रसुवा , लाङटाङ राष्ट्रिय निकुञ्ज बरिष्ट संरक्षण अधिकृत अणनाथ बराल माथि कार्यालयमा अभद्र ब्यवहार गर्नेलाइ कारवाही गरिने भएकाे छ ।
०८१ भदाै ७ गते नाैकुण्ड गाउँपालिका २ का याेङजाे भूमे मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ठूलाेबाबु नेकाेर र उनकी पत्नी बताउने दाम्जी घलेले कार्यालयमा बिना अनुमति प्रबेश गरी धसिङ्ग्रेकाे तेल उत्पादन उद्याेग स्थापना गर्ने सम्बन्धमा विवाद गरी प्रमुख बरालमाथि अपशब्दले गाली गरी दुर्यवहार गरेकाे बरालले बताए ।
अरू कर्मचारीहरूलाइ समेत गाली गलाैज गरी कुर्सीमा रहेका कार्यालय प्रमुखमाथि हातपात समेत भएकाे र सर्ट समेत च्यातेकाे , इटा उठाएर हान्न लाग्दा कर्मचारीले राेकेकाेले कार्यालय प्रमुख माथि अभद्र ब्यवहार गर्नेलाइ कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलगायतका शुरक्षा निकायमा पत्रचार भएकाे कार्यालय प्रमुख बरालले बताए ।
कार्यकक्षमा रहेका कार्यालय प्रमुख माथि अभद्र ब्यवहार गर्नेलाइ नियमानुसार कारवाहीका लागि पत्राचार गरेकाे कार्यालयमा सुरिक्षत भइ काम गर्ने वातावरण नभएकाेले कार्यालयका रेन्जर सुनिल राउतकाे प्रतिवेदन र साे मितिकाे घटनास्थल प्रकृति मुचुल्का सहित प्रतिवेदन राखेर आवश्यक कारवाहीका लागि अनुराेध गरिएकाे हाे ।
अभद्र ब्यवहार गर्ने उपर कारवाहीका लागि बिभाग तथा सुरक्षा निकायमा अनुराेध गरेकाे र प्रक्रिया अघि बढ्ने निकुञ्ज कार्यालयले जनाएकाे छ ।
No comments:
Post a Comment