पछिल्लो जनगणना र अघिल्ला जनगणनाको विवरणलाई यसरी तालिकाका प्रस्तुत गरिएको छ ।

 


गाउँपालिका अनुसार यस जिल्लाको जनसंख्या विवरण