Posts

प्राकृतिक सौन्दर्य, पर्यटन र ललितकला

Image
शशीकुमार डंगोल रसुवा प्राकृतिक सौन्दर्यले भरिपुर्ण अति नै मनमोहक जिल्ला हो ! यहाँका ताल- कुण्ड, खोला, झरना,हिमाल, डाडा, थली,खेतका गह्राकाफाटहरुमा १२ महिना नै अलौकिक सुन्दरताले भरिपुर्ण भैरहन्छन । तामाङ समुदायको बाहुल्य रहेको यहाँ भाषा, भेषभुषा, काष्ठकला,ढुङाका मुर्ति ,बौद्ध धर्म सम्बन्धित माने- गुम्बाहरु र परम्परागत कला संस्कृतिको अथाह खानी नै छन ! नेपाली ललितकला क्षेत्रमा काठमाडौ उपत्यका र त्यो भन्दा परको कुरा गर्दा पोखरासम्म चित्रकारिताको विषयमा चर्चा र गतिविधि देखिदै आइरहेको थियो ! अब चित्रकारिताको क्षेत्र अलि फराकिलो हुँदै गैरहेको छ । नेपालमा २०७२ को भुकम्प पश्चात् आफुखुशीका नयाँ सुरक्षित घरहरू बन्न थाले!पहिलाको झै भित्तामा पोष्टर पम्प्लेट, कार्डहरु अनावश्यक रुपमा मानिसहरूले टास्न छोडे । सौखिन नेपालीहरुले पेन्टिङ किन्न थाले!छोराछोरी बिदेशमा र आफू पनि घुम्न जादा बिदेशमा कलाको महत्त्व देखेर आफ्नो घरको बैठक कोठामा एउटा भने पनि चित्र झुन्ड्याउन त भन्ने मनसाय राख्न थाले!अफिसहरुमा पनि एकाध पेन्टिङ झुन्डिएको देख्न थाले ! कम्प्युटर जमानाको बिकाससंगै नेपालमा पनि पेन्टिङको दायरा बढदै गयो,नय...

देवकोटा बन्धु समाज, केन्द्रिय अध्यक्षमा रसुवाका रामप्रसाद देवकोटा चयन

Image
देवकोटा बन्धु समाज नेपालको ११ औं राष्ट्रिय महाधिबेशनबाट रसुवाका रामप्रसाद देवकोटा अध्यक्षमा चयन भएका छन् । बैशाख २९ गते सर्लाहीको लालबन्दीमा सम्पन्न महाधिवेशनबाट देवकोटा अध्यक्षमा चयन भएका हुन् । रसुवा स्थायी घर भई काठमाण्डौंमा शिक्षण पेशामा आवद्द देवकोटा विभिन्न सामाजिक कार्यमा सहभागी हुने गरेका छन् ।

पौडेल बंश महासंघ, वागमती प्रदेश अध्यक्षमा सुमन पौडेल, रसुवाबाट रमेश कुमार सदस्यमा निर्वाचित

Image
काठमाण्डौं । पौडेल बंश महासंघ, नेपाल, वागमती प्रदेश कार्यसमितिको अध्यक्षमा सुमन पौडेल (काठमाण्डौं) निर्वाचित भएका छन् । बैशाख २९ गते काठमाण्डौंको मूलपानीमा भएको दोस्रो प्रदेश सम्मेलनबाट १७ सदस्यीय कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा अरूण पौडेल (रामेछाप), सचिव दिपक पौडेल (काभ्रेपलाञ्चोक), कोषाध्यक्ष प्रमिला खनाल पौडेल (नुवाकोट) निर्वाचित भएका छन् भने रसुवाबाट रमेशकुमार पौडेल सदस्यमा चयन भएका छन् । उनी जिल्ला कार्य समिति रसुवाका कार्यवाहक अध्यक्ष पनि हुन् । शनिबार सम्पन्न सम्मेलनमा वागमती प्रदेश अन्तर्गतका १३ जिल्लाबाट प्रतिनिधिहरू सहभागी थिए । केन्द्रिय अध्यक्ष हरिराम पौडेलको प्रमुख आतिथ्यता सम्पन्न उक्त सम्मेलनको अध्यक्षता केन्द्रिय उपाध्यक्ष तथा प्रदेश कार्यसमितिका अध्यक्ष दिपकप्रसाद पौडेलले गरेका थिए । पौडेल बंशको खोज, अनुसन्धान तथा उत्थानका निमित्त कार्य गर्ने उद्देश्य रहेको महासंघले आफ्ना गतिविधि प्रभावकारी बनाउन जिल्ला तथा पालिकास्तरमा समेत् संगठन विस्तार गरेको छ । बंशावली संकलन तथा प्रकाशन कार्य तथा एकरुपमा नभएको कुलपूजा पद्दतिलाई एकरूपता ल्याउनको लागि बंशावली ...

मलेखुबाट तिप्लिङ स्याफ्रुबेंसी वैकल्पिक मार्गकाे चर्चा

Image
रसुवा, पासाङ ल्ह्यामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ जोड्ने सडकको वैकल्पिक बाटो निर्माणमा निर्माणकाे चर्चा चल्न थालेकाे छ ।  रूवीभ्याली तथा पछि परेका पर्रयटकीय क्षेत्रकाे प्रचार गरी पर्यटन प्रवर्धन गर्न सांसद बुद्धिमान तामाङको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग माग गरे पछि  यस्ताे चर्चा चलेकाे हाे । गल्छी धुन्चे– स्याफ्रुबेंसीको वैकल्पिक मार्गका रुपमा धादिङको मलेखु, रुबीभ्याली हुँदै केरुङ जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।  धादिङतर्फको बाटो निर्माण हुँदा कुनै कारणले वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै केरुङ सडक अवरुद्ध हुँदा विकल्प खुला हुने छ ।  यो सडक काठमाडौँलाई चीनसँग जोड्ने सडक मात्र नभएर नेपाली भूमि हुँदै भारत र चीन जोड्ने पनि सबैभन्दा छोटो सडक हुने देखिन्छ । 

गोसाइँकुण्ड बन्नुअघिको पहिलो कुण्ड : ग्यो नेबा

Image
यो कुण्ड अहिले नभएपनि ऐतिहाँसिक रूपमा थियो भन्ने जानकारी वा सूचना यस वरपर राख्न सके यहाँको महत्व अझ दर्शन गई आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्नेमा विश्वास गर्न सकिन्छ ।      रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका, वडा नं ६ ठूलोभार्खुमा परापूर्व कालमा गोसाइँकुण्ड बन्नु अघि उडेर आई अवतरण भएको भनिएको कुण्ड हो 'ग्यो नेबा' । कतैबाट उडेर आई अवतरण भएको हुनाले यस कुण्डको स्थानीय नामाकरण 'ग्यो नेबा' भनिएको हो । महादेव र उनका दाजु छोनाले उक्त कुण्ड निर्माण गरेका हुन् पनि भनिएको छ । नेपाली नामाकरण नभएको ठूलोभार्खुको खोलाको किनारमा रहेको यो कुण्ड धेरै वर्ष अघि आएको बाढीले बगाएको भन्ने विश्वास छ । बाढीका कारण कुण्ड लोप भएपछि वा हराएपछि सो कुण्ड वा स्थानलाई 'ग्यो नैपा' वा कुण्ड हरायो / कुहियो भनिएको भनेर 'जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृति नामक पुस्तकमा फुर्पा तामाङले उल्लेख गरेका छन् । यो कुण्ड अहिले नभएपनि ऐतिहाँसिक रूपमा थियो भन्ने जानकारी वा सूचना यस वरपर राख्न सके यहाँको महत्व अझ दर्शन गई आन्तरिक तथा बाह्य पर्यटन विकास...

प्रसारण लाइनको काम समयमा नसकिंदा रसुवागढीको विद्युत खेर, मासिक करिब २७ करोड आर्थिक क्षति हुने अनुमान

Image
रसुवा, नेपाल चीन सिमानाको रसुवागढी नाका हुँदै बहने भोटेकोसी नदिबाट १ सय ११ मेगावाट क्षमताको विद्युत आयोजनाले निर्धारित समयमा निर्माण कार्य नसक्दा उत्पादिन विद्युत खेर गएको छ। रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडले नेपाल विद्युत प्राधिकरणले चिलिमे हब सबस्टेशन ९२२ ९केभी० र चिलिमेदेखि त्रिशूली–३‘बी’ हबसम्मको २२० केभी प्रसारण लाइनको निर्माण अहिलेसम्म पूरा नगर्दा रसुवागढी जलविद्युत आयोजनाले उत्पादन गर्न नपाएको हो।  प्रसारण लाइन अभावकै कारण विद्युत उत्पादन हुन नसक्दा आयोजनालाई अर्बौं रुपैयाँ आर्थिक नोक्सानी पर्ने देखिएको छ। गोसाइकुण्ड गाउँपालिका–१ थुमन र २ टिमुरेको भूभागमा पर्दछ। प्रशारण लाइनको काम समयमा नसकिंदा ग्रिड कनेक्सन एग्रिमेन्ट अनुसार उपकरण परीक्षण गर्न १३२ केभी ब्याक चिलिमे हवबाट प्राप्त नभएसम्म समस्या रहने छ। रसुवागढी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले भने, वेट कमिसनिङ १३२ केभी प्राप्त हुनुअघिको काम सम्पन्न भएको छ। उनले व्याक चार्ज प्राप्त भएपछि उत्पादन सुरु हुने बताए।  निर्माण गर्नुपर्ने सम्पूर्ण संरचना पूरा भइकेकाले टावर निर्माण सम्पन्न हुनासाथ रसुवाग...

स्वर्गको एक अंश : नागथली

Image
यहाँबाट देखिने गणेश हिमाल, पाल्दोरपिक, साञ्जेन, लाङटाङ लिरूङ, गोसाइँकुण्ड क्षेत्रका हिमशृङ्खलालगायत तिब्बतका गगनचुम्बी हिमाल तथा वस्तीका मनोरम दृश्यले जो कोहीलाई पनि मोहित बनाउँदछ । यसभित्र नागथलीको परिचय रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका, वडा नं १ मा पर्ने नागथली आन्तरिक तथा बाह्य पर्यटकको अधिकतम रोजाईमा पर्ने गन्तव्य हो । स्थानीयहरू यस स्थानलाई 'नगथली' भन्दछन् । तीन हजार १ सय ६५ मीटर उचाईमा अवस्थित नागथलीलाई स्वर्गको टुक्रा मानिन्छ । गुम्बाको नजिकै नागको थान रहेको कारण यस स्थानको नामाकरण 'नागथली' भएको हो ।  यहाँबाट देखिने गणेश हिमाल, पाल्दोरपिक, साञ्जेन, लाङटाङ लिरूङ, गोसाइँकुण्ड क्षेत्रका हिमशृङ्खलालगायत तिब्बतका गगनचुम्बी हिमाल तथा वस्तीका मनोरम दृश्यले जो कोहीलाई पनि मोहित बनाउँदछ । थुमन गाउँबाट चार घण्टाको ठाडो उकालो चढेपछि पुगिने यस स्थानमा रहेको नागथली गुम्बामा वर्षेनी पूजाआजा गर्ने गर्दछन् । चन्द पात्रो अनुसार बैशाख र असोज महिनाको पूर्णिमाका दिन यहाँ मेलासहित गुम्बामा पूजापाठ हुने गर्दछ । गुम्बाभित्र भगवान बुद्द, चेंरेसी र गुटासिङ्तोङक...