Posts

लेखापढी कानुन व्यवसायी एसोसिएसनमा पाण्डे

Image
रसुवा, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन रसुवाको धुन्चेमा सम्पन्न चौथो अधिवेशनले तोयानाथ पाण्डे अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा सञ्जय तामाङ, सचिवमा सितेम्पा तामाङ, सहसचिवमा राज थोक्रा तामाङ, कोषाध्यक्षमा बुद्ध श्रेष्ठ र सदस्यमा राहुल झा, प्राप्ति तामाङ, गोरमेन तामाङ, दावादोर्जे तामाङ चुनिएका छन् । एसाेसिएसनकाे  प्रथम अधिवेशनबाट बलबहादुर नगरकोटी, दोस्रो अधिवेशनबाट ज्ञानेन्द्रनाथ न्यौपाने र तेस्रो अधिवेशनबाट सितेम्पा तामाङ अध्यक्षमा निर्वाचित भएका थिए । जिल्ला अदालत रसुवाबाट एक सय ५० जनाभन्दा बढीले लेखापढीकाे काम गर्ने इजाजतपत्र लिए पनि १३ जनाले  नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन रसुवामा आबद्ध भई काम गरिरहेका छन् ।  जिल्ला अधिवेशनमा केन्द्रीय अध्यक्ष सीताराम दाहाल, महासचिव सूर्यबहादुर थापासहित केन्द्रीय सदस्य र जिल्लाका सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधिको उपस्थिति थिए । 

कुकुरको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप लगाइयाे

Image
रसुवा, गोसाईकुण्ड गाउँपालिकामा घर पालुवा तथा छाडा कुकुरको बन्ध्याकरण सहित रेविज विरुद्धको खोप लगाइएको छ । जिल्लाका सदरमुकाम समेत रहेको गोसाईकुण्ड गाउँपालिका-६ धुञ्चे, सोले र ठाडेका १ सय २ घर पालुवा तथा छाडा कुकुरको बन्ध्याकरण गरिएको हो । नेपाल एनिमल वेलफेयर एण्ड रिसर्ज सेन्टरको प्राविधिक सहयोगमा गोसाईकुण्ड गाउँपालिका पशु सेवा शाखाको आयोजनामा घरपालुवा तथा छाडा भुस्याहा कुकुरहरू नियन्त्रणका लागि ३ दिने कुकुर बन्ध्याकरण तथा रेविज विरुद्धको खोप शिविर सञ्चालन गरिएको गोसाईकुण्ड गाउँपालिका पशुसेवा शाखा प्रमुख अनोज बास्काेटाले बताए  । जिल्लाको सदरमुकाम स्थित धुञ्चेमा छाडा कुकुर धेरै देखिएको र राती सडकमा हिड्ने यात्रुहरूलाई समय समयमा टोक्ने जनगुनासो आए पछि अनाधिकृत रुपमा हिडडुल गर्ने भुस्याहा कुकुर तथा घरपालुवा कुकुरहरुको नियन्त्रण तथा व्यवस्थापन गर्न अभियान थालेकाे हाृ ।  कुकुरको टोकाईबाट लाग्ने रबिज रोगबाट नागरिकलाई सुरक्षित राख्ने उद्देश्यले बन्ध्याकरण तथा रेविज विरुद्धको खोप शिविर सञ्चालन गरिएको गोसाईकुण्ड गाउँपालिका पशु सेवा शाखा प्रमुख बास्कोटाले जानकारी दिए ।  नेपाल एनिमल व...

स्वास्थ्य शिविरबाट ९ सयको उपचार

Image
रसुवा, घरदैलामै स्वास्थ्य सेवा दिने उद्देश्यले नौकुण्ड गाउँपालिकाको ठूलो भोर्लेमा सञ्चालित निःशुल्क स्वास्थ्य शिवरबाट नौ सय २२ जनाले उपचार पाएका छन् । सेवा पाउनेमा भोर्ले, चित्ती,बडरेलगायत आसपास गाउँका बासिन्दा छन् ।  डा.केदारनरसिंह केसीको अगुवाइमा यशोदादेवी–भगवानसिंह मेमोरियल ट्रस्ट काठमाडौंको आयोजना र रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने तथा स्थानीय रुद्रादेवी स्वास्थ्य आमा समूहको सहयोगमा नौकुण्ड– ५ स्थित ठूलोभोर्ले गाउँमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।  शिविरमा दुई सयको अल्ट्रासाउन्ड,९२ लाई स्त्रीसम्बन्धी रोग उपचार, एक सय १० जनालाई दाँत एवम् ५० जनालाई प्रसूतिसम्बन्धी उपचारका साथै दुई सय ७१ जनाको सामान्य स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष न्यौपानेले बताए । निःशुल्क प्रदान गरिएको औषधि मध्ये ५० प्रतिशत स्थानीय तह र ५० प्रतिशत डा. केसीले व्यवस्था गरेका थिए । उपचारमा आएका अधिकांश सेवाग्राहीमा गानोगोला, दम, अमलपित्त, टाउको दुखाइ, नसा तथा हाडजोर्नीजस्ता विविध समस्या थियो ।  स्थानीय बहादुरसिंह तामाङले कमजोर आर्थिक अवस्थाका कारण टाढा जान नसकेका बासिन्दालाई उपचारम...

रसुवागढीकाे सेयर डिम्याट खातामा

Image
रसुवा, हजुरले रसुवागढीकाे सेयरका भर्नु भएको थियाे ? सेयर तपाइकाे डिम्याट खातामा आयो त ?  रसुवागढी जलविद्युत कम्पनीकाे स्थानीयलाइ प्रदान गरिएकाे राइट सेयर मेराे सेयरमा आउन थालेकाे  छ ।  अब ३ वर्ष लक पिरिएड रहेपनि अब कम्पनीले लाभग्राहीको मेरो सेयर खातामा ट्रान्सफर गरेको छ । ३ दिन अघिदेखि कम्पनीले ट्रान्सफर गरेकाे सेयर मेरो सेयर खातामा छ चेक गर्नुहाेला  ।  साे सेयर ०६२ भदौसम्म बिक्री गर्न भने पाइने छैन । तीनवर्ष लकइन समय सकेपछि मात्र बिक्री गर्न पाइने रसुवागढी जलविद्युत कम्पनीले जनाएकाे छ । कम्पनीकाे साधारणसभा असार ११ गते बस्ने छ ।  रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीयबासीका लागि छुटयाइएको  शेयरको लकइन खुल्ला गरिदिन धितोपत्र बोर्डमा अनुरोध समेत गरेको थियो । सो सम्बन्धमा बोर्डबाट कुनै प्रतिक्रिया नआएकाले कम्पनीले स्थानीयबासीको शेयर सिडिएस एण्ड क्लियरिङ लि. मा दर्ता तथा नेपाल स्टक एक्सचेन्ज लि. मा सूचिकरण गर्ने निर्णय गरेको हो । लामो समयसम्म  आफुले खरिद गरेको शेयर डिम्याट खातामा नआउँदा जनतामा कौतुहलता बढ्न न...

कालिका गाउँपालिका बढी बेरुजु, उतरगयामा सबैभन्दा कम

Image
रसुवा, पाँचवटा गाउँपालिका रहेको रसुवाको जिल्लामा सबैभन्दा बढी बेरुजु कालिका गाउँपालिकामा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन स्वरूप आर्थिक वर्ष २०७९र८० को लेखाजोखा प्रतिवेदन विवरणमा सबैभन्दा भन्दा बढी बेरुजु कालिका गाउँपालिका र सबैभन्दा कम उतरगयामा देखिएको हो ।  कालिकाको बेरुजु ४ दशमलव २४ प्रतिशत रहेको छ । उतरगयाको सबैभन्दा कम बेरुजु शून्य दशमलव ६० प्रतिशत रहेको छ । यस्तै गोसाईंकुण्ड गाउँपालिकाको बेरुजु १ दशमलव ८५ प्रतिशत छ भने नौकुण्ड गाउँपालिकाको २ दशमलव २३ प्रतिशत रहेको छ ।  आमाछोदिङमो गाउँपालिकाको बेरुजु ३ दशमलव ५३ प्रतिशत रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । कार्यालयले देशैभरिका ७ सय ५३ मध्ये ४ सय ४८ गाउँपालिकाहरूको बेरुजु सार्वजनिक गरेको छ ।   

रेलमार्ग विकासका लागि ३ अर्ब ८८ करोड बजेट

Image
रसुवा,  सरकारले केरुङ काठमाडौं लगायत रेलमार्ग विकासका लागि ३ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ।  मंगलबार आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले जयनगर–बर्दिवास रेलमार्ग अन्तर्गत विजलपुरा बर्दिवास खण्ड तथा बथनाहा विराटनगर खण्डमा जग्गा प्राप्तिको कार्य सम्पन्न गर्ने घोषणा गरे।  ‘पूर्व पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास चोचा खण्डको निर्माणाधीन कार्य सम्पन्न गरिनेछ। केरुङ काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिनेछ,’ उनले भने, ‘रेलमार्ग विकासका लागि ३ अर्ब ८८ करोड विनियोजन गरेको छु।’ निर्माणाधीन रसुवागढीमा सुख्खा बन्दरगाह निर्माणका लागि पनि सम्पन्न हुने बजेटमा उल्लेख छ । 

रसुवाका ६ युवाले गरे सगरमाथा आरोहण

Image
रसुवा, नौकुण्ड गाउँपालिका–६ घोर्मुका छिरिङ (सज्जन) घलेले विश्वको सर्वोच्च शिखर सगरमाथाकाे आरोहण गरेका छन्। उनले एक फ्रान्सेली नागरिकसँगै सगरमाथा आरोहण गरेका हुन्।  लामो समयदेखि पर्यटक पथप्रर्दशका रुपमा काम गर्दै आएका युवा सज्जनले सफल आरोहणपछि आफ्नो तेस्रो प्रयास तथा दोस्रो पटकको सफल आरोहण भएको बताए।  उनले ०७९ वैशाख ३० गते  नौकुण्ड गाँउपालिकाबाट सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति भएका थिए । यसअघि उनले दर्जन हिमालको आरोहण गरेकाे थिए ।   त्यसै गरी कालिका गाउँपालिका–१ का ४ युवाले पनि एकै पटक सगरमाथा आरोहण गरेका वडा अध्यक्ष दावा तामाङले जानकारी दिए। स्थानीय मिङमार तामाङ, लालबहादुर तामाङ, साङमिङमार तामाङ, सिङ्गी स्याङबा तामाङ र जीतबहादुर तामाङले विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन्।