ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, May 13, 2024

पौडेल बंश महासंघ, वागमती प्रदेश अध्यक्षमा सुमन पौडेल, रसुवाबाट रमेश कुमार सदस्यमा निर्वाचित

पौडेल बंश महासंघ, वागमती प्रदेश अध्यक्षमा सुमन पौडेल, रसुवाबाट रमेश कुमार सदस्यमा निर्वाचित

काठमाण्डौं । पौडेल बंश महासंघ, नेपाल, वागमती प्रदेश कार्यसमितिको अध्यक्षमा सुमन पौडेल (काठमाण्डौं) निर्वाचित भएका छन् । बैशाख २९ गते काठमाण्डौंको मूलपानीमा भएको दोस्रो प्रदेश सम्मेलनबाट १७ सदस्यीय कार्यसमिति चयन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा अरूण पौडेल (रामेछाप), सचिव दिपक पौडेल (काभ्रेपलाञ्चोक), कोषाध्यक्ष प्रमिला खनाल पौडेल (नुवाकोट) निर्वाचित भएका छन् भने रसुवाबाट रमेशकुमार पौडेल सदस्यमा चयन भएका छन् । उनी जिल्ला कार्य समिति रसुवाका कार्यवाहक अध्यक्ष पनि हुन् ।

शनिबार सम्पन्न सम्मेलनमा वागमती प्रदेश अन्तर्गतका १३ जिल्लाबाट प्रतिनिधिहरू सहभागी थिए । केन्द्रिय अध्यक्ष हरिराम पौडेलको प्रमुख आतिथ्यता सम्पन्न उक्त सम्मेलनको अध्यक्षता केन्द्रिय उपाध्यक्ष तथा प्रदेश कार्यसमितिका अध्यक्ष दिपकप्रसाद पौडेलले गरेका थिए ।

पौडेल बंशको खोज, अनुसन्धान तथा उत्थानका निमित्त कार्य गर्ने उद्देश्य रहेको महासंघले आफ्ना गतिविधि प्रभावकारी बनाउन जिल्ला तथा पालिकास्तरमा समेत् संगठन विस्तार गरेको छ । बंशावली संकलन तथा प्रकाशन कार्य तथा एकरुपमा नभएको कुलपूजा पद्दतिलाई एकरूपता ल्याउनको लागि बंशावली संकलन तथा प्रकाशन समिति र कुलपूजा व्यवस्थापन समिति समेत् गठन गरेको बताइएको छ ।

पौडेल बंश महासंघ नेपाल वागमती प्रदेश समितिका गतिविधि थाहा पाउन 

 

No comments:

Post a Comment