Posts

धैबुङ्ग कालिका साना किसान सहकारी १४ लाख नाफामा

Image
  रसुवा, धैबुङ्ग कालिका साना किसान कृषि सहकारी संस्थाले गत वर्ष १३ लाख  ९१  हजार रूपैयाँ खुद नाफा गरेकाे छ ।  संस्थाकाे १३ औं वार्षिक साभारण सभामा अध्यक्ष विष्णु पाैडेलले आब ०८०/०८१ मा १३ लाख  ९१  हजार रूपैयाँ खुद नाफा कमाएकाे बताए । उनले ५ कराेड १७ लाख रूपैयाँ लगानीमा रहेकाे बताए ।  संस्थाका नि प्रबन्धक पुर्णप्रसाद न्याैपानेले १७८ वटा समुह मा १०४४ जना सेयर सदस्य रहेका छन् । २९९ पुरूष र ७४५ महिला सेयर सदस्य रहेका छन् ।  संस्थाकाे ३ कराेड १९ लाख रूपैयाँ बचत रहेकाे बताए । सेयर पुँजी ६२ लाख १३ हजार रूपैयाँ रहेकाे छ । यस वर्ष ४ कराेड ६९ लाख ९४ हजार रूपैयाँ लगानीमा रहेकाे उनले बताए ।  साधारणसभामा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटाले धैबुङ्ग कालिका साना किसान कृषि सहकारी संस्था लि नमुना रहेकाे र यस संस्थालाइ स्थानीय सरकाले सहयाेग गर्ने बचन दिए । सहकारीका सेयर सदस्य रामकुमार देवकाेटा, कालिका-३ का वडा अध्यक्ष फणिन्द्रप्रसाद न्याैपाने, भाेर्ले साना किसान सहकारी संस्था लि का अध्यक्ष रामहरि देवकाेटा, लेखा समिति संयाेजक विष्णु प्र...

आज उत्तरगयाधाममा पितृको उद्धारका लागि श्रद्धा गरिदै -सोमबार परेकोले विशेष महत्व

Image
रसुवा, पितृ तीर्थ धामका नामले प्रसिद्ध  रसुवाकाे प्रसिद्ध उत्तरगयाधाममा क्षेत्रमा हजारौँ भक्तजनले पितृको सम्झनामा श्राद्ध गर्दछन् ।  यस वर्षको पौषेऔंसी अझै विशेष महत्वको रहेको छ। किनकी सोमबार परेको छ। बिरलै प्राप्त हुने यो अवसर यसभन्दा अघि २०३६ पौष ०९ गते, २०५७ पौष १० गते र २०७४ पौष ०३ गते सोमबार परेको पुरोहित गूरु रमेश पौडेलले बताउनुभयो। प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर पितृ तीर्थ धाम, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीस्थित उत्तरगयाधाममा हजारौँ भक्तजनको भीड लाग्ने गर्दछ ।  प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवम् तीर्थ वा गया श्राद्ध गर्न देशका विभिन्न भागबाट आज राजधानीको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित वेत्रावतीलगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ । आज विक्रम संवत् २०८१ साल पुस १५ गते सोमबार, तमू गुरुङ  ल्होसार...

स्थानीय उत्पादन उत्तरगयाधाममा

Image
रसुवा, उत्तरगया गाउँपालिकाले स्थानीय उत्पादन बिक्री तथा प्रबर्द्धनको लागि उत्तरगयाधाममा राख्ने भएकाे छ ।  स्थानीय उत्पादनहरुको बिक्रीवितरण तथा प्रबर्द्धन गर्ने उदेश्यले मिति २०८१ पुस १५ गते उत्तरगयाधाम राम मन्दिर प्राङ्गणमा तपशीलका उत्पादनहरु बिक्री तथा प्रबर्द्धनको लागि उपलब्ध हुँदै छ यहाँहरुले पनि उपभोग गर्न सक्नुहुनेछ । गाउँपालिकाले सिड्स रसुवासँगकाे समन्वयमा कृषि उत्पादन, दुध उत्पादन बढाउन किसानलाइ अनुदानका कार्यक्रम तय गरेकाे छ ।  उत्तरगयाधाममा हुने बृहत मेलाका लागि लक्ष्य गरी निम्न उत्पादहरू प्रबर्द्धनको लागि राख्न सूचना जारी भएकाे छ ।   १ उत्तरगया -१ तिरुको सिमि तथा फर्सी   २ उत्तरगया -२ को अकबरे खुर्सानी, कोदोको पिठो, अमला तथा सयपत्रीलगायत फुलहरु  ३ उत्तरगया -३ को फापर, मास र सिलाम  ४ उत्तरगया -४ को तरुल, पिँडालु, मुला,स्कुस सयपत्रीलगायत फुलहरु  ५ उत्तरगया -५ को सालको पातको दुना टपरी, बेसार, जौ को पिठो, फुलहरु, बाटेको धुप । 

बित्तिय साक्षरता तथा अन्तरक्रिया सम्पन्न

Image
रसुवा, एनएमबी लघुबित्त बित्तीय संस्था लि। को शाखा कार्यालय धुन्चे रसुवाले जिल्लाको गोसाइँकुण्ड गाँउपालिका-६ , मा सदस्यहरू बीचमा बित्तिय साक्षरता  तथा अन्तरक्रिया  सम्पन्न गरेको छ ।  सम्पती तथा बचतमा हुने जोखीमलाई न्यूनिकरण गर्ने उद्देश्यले सञ्चालन गरेको कार्यक्रममा कर्जाको व्यवस्थापन, बचतको व्यवस्थापन, बचत व्यवस्थापन गर्दा हुने फाईदाहरू, डिजिटल बैंकिङ, भुक्तानी, संस्थाको एमपासबुक, एसएमएस सेवा, यसको प्रयोग र यसका फाईदालगायतका विषयमा एनएमबी लघुबित्त बित्तीय संस्था लि शाखा कार्यालय धुन्चे रसुवाका शाखा प्रमुख शारदा पाण्डेले सहजीकरण गरे भने कार्यक्रमको ब्यवस्थापन कर्मचारीहरू राम प्रवेश राम र दावाछिरिङ तामाङले गरेका थिए ।    लघुवित्तले यस अघि जिल्लाको धुन्चे, हाकुबेसी, स्याफ्रवेशी, नागुन लगाएतका स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।धुन्चेका पाँचसय बढि घरधुरीलाई सेवा दिदै आएको यस लघुवित्तको धुन्चे शाखाले जिल्लाको गोसाइँकुण्ड गाँउपालिका र यसको वरपर सेवा क्षेत्र बनाएर काम गर्दै आएको छ ।  पोखरा महानगरपालिका-८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस ...

गाउँमा रैथाने बाली लोपोन्मुख, संरक्षणमा चासाे दिनुपर्छ

Image
रसुवा, रसुवाका गाउँ गाउँमा रैथाने बालीको रूपमा लिइने कोदो, फापर, कागुनो, जुनेलाे जस्ता बाली पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेको छ । देशका अधिकांश पहाडी र उच्च पहाडी भागमा  गरिने यस्ता रैथाने बालीको संरक्षण र प्रवर्धनमा सरकारले समेत खासै चासो नदेखाएका कारण रैथाने बाली सङ्कटमा परेको हो । जसले गर्दा पछिल्लो केही वर्ष यता कोदो समेत भुटान र भारतबाट आयात गर्नु पर्ने अवस्था आएको छ ।  यसले एकातिर निकै राम्रो खाद्यान्न बालीको  रूपमा लिइने यस्ता अन्नबाली मासिएको छ भने अर्कोतिर अन्यत्र मुलुकबाट आयात गर्नु पर्दा  पैसा समेत बिदेसिएको छ । यस्ता बालीलाई सरकारले  विशेष चासोका साथ प्रवर्धन गर्नु पर्ने अहिलेको आवश्यकता रहेको छ । रैथाने बालीको रूपमा लिइने कोदो पोसिलो खाद्यान्न बाली मध्ये एक प्रमुख बालीको रूपमा पनि लिइन्छ । विशेष गरी पहाडी र उच्च पहाडी चिसो हावापानी भएका स्थानमा कोदोको खेती हुने गर्दछ । गर्मी हावापानीमा  भने यो खेती निकै कम मात्रै गर्ने गरिन्छ । देशका अधिकांश स्थानमा गरिने यस खेतीको प्रवर्धनका लागी नत स्थानीय तहले कुनै चासो दिइएको पाइन्छ न त सरकारले नै रैथान...

हाकुको कथा ब्यथा

Image
हेमनाथ खतिवडा धेरै पटक हाकु आवतजावत गरियो। यसपटक पृथक योजनाका साथ हामी चारजना हाकु पुग्यौ। क्यानाडाको थम्सन रिभर युनिभर्सिटी बाट आएका तीन सदस्यीय टोलीले भुकम्पपछी हाकुका बिस्थापितहरुको अवस्था बारे अनुसन्धान गर्दै थियो। टिममा दक्षिण भारतका डा.बाला क्यानाडाका प्रोफेसर जेफ मोर र बाताबरणविद सिजल पोख्रेल थिए। उबेला सदियौ पहिले तिब्बत बाट आएर बस्ती बसालेको भन्ने भनाइ छ हाकुमा पुस्तौ पुस्तादेखी हाकुमा बस्ती बसाले पनि त्यस्को किटानिका साथ बताउने निर्धारीत समय देखिदैन। त्यहाका नाङ्गा भिराला समथर पारेर घर बनाउने खनजोत गरेर खेती गर्न थालेको बृद्धबृद्दा सुनाउछन। सुरुमा ठूलो हाकुमा जम्मा ५/६ घर बसोबास थियो। जनसंख्या बढ्दै गएपछी सानो हाकु, हाकु बेसि लगायत ठाउमा पनि बाडिएर बस्न थालेका हुन। ९२ बर्ष पहिले हाकु गाबिसको २ देखि ७ वडा सम्मको गर्दा जम्मा २५ वटा मात्र घर थिए। बस्ती बसिसकेपछी काठमाडौ स्वयम्भूका लामाहरु त्यहा पुगे। गाउको मुखियाहरु सङ्ग पुगेर त्यहाको जमिन स्वयम्भू पुरानो घ्याङ गुठिको नाममा दर्ता गरिएको सुइको पाइएको थियो। गुठिमा राखेर पुजापाठ चलाउन मद्दत हुने र धर्म हुने भनेकाले उनिहरुले पनि यसम...

साञ्जेनकाे बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडियाे

Image
  रसुवा, चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ । सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर सोमबार साँझदेखि साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा प्रवाह गरिएको हो । साञ्जेन जलविद्युत् आयोजनाले गत मङ्सिर ८ गतेदेखि परीक्षण उत्पादन गर्दै आएको थियो । रसुवाको आमाछोदिङ्मो -५ मा निर्माण भएको सो आयोजनाको क्षमता ४२ दशमलव पाँच मेगावाट रहेको छ । सबै प्राविधिक परीक्षण सम्पन्न गरी गत मङ्सिर ८ गते पहिलो युनिटबाट बिजुली उत्पादन गरिएको थियो । उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा सोमबारदेखि व्यावसायिक रूपमा उपलब्ध गराइएको आयोजनाका सबइञ्जिनियर रविन कोइरालाले जानकारी दिनुभयो । ‘क्यास्केड मोडल’मा निर्माण गरिएका अर्धजलाशय प्रकृतिको दुई आयोजनामध्ये साञ्जेन ९माथिल्लो० जलविद्युत् आयोजना विसं २०८० भदौ मसान्तमा सम्पन्न गरी विसं २०८० असोज २१ गतेदेखि राष्ट्रिय प्रणालीमा बिजुली उपलब्ध गराउँदै आएको थियो । कूल ११ केभी क्षमताको आपत्कालीन प्रसारण लाइनमार्फत व्यापारिक रुपमा बिजुली प...