Posts

सदस्य सुरक्षण कार्यक्रम तथा तीज बिशेष कार्यक्रम सम्पन्न

Image
रसुवा, तीजको अवसरमा कालिका गाउँपालिका -२ स्थित धैबुङ्ग कालिका साना किसान कृषि सहकारीको आयोजनामा सदस्य सुरक्षण कार्यक्रम तथा तीज बिशेष दरखाने कार्यक्रम सम्पन्न भयो ।  कार्यक्रम  कालिका गाउँपालिका उपाध्यक्ष मिरा लामा, वडा अध्यक्ष उमेश न्यौपाने सहकारी सञ्चालक समिति, सेयरधनीहरू, कर्मचारीलगायत स्थानीयकाे सहभागी थिए ।  सहकारीले सञ्चालन गरेकाे सदस्य सुरक्षण कार्यक्रम बारे जानकारी तथा तीज बिशेष साँस्कृतिक गीत तथा नृत्य र दरखाने कार्यक्रम सम्पन्न भएकाे थियाे  ।  तीज नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो ।  हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बस्न बसिन्।  यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ुचिताएको कुरा पुगोस्ु भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन...

कार्यालय प्रमुख माथि अभद्र ब्यवहार गर्नेलाइ कारवाही गरिने

Image
रसुवा , लाङटाङ राष्ट्रिय निकुञ्ज बरिष्ट संरक्षण अधिकृत  अणनाथ बराल  माथि कार्यालयमा अभद्र ब्यवहार गर्नेलाइ कारवाही गरिने भएकाे छ ।  ०८१ भदाै ७ गते नाैकुण्ड गाउँपालिका २ का याेङजाे भूमे मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ठूलाेबाबु नेकाेर र उनकी पत्नी बताउने दाम्जी घलेले कार्यालयमा बिना अनुमति प्रबेश गरी धसिङ्ग्रेकाे तेल उत्पादन उद्याेग स्थापना गर्ने सम्बन्धमा विवाद गरी प्रमुख बरालमाथि अपशब्दले गाली गरी दुर्यवहार गरेकाे बरालले बताए ।  अरू कर्मचारीहरूलाइ समेत गाली गलाैज गरी कुर्सीमा रहेका  कार्यालय प्रमुखमाथि हातपात समेत भएकाे र सर्ट समेत च्यातेकाे , इटा उठाएर हान्न लाग्दा कर्मचारीले राेकेकाेले  कार्यालय प्रमुख माथि अभद्र ब्यवहार गर्नेलाइ कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलगायतका शुरक्षा निकायमा पत्रचार भएकाे कार्यालय प्रमुख बरालले बताए ।  कार्यकक्षमा रहेका  कार्यालय प्रमुख माथि अभद्र ब्यवहार गर्नेलाइ नियमानुसार कारवाहीका लागि पत्राचार गरेकाे कार्यालयमा सुरिक्षत भइ काम गर्ने वातावरण नभएकाेले कार्यालयका रेन्जर सुनिल राउतकाे प्रतिवेदन र साे मितिकाे घटन...

रैथाने स्याउ खेती

Image
आमाछाेदिङमाेे गाउँपालिका -४ काे ७४ मा फलेकाे रैथाने स्याउ यहाँ स्याउ खेती गरेेर किसान दैनिक खर्च चलाउछन् । याे स्याउ निकै स्वादिलाे छ ।  तस्बिर : हेमनाथ खतिवडा रसुवा ।

ट्र्रेड यूनियन महासंघ र भूमि अधिकार तथा श्रमिक संगठन भेला सम्पन्न

Image
रसुवा, नेपाल ट्र्रेड यूनियन महासंघ जिफन्ट रसुवाकाे भेला सम्पन्न भयाे । जिल्लाभरका सवै गाउँपालिकाबाट भएकाे भेलाले कालिका, नाैकुण्ड, उत्तरगया र आमाछोदिङमो गाउँपालिका कमिटी गठन भएकाे स्थानीय कालिका गाउँपालिका कमिटी अध्यक्ष नुरेन्द्र बहादुर न्याैपानेले बताए ।  भूमि अधिकार तथा श्रमिक संगठनकाे जिल्ला कमिटीको भेला तथा प्रथम अधिबेशन पनि सम्पन्न भएकाे छ । छेकु लामाकाे अध्यक्षतामा  भूमि अधिकार तथा श्रमिक संगठनकाे जिल्ला कमिटी गठन भएकाे हाे ।

कालिकास्थानमा ७७ जनाले गरे रक्तदान

Image
रसुवा, कालिका गाउँपालिका–२ कालिका हिमालय क्याम्पसमा शनिबार भएको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् ।  रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरेको आयोजक युवा संघ रसुवाका अध्यक्ष कुमार नगरकोटीले बताए । बिकल्प रहित रगत दान गर्ने र रगत पाउने दुबैले फाइदा लिने भएकोले रक्तदान महत्व रहेको र रक्तदान जीवन दान भएको सहभगीहरूले बताए ।  राष्ट्रिय युवा संघ नेपाल रसुवाको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पुष्पराज श्रेष्ठको प्रमुख आतिथ्यमा तथा  नेकपा एमाले केन्द्रीय सदस्य प्रेम तामाङ, नेकपा एमाले जिल्ला अध्यक्ष जनार्दन ढकालको बिशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी रक्तदाताहरूलाइ सम्मान पत्र प्रदान गरिएको थियो ।   

गोसाइँकुण्ड र पार्वतीकुण्डमा मेला सम्पन्न

Image
रसुवा, वर्षेनी जनैपूर्णिमाको अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड पुगेका भक्तजन मेला सकेर फर्केका छन् । यसवर्ष पार्वतीकुण्ड र लाङटाङको लाङसिसामा पनि भब्य मेला लागेको छ ।  जनैपूर्णिमा पर्वका दिन आठ हजारभन्दा बढी भक्तजनले गोसाइँकुण्डमा स्नान तथा पूजाआजा सम्पन्न गरी फर्किएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।  नाग पञ्चमीदेखि जनैपूर्णिमा पर्वसम्म आइपुग्दा ११ हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेको खनालले बताए । लाङटाङ राष्ट्रिय निकुञ्जले २४ सैं घण्टा आफ्नो आधार इलाकाको मोटरबाटो खुला गरेका कारण राति अवेरसम्म यात्रुवाहक सवारी साधन सञ्चालनमा आएका थिए ।  तीर्थयात्रुका लागि नेपाली सेना, स्वास्थ्य कार्यालय, गोसाइँकुण्ड गाउँपालिका, रसुवा अस्पताल धुन्चे, हिमालय उद्धार संघ, जिल्ला आयुर्वेद र नेपाल रेडक्रससमेतका निकायले सेवा पुर्याएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।  अत्यावश्यक वस्तु बिक्री गर्ने व्यवसायीले निर्धारित मूल्यभन्दा बढी असुलेका कारण आफूहरू ठगिएको यात्रुको गुनासो गरे ।  समुन्द्री सतहदेखि २ हजार ६ सय ९० मिटरको उचाइमा रहेको धार्मिक पर्यटकीय क्षेत...

पार्वतीकुण्ड जाने सडक खुल्यो

Image
रसुवा, जनैपूर्णिमाका दिन आमाछोदिङमो गाउँपालिका–३ को पार्वर्तीकुण्डमा लाग्ने मेलालाइ लक्ष्य गर्दै स्थानीय सरकारले अवरुद्ध सडक खुलाएको छ ।    वर्षातको कारण गएको पहिरोले ३ सातादेखि ठाउँठाउँमा अवरुद्ध सडक मर्मत थालेको आमाछोदिङमो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद दुलालले बताए ।  ‘पार्वतीकुण्ड मेला तथा गाउँपालिकाको भित्रको सडक सुचारु गर्न गाउँपालिकाले स्क्याभेटर प्रयोग गरेर रोङ्गा थाम्बुचेत सडक सुचारु गरेका छौं ।’ अधिकृत दुलालले भने ।  स्थानीयकाे अनुराेधमा स्थानीय सरकारले समन्वय गरेर सडक सुचारू गरेकाे हाे ।  मेलाको समयमा बिभिन्न स्थानबाट आउने यात्रीहरुलाइ सहज हुने स्थानीय बताउछन् । वर्षातको पहिरोले रोङ्गा–केरावारी, रोङ्गा थाम्बुचेत र तातोपानी सडक अवरुद्ध पारेको थियो । सडक सुलेपछि गाउँबाट सिधै काठमाडौं तथा स्थानीय सवारी चल्ने भएपछि पार्वतीकुण्ड मेलामा आउने यात्रीहरुलाइ सहज हुने स्थानीय बताउछन् ।  थाम्बुचेतबाट गत्लाङहुँदै पार्वतीकुण्ड जाने र थाम्बुचेतबाट गोल्जुङ–चौहत्तरहुँदै पार्वतीकुण्ड पुग्न सकिन्छ । यी दुवै मार्ग वर्षातको पहिरोले मर्मत गरेर सुचारु ग...