बित्तिय साक्षरता तथा अन्तरक्रिया सम्पन्न


रसुवा, एनएमबी लघुबित्त बित्तीय संस्था लि। को शाखा कार्यालय धुन्चे रसुवाले जिल्लाको गोसाइँकुण्ड गाँउपालिका-६ , मा सदस्यहरू बीचमा बित्तिय साक्षरता  तथा अन्तरक्रिया  सम्पन्न गरेको छ । 


सम्पती तथा बचतमा हुने जोखीमलाई न्यूनिकरण गर्ने उद्देश्यले सञ्चालन गरेको कार्यक्रममा कर्जाको व्यवस्थापन, बचतको व्यवस्थापन, बचत व्यवस्थापन गर्दा हुने फाईदाहरू, डिजिटल बैंकिङ, भुक्तानी, संस्थाको एमपासबुक, एसएमएस सेवा, यसको प्रयोग र यसका फाईदालगायतका विषयमा एनएमबी लघुबित्त बित्तीय संस्था लि शाखा कार्यालय धुन्चे रसुवाका शाखा प्रमुख शारदा पाण्डेले सहजीकरण गरे भने कार्यक्रमको ब्यवस्थापन कर्मचारीहरू राम प्रवेश राम र दावाछिरिङ तामाङले गरेका थिए ।   


लघुवित्तले यस अघि जिल्लाको धुन्चे, हाकुबेसी, स्याफ्रवेशी, नागुन लगाएतका स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।धुन्चेका पाँचसय बढि घरधुरीलाई सेवा दिदै आएको यस लघुवित्तको धुन्चे शाखाले जिल्लाको गोसाइँकुण्ड गाँउपालिका र यसको वरपर सेवा क्षेत्र बनाएर काम गर्दै आएको छ । 


पोखरा महानगरपालिका-८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय स्थापनागरि ६८ जिल्लामा १ सय ४८ वटा शाखा विस्तार गरी एक लाख विस हजार विपन्न घरपरिवारलाई लघुवित्तले सेवा प्रदान गदै आएको छ । 

सरस्वती न्यौपानेबाट

Comments

Popular posts from this blog

कालिका हिमालय माध्यमिक विद्यालयले स्वर्ण उत्सव मनाउदै

लोपोन्मुख पञ्चेबाजा संरक्षणामा महिला जुटे

कालिका हिमालय माविकाे स्वर्ण जयन्तीमा संचारकर्मीहरू पूर्व विद्यार्थी तथा समाजसेवीहरू सम्मानित