'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

स्थानीय उत्पादन उत्तरगयाधाममा



रसुवा, उत्तरगया गाउँपालिकाले स्थानीय उत्पादन बिक्री तथा प्रबर्द्धनको लागि उत्तरगयाधाममा राख्ने भएकाे छ । 

स्थानीय उत्पादनहरुको बिक्रीवितरण तथा प्रबर्द्धन गर्ने उदेश्यले मिति २०८१ पुस १५ गते उत्तरगयाधाम राम मन्दिर प्राङ्गणमा तपशीलका उत्पादनहरु बिक्री तथा प्रबर्द्धनको लागि उपलब्ध हुँदै छ यहाँहरुले पनि उपभोग गर्न सक्नुहुनेछ । गाउँपालिकाले सिड्स रसुवासँगकाे समन्वयमा कृषि उत्पादन, दुध उत्पादन बढाउन किसानलाइ अनुदानका कार्यक्रम तय गरेकाे छ । 

उत्तरगयाधाममा हुने बृहत मेलाका लागि लक्ष्य गरी निम्न उत्पादहरू प्रबर्द्धनको लागि राख्न सूचना जारी भएकाे छ । 

 १ उत्तरगया -१ तिरुको सिमि तथा फर्सी 

 २ उत्तरगया -२ को अकबरे खुर्सानी, कोदोको पिठो, अमला तथा सयपत्रीलगायत फुलहरु 

३ उत्तरगया -३ को फापर, मास र सिलाम 

४ उत्तरगया -४ को तरुल, पिँडालु, मुला,स्कुस सयपत्रीलगायत फुलहरु 

५ उत्तरगया -५ को सालको पातको दुना टपरी, बेसार, जौ को पिठो, फुलहरु, बाटेको धुप । 

Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music